अमेरिका ।
पदमा बसुन्जेल चुइँक्क नवोल्ने, काम गर्ने वेलामा मुन्टो अर्कोतिर फर्काउने, निर्वाचन आएपछि आफ्नै सहभागिता र सहमतिमा कार्यसमितिले गरेका कामको खोइरो खन्दै संस्थालाई कमजोर र बदनाम गराउने प्रवृत्ति एनआरएनए अमेरिकाको सबै भन्दा ठुलो रोग हो ।
यही प्रवृत्ति र रोग विरुद्ध लड्न आफूले एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी दिएको बताउँछन् सी पी पौडेल । दूरबिन नेपालसँग कुरा गर्दै पौडेलले भने “संस्थामा बसिसके पछि जबाफदेही हुनै पर्छ । जिम्मेवार भएर काम नगर्ने ,कति वेला बद्खाइ गर्न र कमजोर बनाउन सकिन्छ भन्नेहरू संस्थामा बस्नु हुँदैन ।”
पौडेल टेक्ससको अस्टिनमा बस्छन् । उनले नेपाली जन सम्पर्क समिति अमेरिकाको उपाध्यक्ष भएर काम गरिसकेका छन् । नेपालमा हुँदा पौडेल विद्यार्थी राजनीतिमा सक्रिय थिए । नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य भइसकेका पौडेल अमेरिका आएपछि पनि सङ्घ संस्थामा सक्रिय छन् । पौडेलले सार्वजनिक मञ्चहरूमा भने गरेका छन् “म प्रजातान्त्रिक विचारको मानिस हुँ । एनआरएनए अमेरिकामा भने राजनीतिक आस्था भन्दा माथि उठेर काम गर्छु । यो कुनै विचार समूहको भन्दा पनि सबै खालका मानिसको साझा चौतारी हो भन्ने मैले बुझेको छु ।”
प्रतिक्रिया लेख्नुहोस्:-