Thursday, August 20, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्थानिय संस्था र एनआरएनएको संबन्धमा सुधार आवश्यक

बैशाख २९, २०७८ ५:१० मा प्रकाशित
स्थानिय संस्था र एनआरएनएको संबन्धमा सुधार आवश्यक
Share on FacebookShare on Twitter

प्रदिप पौडेल 

सृष्टीका सबै कुरा चलयामान छन् । त्यसमा सबैभन्दा बिकसित प्राणी मानिस अझबढि चलायमान हुने नै भए । बिकास क्रमलाई केलाएर हेर्ने हो भने सुविधा र अवसरका लागि सर्वत्र भौतारिरहेने प्राणी मानिस हो । आदिम कालमा खानाको खोजि र सुरक्षाका दृष्टिकोणले बसाइ सराई हुने गर्थ्यो । औधोगिक युगमा आएर विकास, ब्यबसाय र उद्योगिक बिकासका लागि ।

गतिसिलतासँगै झाँगिएको शक्ति संघर्ष र स्वार्थकै अभियानले निम्त्याएको पहिलो–दोस्रो विश्व युद्ध मानव जातीकै संहारका लागि थिए । बिनासकारी युद्ध पछि तंग्रिएको मानव समुदायले अध्ययन , अनुसन्धान र अन्वेषणका काममा भने झनै तिब्रता दियो । भुगोलका सीमाहरु मधुरा भए । ज्ञान ,सीप र अवसरको खोजिमा रहेका मानिसहरुलाई विश्वभरका ज्ञानपुन्जमा जोडिने ढोकाहरु खुला भए । विश्व समुदाय ग्लोबल भिलेजमा परिणत भयो ।

शितयुद्द पछि मानविय क्षमता र संसाधनलाई आकर्षित गर्ने विश्व भरि नै होडवाजी नै चल्यो । फुलब्राईट, रसियन प्लान, कोलम्बो प्लान त्यसैका उपज हुन् । धनी र प्रभावशाली देश मात्रै हैन, अरु साना ठुला देशले पनि क्षमता भएका मानिसलाई आकर्षित गर्ने कार्यक्रम ल्याए । यो विश्वब्यापी लहरबाट नेपाल पनि अछुतो रहन सकेन ।

मुख्यत ७०–८० को दशकबाट छिटफुट रुपमा युरोप, अमेरिका र अष्ट्रेलियामा अध्ययन र अवसरका लागि नेपालीहरु जान थालेका थिए । सन् ९० को दशकमा स्वभियत संघको विघटनसँगै विश्व राजनितिमा ठुलो हलचल भयो । केन्द्रिक्रित राज्य प्रणाली र तानासायी सरकारहरु ढले । यो घटना पनि आधुनिक बिकास र परिवर्तनको बाहक थियो । पुजिवादी अर्थतन्त्रको जग झन बलियो भयो । प्रविधिको बिकास र विश्व वजारिकरणले तिब्रता पायो । ब्यापार, अध्ययन, अनुसन्धन र श्रम बजारमा नेपालीहरु विश्वभर छरिए । यही मोडबाट प्रवासी नेपालीहरुका जीवन गाथाका थुप्रै कथा ब्यथाहरु पढ्न, सुन्न र भोग्न पनि पाइयो ।

अहिले हामी अमेरिकामा छौं । देशको भूगोलबाट जति नै टाढा भएपनि जन्मभुमीको माया, भाषा, संस्कृति चाडवाड र मेला पर्वले छुट्नै नसक्ने गरी जोडेको छ । तर बिदेशमा हुर्कदो नेपाली दोस्रो पुस्तालाई यी सबै पक्षमा जोड्न सजिलो छैन ।त्यसैले नेपाली संस्कार भाषा, संस्कृति, चाडवाड र मेला पर्व बारे सिकाउन नेपाली संघ संस्थाले ३ दशक देखि काम गरिरहेका छन् । परदेशमा वसेर नेपालीहरुले गरिरहेको यो संघर्ष प्रसंसनिय छ । भाषा ,संस्कृति जोगाउने पक्ष मात्रै हैन, विदेशमा मर्दा–पर्दा र नेपालमा विपदको समयमा यी संस्थाले निर्वाह गरेको भुमिका अतुलनिय छ ।

