Friday, August 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सानफ्रनसिस्कोमा बुद्धि सुवेदीलाई संघ संस्थाका प्रतिनिधिको समर्थन

बैशाख २८, २०७८ ६:२३ मा प्रकाशित
सानफ्रनसिस्कोमा बुद्धि सुवेदीलाई संघ संस्थाका प्रतिनिधिको समर्थन
Share on FacebookShare on Twitter

अमेरिका । एनआरएनए एनसीसी अमेरिकाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी बुद्धि सुवेदी र सहकार्य गरेर अगाडि बढिरहेका उम्मेदवारहरुलाई सानफ्रनसिस्को बे एरियामा रहेका अधिकांश संस्थाका प्रतिनिधिहरुले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । सानफ्रनसिस्को बे एरियामा रहेका अधिकांश नेपाली संघ संस्थाका प्रतिनिधि सहितको ठुलो जमघटमा अध्यक्षका प्रत्यासी बुद्धि सुबेदी समुहलाई शुभकामना दिदै सहयोगको प्रतिबद्धता जाहेर गरेका हुन् ।

आइतवार साँझ आयोजना गरेको सुबेदी समुहको चुनावी भेलालाई संवोधन गर्दै एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार भक्त थापाले एनआरएनए आइसीसी सवैको साझा संस्था बन्न नसकेको चर्चा गर्नु भयो । थापाले भन्नु भयो “नेपाली मुलका रसियन ब्यापारीहरुको सिन्डिकेट छ । जसका कारण एनसीसीहरुलाई स्वतन्त्रता पुर्बक काम गर्न र अधिकार सम्पन्न बनाउने तर्फ लाग्नु भन्दा हस्तक्षेप गर्ने परिपाटी हाबी भएको छ । एनआरएनए आइसीसी गठनको उद्धेश्य र लक्ष बमोजिम काम भएको छैन । यसलाई ट्रयाकमा ल्याउनु पर्छ ।”  थापाले अध्यक्षका प्रत्यासी बुद्धि सुवेदीलाई एनसीसीहरुलाई बलियो बनाउने अभियान थाल्न सुझाव दिदै सफलताको शुभकामना दिनु भयो ।

जन संपर्क समिति अमेरिकाका अध्यक्ष धनन्जय नरसिंह केसीले बुद्धि सुबेदी समुहका सबै पदाधिकारीहरुको नामै लिएर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । महामारीको अप्ठ्यारो समयमा अभाव भएका सामाग्रीहरु जुटाएर नेपाली समुदायलाई सहयोग पु¥याउन अग्रसर भएको, सदस्यता बितरणमा क्रियाशिल भएर बिभिन्न राज्यमा गएको , च्याप्टर देखिका समस्या बुझेर केन्द्रको नेतृत्वका लागि अगाडि आएका कारण अध्यक्षमा सहयोग गर्न आफू अगाडि बढेको जन संपर्क समिति अमेरिकाका अध्यक्ष केसीले बताए । केसीले भने “एनआरएनए एनसीसीहरुलाई बलियो र गतिशिल बनाउन साथै आइसीसीको बढ्दो हस्तक्षेप र त्यहाँ रहेको सिन्डिकेट तोडेर सबैको साझा संस्था बनाउनका लागि एनआरएनए अमेरिकाको यस चुनावी अभियानमा बुद्धि सुबेदीको पक्षमा उभिने निर्णय गरेको छु ।”

जनसंपर्क समिति क्यालिफोर्निया च्याप्टरका कार्यबाहक सभापति नारायण खनालले पनि अध्यक्षका प्रत्यासी बुद्धि सुबेदी र सहकार्य गरेर अगाडि बढिरहेको समुहलाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । कार्यबाहक सभापति खनालले भने ” हाम्रै नेपाली जनसंपर्क समिति अमेरिकाको जस्तै हर्कतहरु गर्दै जाने हो भने भोलिका दिनमा एनआरएनएले पनि २ बर्ष ४ बर्ष १० बर्ष अधिवेशन कुर्न पर्ने भयो भने सबैले धिकार्ने छन् ।”  साथै खनालले जन संपर्क समितिलाई बिगारेर एनआरएनएमा घर सर्नु भएकाहरुलाई निरुत्साहित गर्नु पर्ने बेला आएको बताए ।

