Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

२० हिमताल फुट्ने जोखिममा

बैशाख २८, २०७५ ४:१६ मा प्रकाशित
२० हिमताल फुट्ने जोखिममा
Share on FacebookShare on Twitter

पोखरा, २८ वैशाख / राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्राकृतिक स्रोत साधनको संरक्षण, संवद्र्धन र प्रवद्र्धनसँगै जनताको प्रत्यक्ष जीविकोपार्जनको आधार बनाइनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय ताल संरक्षण तथा विकास समितिद्वारा आजदेखि पोखरामा शुरु भएको दुईदिने अन्तर्राष्ट्रिय ताल सम्मेलन सन् २०१८ को उद्घाटन गर्दै उहाँले प्राकृतिक र मानव गतिविधिका कारणले सङ्कटमा परेका हिमाल, पहाड र तराई क्षेत्रमा रहेका कतिपय जलाशयको संरक्षणका लागि सरकार, निजी क्षेत्र र स्थानीयस्तरबाट पहल गरिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले चौतारा, पोखरीलगायत जैविक विविधताका मुख्य स्रोतको संरक्षणका लागि कानून बनाउने तयारीमा प्रदेश जुटेको बताउनुभयो ।
पूर्वमन्त्रीद्वय कृपासुर शेर्पा र गणेश शाहले पानी प्रदूषण गर्ने जो कसैलाई पनि कानून बनाएर दण्डित गरिनुपर्नेमा जोड दिनुभयो । नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापाले ताल संरक्षण समितिले १२ वर्षमा तयार पारेका तथ्यांकका आधारमा मुलुकका तालको संरक्षण र विकासमा जुट्नुपर्ने बताउनुभयो ।
नेपाल पर्वतारोहण संघका सचिव टीकाराम गुरुङले नेपालमा तीन हजार ३१० हिमाल रहेकामा आठ हजार मिटरभन्दा बढी उचाइका १४, सात हजार ५०० मिटरका १२२ र छ हजार मिटर उचाइ भएका एक हजार ३१० हिमाल रहेको र नेपाल सरकारले हालसम्म ४१४ हिमालको मात्र नामकरण गरेको बताउँदै उहाँले त्यस क्षेत्रमा रहेका हिमताल फुट्न सक्ने खतरा औँल्याउनुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा विश्वबहादुर भण्डारीले नेपालमा पाँच हजार ३५३ तालमध्ये २० हिमताल फुट्ने जोखिममा रहेको उल्लेख गर्दै हिमालमा नयाँ ताल बन्ने र विलिन हुने प्रक्रियाका कारण तल्लो बस्ती जोखिममा रहेको बताउनुभयो ।

राष्ट्रिय ताल संरक्षण तथा विकास समितिका अध्यक्ष नानीकाजी थापाले तालतलैया तथा सिमसार क्षेत्रको संरक्षण, संवद्र्धन र दिगो उपयोगका लागि भएगरेका प्रयासका बारेमा सूचना, ज्ञान तथा अनुभव आदानप्रदान गर्ने विषयमा सम्मेलन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रिय ताल फाउण्डेशनका उपाध्यक्ष मासाहिस माकामुराले जलवायु परिवर्तन हिमाल र तालको संरक्षणमा चुनौतीपूर्ण देखिएको बताउँदै त्यसको समाधानका लागि सामूहिक प्रयासमा जोड दिनुभयो ।

नेपाललगायत चीन, भारत, श्रीलंका, बंगलादेश, म्यानमा, जापानसहित सात राष्ट्रको सहभागिता रहेको उक्त सम्मेलनमा ‘जैविक विविधता, ताल र सिमसार क्षेत्रको संरक्षणमा देखिएका चुनौती र सम्भावना’ विषयमा २१ कार्यपत्र प्रस्तुत गरिने राष्ट्रिय ताल संरक्षण विकास समितिका कार्यकारी निर्देशक लङ्कबहादुर शाहीले जानकारी दिनुभयो । त्यसअघि पोखराको मुख्य पर्यटकीयस्थल बाराहीचोकबाट ताल संरक्षण तथा प्रवद्र्धनसम्बन्धी नारा लेखिएको तुलसहित प्रभातफेरी निकालिएको थियो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result