Sunday, August 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गौरि जीले खाडल खन्नु भएजस्तो मलाई लाग्दैन: सुनिल साह

बैशाख ३०, २०७६ १०:५५ मा प्रकाशित
गौरि जीले खाडल खन्नु भएजस्तो मलाई लाग्दैन: सुनिल साह
Share on FacebookShare on Twitter

                  कुनै अप्रत्याशित घटना भएन भने एनआरएनए अमेरिकाको निर्वाचन अव केही दिनमा सम्पन्न हुँदै छ । यो निर्वाचनमा सबै भन्दा बढी चर्चा र विवादको केन्द्रमा रहेका अध्यक्षका प्रत्यसी हुन सुनिल साह । विवादित विषयको सेरोफेरोमा रहेर सुनिल साहसँग दूरबिन नेपाल डटकमका लागि तोया दाहालले लिएको अन्तरवार्ता

दूरबिन नेपाल              चुनावी दौड कस्तो चल्दै छ ?

सुनिल साह            चुनाव प्रचार प्रसारका लागि ठाउँ ठाउँ पुगिरहेको छु । साथीहरूले साथ सहयोग उत्साह थपिरहनु भएको छ । सबै पोजेटिभ छ ।

दूरबिन नेपाल        पोजेटिभ छ त भन्नु भयो तर तपाइ माथि सङ्गिन आरोप, गुनासा र आशङ्काको चाङ थुप्रिएको छ नि यसलाई कसरी लिनु भएको छ ?

सुनिल साह        चुनावको वेला कतिपय साथीहरूले प्रोपोगण्ड गर्न खोजिरहनु भएको छ । कमजोर पक्षले चुनावमा हराउन यस्तो गर्नुलाई मैले अस्वाभाविक रूपमा लिएको छैन । तर यति धेरै व्यक्तिगत रूपमा आधारहीन आक्षेप मै चाही आउनु होला जस्तो त लागेको थिएन ।

 

दूरबिन नेपाल          तपाईँ प्रोपगण्डा भन्नु हुन्छ , अरू उम्मेदवार माथि पनि यस्तो प्रश्न र आशङ्का उठ्न सक्थे , तर तपाईँ माथि नै किन उठ्यो ?

सुनिल साह          उहाँहरूले उठाउनु भएको मेन कुरा सरभर डाउनको कुरा गरिरहनु भएको छ । म आइटी कमिटीको चेयर भएकोले मलाई टार्गेट गर्नु भएको हो । वेबसाइट र सरभर भनौ वा एप्लिकेशन र सरभरको फरक के हो मैले पटक पटक भनिरहेको छु । उहाँहरूलाई पनि भनेको छु । दुई फरक कुरा हुन् । सरभरसँग हाम्रो कुनै लेना देना छैन । एप्लिकशेन बनाउने जिम्मा कार्यसमितिले हामीलाई दिएको थियो । राम्रो वेबसाइट बनाएर हामीले डिसेम्बरमा नै बुझाएको हो । त्यसपछि नयाँ आइटी कमिटी बन्यो । त्यसको ह्यान्डल उहाँहरूले गर्नु भएको छ । त्यस पछि मसँग वेबसाइट र सरभरको कुनै एक्सेस छैन ।

दूरबिन नेपाल         एक्सेस छैन भन्नु भयो तर वेबसाइट निर्माता कम्पनी र तपाईँको कम्पनीको एड्रेस त गुगल गर्दा अहिले पनि मिलिरहेको छ भन्ने बाहिर आइरहेको छ नि ।

सुनिल साह          त्यो कम्पनीसँग मेरो कुनै प्रकारको संलग्नता र सहभागिता छैन । कुन कम्पनीले आफ्नो गुगल एड्रेस कहाँ राखेको छ भनेर हामीले खोज्ने होइन । टेण्डर आह्वान गर्दा उसले लिगल डकुमेन्टमा राखेको एड्रेस फरक छ । त्यो कमिटीमा म मात्र छैन । कार्यसमितिका ७ जना थियौँ । वेबसाइट निर्माण गर्न इच्छुक निवेदक कुनै कम्पनीलाई दिनु पर्छ भनेर कहिले पनि लबिङ गरेको छैन । हामी विधि, विधान र नियमसंगत ढङ्गले काम गरेका छौँ । टिमका सबैले एउटा मापदण्ड बनाएर त्यस भित्रबाट रिभ्यू गरेर छनौट गरेको कम्पनीले पाएको हो । एनआरएनए अमेरिकासँगको सम्झौताले नै वेबसाइट निर्माण गर्ने त्यो कम्पनीले सरभरको विषयमा काम गर्ने अधिकार दिएको छैन । वेबसाइट बनाएपछि त्यस कम्पनीको काम सकियो । त्यो कम्पनीले बनाएको कुरामा कुनै प्राविधिक समस्या आएमा उसले हेर्छ । अरू काम त्यो कम्पनीले गर्दैन । संस्था र समूहले गरेको काममा सुनिल कुमार साहले एकतर्फी रूपमा गरेजस्तो बनाएर जुन हल्ला फैलाइएको छ । त्यो नियोजित रूपमा गरिएको हो ।

दूरबिन नेपाल         सरभरसँग वेबसाइट निर्माण कम्पनीको कुनै सम्बन्ध र प्रभाव नै हुँदैन ?