नेवा अर्गानाइजेशका संस्थापक अध्यक्ष साथै काष्ठमाण्डप लाइन्स क्लवका चाटर प्रेसिडेन्ट चुनावी कार्यक्रमका प्रमुुख अतिथि नारायण सोमनामे बुद्धि सुबेदी समुहलाई सहयोग गर्न अपिल गर्नु भयो ।

न्यान्सका पूर्व अध्यक्ष रबिन्द्र राई, नेपाली कम्युनिटी सेन्टर एनसीसीका अध्यक्ष यज्ञलाल श्रेष्ठ, एन डब्लु जी एन की अध्यक्ष विष्णु शर्मा सुबेदी, रुकुम अमेरिका जनसंपर्क समिति अमेरिकाका अध्यक्ष बिनोद पुन मगर, संखुवासभा अमेरिका जनसंपर्क समिति अमेरिकाका अध्यक्ष कृष्णराज गिरी लगायतले अध्यक्षका प्रत्यासी बुद्धि सुवेदीलाई सहयोग गर्ने बताए ।

त्यस्तै न्यान्सका अध्यक्ष इश्वर सिटौला, पूर्व अध्यक्ष डिकेन्द्र मास्के, पर्यटनदूत घन दवाडी, न्यान्सका पूर्व महासचिव पृतेश कार्की लगायतले अध्यक्षका प्रत्यासी सुबेदी समुहलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा बुद्धि सुवेदीसँग सहकार्य गरिरहेका बरिष्ठ उपाध्यक्षका उम्मेदवार बी आर लामा, महासचिवका उम्मेदवार अन्जन चौलागाई, उपाध्यक्षहरु रामहरी अधिकारी, डिलुराम पराजुली, गोपेन्द्र भट्टराई महिला उपाध्यक्ष क्रान्ति अर्याल भण्डारी, सचिव अनुप खनाल, महिला सचिव तारा ढकाल मरहट्टा, कोषाध्यक्ष राजिब प्रसाद श्रेष्ठ, महिला कोओर्डिनेटर सुन्दरी गुरुङले उम्मेदवारीको कारण र सहकार्यको औचित्य प्रष्टाउने प्रयास गरेका थिए ।

 

क्यालिफोर्निया बाहिरबाट चुनावी प्रचार प्रसारमा बुद्धि सुबेदीसगै आएका बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारहरु मेरिल्याण्डका डोलनाथ घिमिरे, टेक्सासका डाक्टर प्रकाश श्रेष्ठ – रामकुमार महतो, कोलोराडोका राज ढुंगाना र न्युयोर्कका मिन खड्काले आफ्ना भनाइहरु राखेका थिए ।

त्यस्तै क्यालिफोर्नियाबाट उपाध्यक्षकी उम्मेदवार दिक्षा बस्नेत, एनआरएनए अमेरिकाको बोर्डअफ डाइरेक्टरमा उठेका रवीसिंह बस्नेत, विराज भण्डारी, उत्तम शर्मा वाग्ले र द्रौपदी भट्टले आफ्नो भनाइहरु राख्दै शुभकामना दिएका थिए ।

आइसीसीका उम्मेदवारहरु सुरेन्द्र मल्ल, बिनोद कुमार तिवारी, उत्तम कार्की र बिन्दु निरौलाले आफ्नो भनाइ राखेका थिए ।  एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा भएको कार्यक्रम सुरेन्द्र मल्लले सन्चालन गरेका थिए । कार्यक्रममा ३ सय भन्दा बढि मानिसहरु सहभागि भएका थिए ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result