कुनै अप्रत्याशित घटना भएन भने एनआरएनए अमेरिकाको निर्वाचन अव केही दिनमा सम्पन्न हुँदै छ । यो निर्वाचनमा सबै भन्दा बढी चर्चा र विवादको केन्द्रमा रहेका अध्यक्षका प्रत्यसी हुन सुनिल साह । विवादित विषयको सेरोफेरोमा रहेर सुनिल साहसँग दूरबिन नेपाल डटकमका लागि तोया दाहालले लिएको अन्तरवार्ता
दूरबिन नेपाल चुनावी दौड कस्तो चल्दै छ ?
सुनिल साह चुनाव प्रचार प्रसारका लागि ठाउँ ठाउँ पुगिरहेको छु । साथीहरूले साथ सहयोग उत्साह थपिरहनु भएको छ । सबै पोजेटिभ छ ।
दूरबिन नेपाल पोजेटिभ छ त भन्नु भयो तर तपाइ माथि सङ्गिन आरोप, गुनासा र आशङ्काको चाङ थुप्रिएको छ नि यसलाई कसरी लिनु भएको छ ?
सुनिल साह चुनावको वेला कतिपय साथीहरूले प्रोपोगण्ड गर्न खोजिरहनु भएको छ । कमजोर पक्षले चुनावमा हराउन यस्तो गर्नुलाई मैले अस्वाभाविक रूपमा लिएको छैन । तर यति धेरै व्यक्तिगत रूपमा आधारहीन आक्षेप मै चाही आउनु होला जस्तो त लागेको थिएन ।
दूरबिन नेपाल तपाईँ प्रोपगण्डा भन्नु हुन्छ , अरू उम्मेदवार माथि पनि यस्तो प्रश्न र आशङ्का उठ्न सक्थे , तर तपाईँ माथि नै किन उठ्यो ?
सुनिल साह उहाँहरूले उठाउनु भएको मेन कुरा सरभर डाउनको कुरा गरिरहनु भएको छ । म आइटी कमिटीको चेयर भएकोले मलाई टार्गेट गर्नु भएको हो । वेबसाइट र सरभर भनौ वा एप्लिकेशन र सरभरको फरक के हो मैले पटक पटक भनिरहेको छु । उहाँहरूलाई पनि भनेको छु । दुई फरक कुरा हुन् । सरभरसँग हाम्रो कुनै लेना देना छैन । एप्लिकशेन बनाउने जिम्मा कार्यसमितिले हामीलाई दिएको थियो । राम्रो वेबसाइट बनाएर हामीले डिसेम्बरमा नै बुझाएको हो । त्यसपछि नयाँ आइटी कमिटी बन्यो । त्यसको ह्यान्डल उहाँहरूले गर्नु भएको छ । त्यस पछि मसँग वेबसाइट र सरभरको कुनै एक्सेस छैन ।
दूरबिन नेपाल एक्सेस छैन भन्नु भयो तर वेबसाइट निर्माता कम्पनी र तपाईँको कम्पनीको एड्रेस त गुगल गर्दा अहिले पनि मिलिरहेको छ भन्ने बाहिर आइरहेको छ नि ।
सुनिल साह त्यो कम्पनीसँग मेरो कुनै प्रकारको संलग्नता र सहभागिता छैन । कुन कम्पनीले आफ्नो गुगल एड्रेस कहाँ राखेको छ भनेर हामीले खोज्ने होइन । टेण्डर आह्वान गर्दा उसले लिगल डकुमेन्टमा राखेको एड्रेस फरक छ । त्यो कमिटीमा म मात्र छैन । कार्यसमितिका ७ जना थियौँ । वेबसाइट निर्माण गर्न इच्छुक निवेदक कुनै कम्पनीलाई दिनु पर्छ भनेर कहिले पनि लबिङ गरेको छैन । हामी विधि, विधान र नियमसंगत ढङ्गले काम गरेका छौँ । टिमका सबैले एउटा मापदण्ड बनाएर त्यस भित्रबाट रिभ्यू गरेर छनौट गरेको कम्पनीले पाएको हो । एनआरएनए अमेरिकासँगको सम्झौताले नै वेबसाइट निर्माण गर्ने त्यो कम्पनीले सरभरको विषयमा काम गर्ने अधिकार दिएको छैन । वेबसाइट बनाएपछि त्यस कम्पनीको काम सकियो । त्यो कम्पनीले बनाएको कुरामा कुनै प्राविधिक समस्या आएमा उसले हेर्छ । अरू काम त्यो कम्पनीले गर्दैन । संस्था र समूहले गरेको काममा सुनिल कुमार साहले एकतर्फी रूपमा गरेजस्तो बनाएर जुन हल्ला फैलाइएको छ । त्यो नियोजित रूपमा गरिएको हो ।
दूरबिन नेपाल सरभरसँग वेबसाइट निर्माण कम्पनीको कुनै सम्बन्ध र प्रभाव नै हुँदैन ?
सुनिल साह हुँदैन । सरभर कसरी मेन्टेन गर्नु हुन्छ । कुन पैसाले किन्नु हुन्छ । डाटा कहाँ राख्नु हुन्छ । डाटा के गर्नु हुन्छ । त्यो जिम्मेवारी वेबसाइट निर्माण कम्पनीको हुँदै हैन । सरभर प्रोभाइडरको हो । यो कुरा स्पष्ट पार्न चाहे । हचुवाका भरमा वेबसाइट निर्माण गर्ने कम्पनीको एड्रेस सुनिल कुमार साहसँग मिल्यो डाटा मेनिपुट हुन्छ भनेर हल्ला गर्दैमा केही हुँदैन ।
दूरबिन नेपाल तपाइका प्रतिस्पर्धी सूर्य लम्साल पूर्व कार्यसमिति सदस्य हुनुहुन्छ र सञ्जय थापा वर्तमान कार्यसमिति नै सदस्य नै हुनु हुन्छ । यति सङ्गिन आरोप उहाँहरूले नबुझी नै लगाउनु भएको हो भनेर तपाइको कुरालाई मात्र कसरी विश्वास गर्ने ?
