निर्वाचनको अन्तिम समयमा एनआरएनए अमेरिकामा विकास भइरहेका घटनाक्रमका बारेमा अध्यक्षका उम्मेदवार सञ्जय थापासँग दूरबिन नेपाल डटकमका लागि तोया दाहालले लिएको अन्तरवार्ता ।
दूरबिन नेपाल: वेबसाइट निर्माणको समयमा उठाउनु पर्ने विषय अहिले किन आयो ?
सञ्जय थापा: त्यहाँ कमिटी थियो । यसरी गर्यो –यसरी गर्यो भनेर ल्याएपछि छानबिन गरेर खोज तलास गरेर जाने कुरा भएन । कृष्ण लामिछानेले कमिटी छोड्नु भएपछि चाही अलि अलि शङ्का भएको थियो ।
दूरबिन नेपाल: त्यति वेला चाही किन अगाडि बढ्नु भएन ?
सञ्जय थापा: सस्पेन्स सस्पेन्स कुरा भयो । कन्फर्म कुरा भएन । हामीले नि त्यति बेला छानबिन गर्नु पथ्र्यो होला । कतिपय कुरा आफू कन्फर्म नभएसम्म मैले नछोडेको पनि छ बोर्डमा । तर यो विषयमा त्यस्तो लागेन । कमिटीमा सात–सात जना साथीहरू थिए । महासचिव हुनुहुन्थ्यो गोपेन्द्र जी हुनुहुन्थ्यो । स्वराज जी, पवन जी, बाल जी, सबै जना हुनुहुन्थ्यो । छोड्न अरू कसैले छोड्नु भएन छोडेको कृष्ण जीले मात्र हो ।
दूरबिन नेपाल: त्यति बेलै स्ट्रङली उठाउन किन सक्नु भएन ?
सञ्जय थापा : त्यति बेला उठाउनु पथ्र्यो भन्ने अहिले लाग्छ । तर त्यतिवेला विश्वासमा गरियो ।
दूरबिन नेपाल: यति वेला आएर उठाउँदा निर्वाचन प्रक्रियालाई असर गर्दैन ?
सञ्जय थापा : निर्वाचन प्रक्रियालाई असर गरे पनि सत्य तथ्य त छानबिन हुनु प¥यो नि ।
दूरबिन नेपाल: निर्वाचनमा प्रतिस्पर्धा गर्न नसकिने भएर निर्वाचन नै रोक्न यो निवेदन दिएको हो ?
सञ्जय थापा : मैले चाही त्यस्तो होइन । छानबिन पनि होस निर्वाचन पनि होस भन्ने कुरा हो मेरो ।
दूरबिन नेपाल: तपाइ निर्वाचन प्रक्रियाबाट अलग हुनुहुन्न ?
सञ्जय थापा : हुन्न–हुन्न निर्वाचन प्रक्रियाबाट किन अलग हुनु ।
दूरबिन नेपाल: निर्वाचनबाट भाग्न र निर्वाचन रोक्न यो निवेदन दिनु भएको एकथरीको बुझाइ छ नि
सञ्जय थापा : जल्ले जे भने पनि भयो । अरूले के गर्छन् थाहा भएन । मेरो चाही त्यस्तो होइन ।
दूरबिन नेपाल: होइन भने सूर्य लम्साल र तपाइ यो विषयमा एक ठाउँमा कसरी आउनु भयो त ?
सञ्जय थापा : दुई जनाका लागि सेम इस्यू भयो नि त । मानिसहरू एक ठाउँमा जोडिने इस्यूले हो । हामी दुवै जनाको लागि यो इस्यू पेचिलो बन्यो ।
दूरबिन नेपाल: आर सी गौरि जोशीले सूर्य जी र तपाईँलाई मिलाउन प्रयास गर्नु भएको थियो । त्यो सम्भव नभए पछि तपाइहरू तीन जनाको सहमति र सल्लाहमा निर्वाचन रोक्न यो निवेदन दिने काम भएको हो भन्ने पनि सुनिन्छ नि के हो यथार्थ ?
