अमेरिका ।
जोस र साहसले ढाकिएको १५ वर्षको किशोर अवस्थामा नै समाज सेवामा समर्पण भाव देखाएका पूर्ण चन्द्र बानिया अर्धवैसे भइसक्दा पनि थाकेका छैनन् । काठमाडौँ जिल्लाको किर्तिपुरमा जन्मिएर त्यहीको हावा पानीमा हुर्किएका बानियालाई अहिले पनि आफ्नो कर्मभूमि अमेरिका भन्दा नेपाल नै प्यारो लाग्छ रे । सायद त्यसैले होला उनी अहिले प्रवासीहरूलाई नेपालसँग जोड्ने सेतु अर्थात् एनआरएनएको अभियानमा सक्रिय छन् । एनआरएनएले विदेशमा रहेका नेपालीलाई नेपालको विकास र संवृद्धिमा जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रमले पूर्णचन्द्र बानियालाई बढी नै छोएको छ । बानिया भन्छन् विदेशमा बसेका नेपालीलाई नेपालसँग जोडेर विकासका परियोजना सञ्चालन गरेमा नेपालको संवृद्धिको यात्राले ठुलो फड्को मार्न सक्छ ।
सबै भन्दा बढी गैह्रआवासियय नेपाली रहेको अमेरिकाबाट उनी यस अभियानलाई सशक्त बनाउन चाहन्छन् । त्यसैले एनआरएएनए अमेरिकाको २०१९–२१ को यात्रामा उनी पदाधिकारीको रूपमा उभिन चाहन्थे । सबै मिलेर अगाडि बढ्ने कुरामा उनी दुइकदम लचिलो भए । उनले पद भन्दा पनि काम र सेवा भाव महत्त्वपूर्ण हुन्छ भन्ने साबित गरिदिए । उनको यो समझदारीलाई सबैले प्रशंसा गरेका छन् । एनआरएनए अमेरिकाको आगामी कार्यकालका लागि बोर्ड अफ डाइरेक्टरमा उनले उम्मेदवारी दिएका छन् ।
बानिया एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टर स्थापनाहँदा अध्यक्ष भएर काम गरे । उनको कार्यकालमा क्यालिफोर्निया च्याप्टरले थुप्रै काम र कार्यक्रम गर्यो ।
नेपालमा रहँदा नेपाली काङ्ग्रेससँग निकट भएर उनी प्रजातान्त्रिक आन्दोलनमा होमिए । ट्रेड युनियन मुभमेन्टमा उनको छुट्टै पहिचान र उचाइ छ । कर्मचारीको ट्रेड युनियन अधिकार, मानवअधिकार, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताका हिमायति पूर्णचन्द्र बानिया अमेरिका आएपछि पनि सङ्घ संस्थामा सक्रिय छन् । त्यसैको निरन्तरता हो बोर्ड अफ डाइरेक्टरको उम्मेदवारी ।
प्रतिक्रिया लेख्नुहोस्:-