अमेरिका ।
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।
लेखनाथ पौड्यालको कविता नैतिक दृष्टान्तका यी हरफ अहिले पनि कतिपयका हकमा सान्दर्भिक भएर आइरहेको हुन्छ । प्रकाश बस्नेतलाई नजिकबाट चिन्नेहरू यस्तै मनन गर्छन् । अमेरिकाको एउटा प्रख्यात विश्व विद्यालयमा अध्ययन गर्दै गर्दा परीक्षाको मुखमा प्रकाश बस्नेत आँखा भरी आशु लिएर नेपाल पुगे । २०१५मा आएको महाविनासकारी भूकम्पले उनको गृह जिल्ला सिन्धुपाल्चोक क्षत विक्षत भएपछि उनले आफ्नो अध्ययन र भविष्य भन्दा सेवा महत्त्वपूर्ण ठाने । घर लडेर पुरिएका मानिसको उद्धार गर्न र घाइते र घरबार विहीनको सेवामा केही सहयोग सङ्कलन गरेर अमेरिकाबाटै उद्धार टोली लिएर सिन्धुपाल्चोक गएर सेवामा जुटे । २० औँ हजार डलर उनले राहत, उद्धार र सेवामा खर्चिए ।
अमेरिका फर्किएर अध्ययन पुरा गरे । कुनै सङ्घ संस्थामा महत्त्वपूर्ण पद नखोजी नेपाल र नेपालीका लागि निरन्तर काम गरिरहेका छन् प्रकाश बस्नेतले । बस्नेत आफूले गरेका कामको प्रचार प्रसार कहिले पनि खोज्दैनन् । भन्छन् “नथाकी काम गर्ने हो । अव एनआरएनए अमेरिकामा युवा पुस्तालाई आकर्षित गर्ने गरी काम गर्छु ।”
प्रवासी नेपाली, नेपाल र देश भित्रका नेपालीहरूका लागि काम गर्न सक्ने ठुलो फोरम हो एनआरएनए अमेरिका । त्यही भएर एनआरएनए अमेरिकाको बोड अफ डाइरेक्टरमा उम्मेदवारी दिएको बताउँछन् प्रकाश बस्नेत ।
सिन्धुपाल्चोकमा जन्मी उच्च शिक्षाका लागी अमेरिका आएका प्रकाश बस्नेतले California state university east bay बाट विजनेस् एडमिनिष्ट्रेसन र टेक्नोलोजी म्यानेजमेन्ट र कर्पाेरेट म्यानेजमेन्टमा ग्य्राजुएट गरेका छन् । बस्नेत हाल नर्थ क्यारोलिना स्थित सारलोटमा सिटीमा आइटी व्यवसायमा संग्लन छन् । दूरबिन नेपाल सँग कुरा गर्दै बस्नेतले आफ्नो उम्मेदवारी धेरै नेपाली युवाहरूलाई एनआरएन अभियानमा संग्लन गराउँदै नेपाली समुदाय र सङ्घसंस्था बिच समन्वय कायम गरी व्यवसाय र आइटी क्षेत्रमा आकर्षित गर्ने आफ्नो उद्देश्य रहेको बताए । “हालसम्म मैले गरिआएको सामाजिक कार्य र हासिल गरेको आइटी दक्षतालाई नेपाली समुदायको हित र उन्नतिमा लगाउनु नै मेरो मुख्य कार्यभार हुनेछ” बस्नेतले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-