अमेरिका ।
पेसाले इन्जिनियर । विश्वविद्यालयका प्राध्यापक । रिसर्चर । सामाजिक काम र सङ्घ संस्थामा सधैँ सक्रिय । नेपालमा रहँदा नेपाल प्राध्यापक सङ्घमा सक्रिय भए । अहिले अमेरिकाको टेक्सस डलास निवासी हुन् थलराज पन्त । पन्त भन्छन् “जहाँ भए पनि समाजका लागि केही राम्रो काम र सेवा गरौँ भन्ने लागि रहन्छ । त्यसैले गर्दा म अमेरिका आएर पनि लायन्स क्लब र केही नेपाली सङ्घ संस्थामा सक्रिय छु ।”
प्रवासी नेपालीहरूको सबै भन्दा ठुलो संस्था एनआरएनए अमेरिकाको दक्षिण क्षेत्रको उपाध्यक्षमा थलराज पन्तले उम्मेदवारी दिएका छन् । उनी भन्छन् “एनआरएन अमेरिका भित्र काम र क्षमतामा विश्वास गर्नेहरूको पक्षमा रहेर संस्थालाई गतिशील बनाउनु छ । काम राम्रो भयो भने संस्था प्रति सबैको आकर्षण बढ्छ ।”
अनावश्यक राजनीति, खिचातानी र आरोप प्रत्यारोपले नै संस्था प्रति आम मानिसको बिकर्षण भएको उनको बुझाइ छ । सेवा भावले काम गर्ने हो भने धेरै राम्रो गरेर देखाउन सकिने उनको विश्वास छ । थलराज पन्त भन्छन् “संस्था सशक्त भएमा प्रवासीका मुद्दा र माग कार्यान्वयन गराउन वातावरण बन्छ । अहिलेको प्रमुख र पहिलो आवश्यकता यही हो ।”
प्रतिक्रिया लेख्नुहोस्:-