सुनिल साह सूर्य जी पुरानो हुनु भयो । तर यो कार्यसमिति र समितिले गरेका वसै काम पारदर्शी भएकाले बुझ्नु भएको छैन भन्न मिलेन । अहिलेको कार्यसमितिको सञ्जय जीलाई त अझ सबै कुरा थाहा छ । हामीले सबै कुरा कार्यसमितिबाटै पास गरेर गरेको हो । आइटी कमिटीले त एउटा टाक्सफोर्सको रूपमा मात्र काम गरेको हो नि । बजेट लगायत टेन्डरबाट आएका सबै कम्पनी कार्यसमितिबाटै टुङ्गो लागेको छ । सबैलाई कम्यूनिकेशन भएको छ । खै त्यति बेला किन नबोल्नु भएको हो । चुनावको मुखमा आएर यो कुरा क्रियट गर्नु, फर्म गर्नु भनेको मैले केही भनिरहनु पर्दैन । यो प्रपोगण्डा मात्र हो ।
दूरबिन नेपाल निर्वाचनमा उठ्न सजिलो होस भनेर वेबसाइटमा तपाईँले आफ्नो हात राख्नु भएको भन्ने धेरैको बुझाइ छ नि ।
सुनिल साह वेबसाइट कमिटी र चुनावसँग कुनै सम्बन्ध छैन । भएको वेबसाइटलाई राम्रो बनाएको हो हामीले । सरभर प्रोभइडर कम्पनी अर्कै हो । सरभर प्रोभाइडरको समस्या गलत ढङ्गले वेबसाइटसँग जोडियो । वेभसाईटले चुनाव गराउने होइन । भएको इन्फमेसन मात्र राख्ने हो । वेबसाइटले मेम्बर बनाएको भेरीफाइ गरेको पनि होइन । भेरिफिकेशन समिति बनाएर समितिका मान्छेले डकुमेन्ट हेरेर भेरिफाइ गरेको हो । वेबसाइट त गेट वे य मात्र हो । वेबसाइटले आफैले गर्ने त केही होइन । हामीले वेबसाइट निर्माण गर्ने बेलामा हाम्रो रिसोर्सले भ्याएसम्म उपलब्ध राम्रा सेकुरिटि सिस्टम इमप्लिमेन्ट गरेका छौ । वेबसाइट ह्याक गर्ने चान्सेस केही पनि छैन ।
दूरबिन नेपाल राम्रो काम गरिम भन्नु हुन्छ कसरी समस्या आयो त ?
सुनिल साह एउटा कुरा तपाइहरूले के बुझ्नु पर्यो भने वेबसाइटले कहिले पनि डाटा होल्ड गर्दैन । वेबसाइटले तपाइलाई देखाउने मात्र हो । डाटा होल्ड गर्ने त सरभरमा हो नि । गो डयाडिले सरभर प्रोभइड गर्छ । जुन कम्पनी हामीले होस्ट गर्दैनौँ । सर्भिस किनेका छौँ गो ड्याडीबाट । त्यसले गर्दा हाम्रो डाटा सुरक्षित छ । हाम्रो भन्दा पनि डाटा सेकुरिटि गर्ने काम गो डयाडिको हुन्छ । त्यति ठुलो कम्पनीलाई विश्वास नगर्ने ? गो ड्याडी र संस्था बिचमा कम्यूनिकेशन मात्र हुन्छ । मेम्वरसिप हेर्न पाउने, नाम हेर्न पाउने , वेबसाइटमा केही अपलोड गरेर हेर्न पाउने । वेबसाइटले कहिले पनि डाटा होल्ड गर्दैन । यो कुरा प्रविधिको क्षेत्रमा काम नगरेका धेरै मानिसलाई थाहा हुँदैन । त्यसैले उहाँहरू भ्रम छर्दै हुनुहुन्छ ।
दूरबिन नेपाल आरसी गौरि जोशी जी कहिले तपाइको समूह निर्माणमा जुट्नु भएको भन्ने सुनिन्छ कहिले तपाइको विपक्षमा मोर्चा बन्दी गराउन लाग्नु भएको भन्ने सुनिन्छ । तपाइ र जोशी जीको के कुरा मिलेन ?
सुनिल साह हैन । उहाँ र मेरो नमिल्ने केही छैन । आरसी जीले त्यस्तो गर्नु भएको मलाइ थाहा छैन । त्यस्तो गर्नु भएको छ भने त्यो पदीय मर्यादाले उहाँलाई दिँदैन । पदीय मर्यादा नाघेर आफैले खाडल खन्नु भएको छ जस्तो मलाई त लाग्दैन । आइसीसी सँग एनसीसी अमेरिका आबद्ध भएकाले उहाँले कोर्डिनेट गर्ने काम हो । विगतमा जस्तै निर्वाचनको समयमा पनि तथष्ट भूमिकामा काम गर्नु हुन्छ भन्ने विश्वास छ ।
प्रतिक्रिया लेख्नुहोस्:-