Wednesday, June 18, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बगरमा गरिएको तरकारीखेतीबाट मनग्य आम्दानी

बैशाख ३०, २०७५ १:५७ मा प्रकाशित
बगरमा गरिएको तरकारीखेतीबाट मनग्य आम्दानी
Share on FacebookShare on Twitter

तुलसीपुर, दाङ, ३० वैशाख / कुनै समयमा घरवास र जग्गा राप्ती नदीले कटान गरेर बगाएपछि चिन्तित भएका राप्ती नदीको देउखुरी क्षेत्रका हजाराँै किसान अहिले भने बगरमा गरिएको तरकारीखेतीबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानका दुई हजारभन्दा बढी किसान बगरमा गरिएको तरकारी तथा खरबुजाखेतीबाट लाखाँै रुपैयाँ आम्दानी गर्न सफल भएपछि निकै उत्साहित भएका हुन् ।

देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा सयाँै किसानले व्यक्तिगत रुपमा र अन्यले २०० वटा समूह बनाएर अहिले बगरमा सामूहिक तरकारीखेती गरिरहेका छन् ।

राप्ती नदी आसपासका एक नगरपालिका र दुई वटा गाउँपालिकामा रहेका दुई हजार किसानले बगरखेतीबाटै एक मौसममा एकजनाले रु ८० हजारदेखि रु चार लाखसम्म आम्दानी गर्न सफल भएको बगरमा तरकारीखेती गरिरहेकी लमही नगरपालिका बलरामपुरकी प्रमिला चौधरीले बताउनुभयो ।

उहाँका अनुसार नदीले कटान गरेर बगर बनाएको एक सय हेक्टरभन्दा बढी जमिनमा तरकारीखेती गरेर देउखुरीका विपन्न समुदायका किसानले यतिबेला राम्रो कमाइ गरिरहेका छन् ।विशेष गरेर पुसदेखि जेठ महिनासम्म तरकारीखेती हुने गरेको छ ।

किसान नन्दु चौधरीले आठ वर्षअघि स्थानीय उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले उपलब्ध गराएको बीउ तथा मल र जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा त्यहाँ किसानले बेमौसमी तरकारी भिन्डी, बोडी, लौका, फर्सी, करेला, परवर, गाजर, खरभुजाको व्यावसायिकखेती गरेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले एक दिनमै प्रतिकिसानले ७० देखि ८० किलोसम्म तरकारी बारीबाटै बिक्री गर्न गरेका छन् ।

अहिले यहाँ उत्पादन भएको तरकारी जिल्लाका प्रमुख बजार तुलसीपुर, घोराही, लमही, भालुबाङ नारायणपुरलगायतका बजारका साथै बुटवल, नेपालगञ्जमा समेत पुग्ने गरेको छ । रासस

सम्बन्धित समाचार

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
बिबिध

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

पिट्सबर्ग, क्यालिफोर्नियामा हराएका नेपाली निरजको शव फेला, सहयोगको लागि आव्हान !
बिबिध

पिट्सबर्ग, क्यालिफोर्नियामा हराएका नेपाली निरजको शव फेला, सहयोगको लागि आव्हान !

मुलुकलाई सङ्कटबाट मुक्त गर्न नै  कांग्रेस-एमाले  समीकरण बनेको  नेता पोखरेलको प्रष्टीकरण
बिबिध

मुलुकलाई सङ्कटबाट मुक्त गर्न नै कांग्रेस-एमाले समीकरण बनेको नेता पोखरेलको प्रष्टीकरण

लोकतन्त्रलाई थप सुदृढ बनाउनुपर्नेमा नेता कोइरालाको जोड
बिबिध

नेपाली कांग्रेसलाई गुटगत प्रवृत्तिले गाँजेको छ : शेखर कोइराला

जनकपुर बोल्ट्सले जित्यो एनपीएलको उपाधि
बिबिध

जनकपुर बोल्ट्सले जित्यो एनपीएलको उपाधि

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result