अमेरिका । गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गत अमेरिका क्षेत्रका अभियान्ताहरुले भारतले नेपालको सिमा मिचेको विषयमा विभिन्न राष्ट्रमा रहेका भारतीय दुतावास मार्फत विरोध गर्न सुझाव दिएका छन् ।
एनआरएनए अमेरिकाज क्षेत्रका मानार्थ परिषद सदस्यहरुको स्वागत तथा परिचयात्मक भिडियो बैठकमा सहभागिले यस्तो सुझाव दिएका हुन् । एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको अध्यक्षतामा बैठकमा बोल्ने अधिकांश बक्ताले भारतीय हस्तक्षेपका बिरुद्ध राष्ट्रिय समन्वय परिषद मार्फत भारतीय राजदुतावसमा अनलाइन पिटिशन गर्ने जस्ता सुझाव दिएका थिए।
आरसी त्रिपाठीका अनुसार परिचयात्मक बैठकमा यस क्षेत्रमा कोरना संक्रमणले पारेको प्रभाव, भइरेका राहत वितरण, अमेरिकामा अड्किएका नेपालीहरुको स्वदेश फिर्ति र भविश्यमा हुने पुनस्थापना लगायतका बारेमा छलफल भएको थियो । ‘मुख्यत अमेरिकामा रहेका नेपालीलाई कोरोनाले कस्तो प्रभाव पारेको छ भन्नेमा साथीहरु बीच छलफल भयो, यस्तै आइसीसीले ल्याएको कार्यक्रमलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेमा छलफल भयो ।’ बैठक पछि त्रिपाठीले दूरबिन नेपाल सँगको टेलिफोन सम्वादमा बताए ।
त्रिपाठीका अनुसार बैठकमा एनआरएनए आइसीसीकी उपाध्यक्ष रविना थापा, सचिव गौरी जोशिले आफ्नो धारणा राखेका थिए । थापाले मध्यपूर्वमा रहेका महिलाहरुले भोग्नु परेका समस्याका बारेमा जानकारी गराएकी थिइन् । यस्तै जोशीले कोरोना संक्रमण पछि एनआरएनएले सरकार सँग गर्दै गरेको समन्वयका बारेमा जानकारी गराएका थिए ।
बैठकमा एनआरएनए अमेरिकाज क्षेत्रका उपसंयोजक राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा कार्की, क्षेत्रीय युवा संयोजक बिमला सापकोटा, आइसीसी सदस्य तृष्णा शर्मा, शंकर खड्क, प्रमोद सिटौला, आइसीसी सल्लाहकार हरिबोल भण्डारी, आइसीसी सल्लाहकार तथा नेपाल सरकारका महावाणिज्यदुत एशी शेर्पाले पनि आ आफ्नो धारणा राखेका थिए ।
बैठकमा एसीसी क्यानडाका अध्यक्ष चिरन्जीवी घिमिरे, एनसीसी अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे, उपाध्यक्षहरु कृष्ण जिबी पन्त, बिद्धि सुबेदी, सर्बग्य वाग्ले पनि भाग लिएका थिए ।
यस्तै बेदराज बस्नेत, प्रमिला बस्नेत, अभिम्यू बस्नेत, कृष्ण के सी, कृष्ण लामिछाने, प्रतिक पाण्डे, प्रेम श्रेष्ठ, राधेश पण्डित, उत्तम लामिछाने, पिताम्बर भट्टराई, चन्द्र राइ, भारत अर्याल, गोपी कृष्ण काफ्ले, धुण्डिराज पाण्डे, पुरु ढकाल र रबिन्द्र घिमिरे लगायत बैठकमा उपस्थित थिए ।






प्रतिक्रिया लेख्नुहोस्:-