सुनिल साह          हुँदैन । सरभर कसरी मेन्टेन गर्नु हुन्छ । कुन पैसाले किन्नु हुन्छ । डाटा कहाँ राख्नु हुन्छ । डाटा के गर्नु हुन्छ । त्यो जिम्मेवारी वेबसाइट निर्माण कम्पनीको हुँदै हैन । सरभर प्रोभाइडरको हो । यो कुरा स्पष्ट पार्न चाहे । हचुवाका भरमा वेबसाइट निर्माण गर्ने कम्पनीको एड्रेस सुनिल कुमार साहसँग मिल्यो डाटा मेनिपुट हुन्छ भनेर हल्ला गर्दैमा केही हुँदैन ।

दूरबिन नेपाल         तपाइका प्रतिस्पर्धी सूर्य लम्साल पूर्व कार्यसमिति सदस्य हुनुहुन्छ र सञ्जय थापा वर्तमान कार्यसमिति नै सदस्य नै हुनु हुन्छ । यति सङ्गिन आरोप उहाँहरूले नबुझी नै लगाउनु भएको हो भनेर तपाइको कुरालाई मात्र कसरी विश्वास गर्ने ?

सुनिल साह          सूर्य जी पुरानो हुनु भयो । तर यो कार्यसमिति र समितिले गरेका वसै काम पारदर्शी भएकाले बुझ्नु भएको छैन भन्न मिलेन । अहिलेको कार्यसमितिको सञ्जय जीलाई त अझ सबै कुरा थाहा छ । हामीले सबै कुरा कार्यसमितिबाटै पास गरेर गरेको हो । आइटी कमिटीले त एउटा टाक्सफोर्सको रूपमा मात्र काम गरेको हो नि । बजेट लगायत टेन्डरबाट आएका सबै कम्पनी कार्यसमितिबाटै टुङ्गो लागेको छ । सबैलाई कम्यूनिकेशन भएको छ । खै त्यति बेला किन नबोल्नु भएको हो । चुनावको मुखमा आएर यो कुरा क्रियट गर्नु, फर्म गर्नु भनेको मैले केही भनिरहनु पर्दैन । यो प्रपोगण्डा मात्र हो ।

दूरबिन नेपाल         निर्वाचनमा उठ्न सजिलो होस भनेर वेबसाइटमा तपाईँले आफ्नो हात राख्नु भएको भन्ने धेरैको बुझाइ छ नि ।

सुनिल साह          वेबसाइट कमिटी र चुनावसँग कुनै सम्बन्ध छैन । भएको वेबसाइटलाई राम्रो बनाएको हो हामीले । सरभर प्रोभइडर कम्पनी अर्कै हो । सरभर प्रोभाइडरको समस्या गलत ढङ्गले वेबसाइटसँग जोडियो । वेभसाईटले चुनाव गराउने होइन । भएको इन्फमेसन मात्र राख्ने हो । वेबसाइटले मेम्बर बनाएको भेरीफाइ गरेको पनि होइन ।    भेरिफिकेशन समिति बनाएर समितिका मान्छेले डकुमेन्ट हेरेर भेरिफाइ गरेको हो । वेबसाइट त गेट वे य मात्र हो । वेबसाइटले आफैले गर्ने त केही होइन । हामीले वेबसाइट निर्माण गर्ने बेलामा हाम्रो रिसोर्सले भ्याएसम्म उपलब्ध राम्रा सेकुरिटि सिस्टम इमप्लिमेन्ट गरेका छौ । वेबसाइट ह्याक गर्ने चान्सेस केही पनि छैन ।

दूरबिन नेपाल         राम्रो काम गरिम भन्नु हुन्छ कसरी समस्या आयो त ?

सुनिल साह          एउटा कुरा तपाइहरूले के बुझ्नु पर्‍यो भने वेबसाइटले कहिले पनि डाटा होल्ड गर्दैन । वेबसाइटले तपाइलाई देखाउने मात्र हो । डाटा होल्ड गर्ने त सरभरमा हो नि । गो डयाडिले सरभर प्रोभइड गर्छ । जुन कम्पनी हामीले होस्ट गर्दैनौँ । सर्भिस किनेका छौँ गो ड्याडीबाट । त्यसले गर्दा हाम्रो डाटा सुरक्षित छ । हाम्रो भन्दा पनि डाटा सेकुरिटि गर्ने काम गो डयाडिको हुन्छ । त्यति ठुलो कम्पनीलाई विश्वास नगर्ने ? गो ड्याडी र संस्था बिचमा कम्यूनिकेशन मात्र हुन्छ । मेम्वरसिप हेर्न पाउने, नाम हेर्न पाउने , वेबसाइटमा केही अपलोड गरेर हेर्न पाउने । वेबसाइटले कहिले पनि डाटा होल्ड गर्दैन । यो कुरा प्रविधिको क्षेत्रमा काम नगरेका धेरै मानिसलाई थाहा हुँदैन । त्यसैले उहाँहरू भ्रम छर्दै हुनुहुन्छ ।

दूरबिन नेपाल         आरसी गौरि जोशी जी कहिले तपाइको समूह निर्माणमा जुट्नु भएको भन्ने सुनिन्छ कहिले तपाइको विपक्षमा मोर्चा बन्दी गराउन लाग्नु भएको भन्ने सुनिन्छ । तपाइ र जोशी जीको के कुरा मिलेन ?

सुनिल साह          हैन । उहाँ र मेरो नमिल्ने केही छैन । आरसी जीले त्यस्तो गर्नु भएको मलाइ थाहा छैन । त्यस्तो गर्नु भएको छ भने त्यो पदीय मर्यादाले उहाँलाई दिँदैन । पदीय मर्यादा नाघेर आफैले खाडल खन्नु भएको छ जस्तो मलाई त लाग्दैन । आइसीसी सँग एनसीसी अमेरिका आबद्ध भएकाले उहाँले कोर्डिनेट गर्ने काम हो । विगतमा जस्तै निर्वाचनको समयमा पनि तथष्ट भूमिकामा काम गर्नु हुन्छ भन्ने विश्वास छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result