सञ्जय थापा : पहिला तपाइले भनेको कुरा सही हो । आरसीले मिलौँ भनेर प्रेसर धेरै दिनु भएको हो । मिलने क्राइटेरिया, वातावरण बन्न सकेन । हुन त सूर्य जी र मेरो मिल्ने भन्ने कुरा मेम्वरसिप ड्राइभको बेला देखि नै भइरहेको थियो । उहाँ पनि मलाई प्रेसिडेन्ट छोड्देऊ भन्ने मैलै पनि उहाँलाई प्रेसिडेन्ट छोड्देऊ भन्ने भइरह्यो । नोमिनेशनको दिन सबै साथीले नोमिनेशन दिनु भएको थियो मैले दिएको थिइन । सिनियर भाइसप्रेसिडेन्ट हामीलाई दिनुस् भन्दा त्यो पनि सक्नु भएन । त्यसपछि भइहाल्यो हामीले नोमिनेशन गर्ने हो भनेर गरियो । नोमिनेशन पछि पनि साथीहरूले उम्मेदवारी फिर्ता गर्न भनेको हो । तर कसले गर्ने सूर्य जी की मैले ? त्यो समय पनि गुज्रियो । हामी दुवैले आफूले आफूलाई स्ट्रङ देखिरहेका छौँ । त्यो कुरामा मिल्न सकिएन ।
यो विषयमा चाही गौरी र सूर्यको कुरा भएको भए मलाई थाहा भएन । मलाइ चाहिँ सूर्यले कल गरेर यस्तो यस्तो भयो के गर्ने होला भन्नु भयो । ठिक हो, तपाइको कुरा बेठिक छैन भने । त्यसपछि उहाँले मैले एउटा लेटर तयार गरेको छु हामी दुई जना मिलेर दिउन् त भन्नु भयो । मैले ड्राफ्ट पठाउनुस् हेर्छु भने । उहाँले ड्राफ्ट पठाउनु भयो ठिकै लाग्यो । सहिगरेर पठाइदिए उहाँले पोस्ट गर्नु भयो ।
दूरबिन नेपाल: लेटर पोस्ट गर्ने विषयमा आरसी जोशीसँग तपाइहरूको कुरा भएको थियो ?
सञ्जय थापा : मेरो चाही थिएन ।
दूरबिन नेपाल: तपाइको आरसीसँग यो विषयमा कुरा भएकै छैन त ?
सञ्जय थापा : मेरो चाही आरसीसँग धेरै अगाडि देखि भएको छैन । जब मैले यहाँलाई छोड्दिन भने त्यसपछि कुरा भएको छैन । उहाँको आशय चाही मलाई छोडाउने र सूर्य जीलाई अगाडि बढाउने भन्ने थियो । जब मैले छोड्दिन भनेपछि उहाँसँग मेरो कुरा भएको छैन
दूरबिन नेपाल: कसैको पक्ष वा विपक्षमा आरसी जोशीलाई उभिन मिल्छ ?
सञ्जय थापा : नमिल्नु पर्ने हो । तर संस्थालाई राम्रो बनाउनु आरसीको भूमिका पनि राम्रै हुनु प¥यो नि ।
दूरबिन नेपाल: त्यो भूमिकालाई तपाइले राम्रो मान्नु भएको छ ?
सञ्जय थापा : राम्रै मानेको छु । आरसीले सबैलाई सर्वसम्मत नै बनाउन प्रयत्न गर्दा अझ राम्रो थियो ।
दूरबिन नेपाल: अव के होला ? निर्वाचन हुन्छ ?
सञ्जय थापा : निर्वाचन हुन्छ । १३ तारिख कोर्टमा हियरिङ छ । कोर्टले रोक्यो भने रोकिएला नत्र त निर्वाचन प्रक्रिया अगाडि बढिसकेको छ कसैले रोक्न मिल्दैन । म निर्वाचनको मैदान छोडेर भाग्दिन । निर्वाचनको परिणामलाई स्वीकार गर्छु ।







प्रतिक्रिया लेख्नुहोस्:-