अमेरिका मे १४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका क्षेत्रीय उप संयोजक नवीन शेरचनले एनआरएनए अमेरिकाको निर्वाचन विवाद हरित बनाउन अपिल गरेका छन् ।
विज्ञप्तीजारी गर्दै शेरचनले भनेका छन्,” यस एनआरएनए विधानमा आइ सीसी र एन सीसीको वीचमा बिशेष पारदर्शीता हुनुपर्ने उल्लेख भएकोले अन्तराष्ट्रिय समन्वय समितिको विधानको धारा ९.५ अनुसार सदस्यहरुको अभिलेख अन्तराष्ट्रिय समन्वय समितिको मातहतमा रहेर सहज वातावरणमा विवाद रहित ढंगले संस्थाको निर्वाचन सम्पन्न गर्न म सबै पक्षलाइ हार्दिक अनुरोध गर्दछु ।”
शेरचनद्वारा जारी विज्ञप्ति
आदरणीय अमेरिकावासी नेपाली
दाजुभाई तथा दिदीबहिनीहरु,
नमस्कार ।
हालै मेरो नाम उल्लेख गरी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचन सम्वन्धी विभिन्न संचार माध्यम र सामाजिक सन्जालमा प्रकाशित विज्ञप्ति सही र सत्य नभएको कुरा यसै विज्ञप्ति मार्फत यहाँहरू सबैलाई जानकारी गराउँदछु ।
यस एनआरएनए विधानमा आइ सीसी र एन सीसीको वीचमा बिशेष पारदर्शीता हुनुपर्ने उल्लेख भएकोले अन्तराष्ट्रिय समन्वय समितिको विधानको धारा ९.५ अनुसार सदस्यहरुको अभिलेख अन्तराष्ट्रिय समन्वय समितिको मातहतमा रहेर सहज वातावरणमा विवाद रहित ढंगले संस्थाको निर्वाचन सम्पन्न गर्न म सबै पक्षलाइ हार्दिक अनुरोध गर्दछु ।
गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन आयोग र वर्तमान कार्यसमितिलाई निर्वाचन सम्बन्धी उठेका सबै सवालहरुको निष्पक्ष छानबिन गरेर, पुर्ण पारदर्शी ढंगले, विवादरहित वातावरणमा मात्र चुनाव सम्पन्न गर्न म क्षेत्रिय उपसंयोजकको हैशियतले सवैलाइ विशेष अनुरोध गर्दछु।
धन्यवाद,
नविन शेरचन
क्षेत्रिय उप संयोजक
गैर आवासिय नेपाली संघ अमेरिका क्षेत्र
मिति : १४ मे २०१९
नोट : यस अधि एनआरएनए अमेरिका क्षेत्रिय संयाेजक नवीन शेरचन सँग सम्वन्धीत समाचार र उनले जारी गरेको भनिएको विज्ञप्तीमा प्राविधिक कारणले भूलहुन गएकोमा क्षमाप्रार्थी छाैं ।
प्रतिक्रिया लेख्नुहोस्:-