यही जगमा टेकेर विश्वभर छरिएर रहेका नेपालीहरुको हित साथै नेपालको बिकासमा समेत सहयोग गर्ने भन्दै गैर आवासिय नेपाली संघ एनआरएनएको जन्म भयो । नेपाल सरकारले बैधता पनि दियो । एनआरएनएको विशेष प्रयासले प्रवासमा वस्ने नेपालीहरुको पहिचान र अधिकार नेपालको संबिधानमा समेत समेटिन पुग्यो । प्रवासी नेपालीहरुको अधिकारलाई थप प्रष्ट रुपमा परिभाषित गर्दै नियमावली र निर्देशिका बन्ने चरणमा छ । प्रवासी नेपालीहरु लागि यो एउटा उपलब्धि हो । तर दोहोरो नागरिकता सुनिश्चित नहुदासम्म संघर्ष गरिरहनु पर्छ ।

नेपालमा प्रवासी नेपालीको अधिकारका लागि सरकारसँग पहल गर्ने र विदेशमा भाषा,संस्कार संस्कृतिको प्रवर्धनमा नेपाली संघ संस्थासँग सहकार्य गर्ने एउटा उद्धेश्य हो । नेपालमा आपद् विपद पर्दा होस वा विदेशमा रहेका नेपालीहरुलाई आवश्यक पर्दा सहयोग जुटाउने र पठाउने काम त भइरहेकै छ ।

अहिलेसम्म गरिरहेका काम र प्रयासहरुले पनि एनआरएनएको भुमिका प्रष्ट हुन्छ । प्रवासी नेपालीहरुका स्थानिय संघ संस्था र एनआरएनएको काम र भुमिका निक्कै फरक छ । यद्यपि कतिपय समान प्रकृतिका कामका कारण भ्रम भनौ वा अस्पष्टताहरुले संसय खडा गरेको छ ।

एनआरएनएले सबै काम गर्न संभवनै छैन । प्रदेशमा रहेका स्थानिय संघ संस्थाहरुले धेरै प्रभावकारी काम गरिरहेका छन् । विदेशमा जातिय क्षेत्रिय संघ संस्थाले पनि कतिपय शहरहरुमा नेपालीहरुको विविधता झल्काउने गरि भिन्न भिन्न कार्यक्रमहरु गरिरहेका छन् । समग्रमा परदेशमा छरिएर रहेका नेपालीलाई जोड्ने र पहिचान बढाउन टेवा पु¥याइ रहेकाछन् ।

परदेशमा रहेका स्थानिय संघ संस्था र एनआरएनए बीच दरिलो संवन्ध बिकास गर्न विधानमा नै संसोधन गरि केही नयाँ विधि,कार्य शैली र पद्धतिको बिकास गर्नु पर्ने हुन्छ । सवन्वयकारि भूमिकालाई सशक्त बनाउन ५० भन्दा बढि सदस्य रहेका स्थानिय संस्थाले सहकार्यका लागि सहभागी हुन चाहेमा एनआरएनएमा सम्मान जनक भुमिका पाउने प्रावधान समाबेस गर्नु पर्छ ।

जिम्मेवारी र कुनै भुमिका दिएर मात्र उनीहरुलाई प्रोत्साहित गर्न सकिन्छ । स्थानिय संस्थाहरुलाई स्रोत साधन जुटाउन र कार्यक्रम गर्न एनआरएनएले सहयोग गर्न सक्नु पर्छ । समय सापेक्ष सुधारबाट मात्र स्थानिय संघसंस्था साथै एनआरएनए अमेरिकालाई जिवन्त र  गतिशिल बनाइ राख्न सकिन्छ ।

(प्रदिप पौडेल एनआरएनए अमेरिकाको वोर्ड अफ डाईरेक्टरका उम्मेदवार हुन् ) 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result