एनआरएनए अमेरिकाको महिला संयोजकका हैसियतमा आफूले शुरु गरेको र पुरा हुन नपाएका योजना कार्यान्वयन गर्न र नयाँ कार्यसमितिमा महिलाहरुको सक्रिय उपस्थितिका लागि आगामी दुईबर्षे कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी इन्दिरा त्रिपाठी एनआरएन अभियानमा महिला सक्रियताको पक्षमा सक्रिय छिन् । कुनै गुट वा पक्षमा वा कसैको उक्साहटमा उम्मेदवारी नदिएको र महिला संयोजक भएर काम गरेको अनुभव सहित संस्थामा थप योगदान पुर्याउन सकिन्छ भन्ने विश्वासले वरिष्ठ उपाध्यक्ष उम्मेदवारी दिएको बताउने त्रिपाठी एनआरएन अभियानमा महिलाहरुको सहभागिता र नेतृत्वमा पहुँच बढ्नु पर्छ भन्ने मान्यता राख्छिन्।
एनआरएनए अमेरिकालाई केही व्यक्ति वा समूहको घेरा भित्र छ भन्ने आम समुदायको बुझाइलाई पूर्णरुपमा निस्तेज पार्न सकिन्छ भन्ने विश्वासका साथ स्वतन्त्र रूपमा एनआरएन अभियानमा लागेकी त्रिपाठीसंग नेपाल छँदा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरुमा काम गरेको अनुभव समेत छ।
साउदर्न क्यालिफोर्नियामा रहेको नेपाल अमेरिका एकता समाज तथा श्री पशुपतिनाथ फाउन्डेसन लगाएतका संघसंस्थाहरु मार्फत सामाजिक कार्यहरुमा सक्रिय महिला अभियन्ताको छवि बनाएकी त्रिपाठीको सामाजिक कामको अनुभवलाई एनआरएनएमा बरिष्ठ उपाध्यक्ष भएर बहुसंख्यक नेपाली समुदायको हितमा प्रयोग गर्ने उद्देश्य रहेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-