स्यानफ्रान्सिस्को
विदेशमा रहेका नेपाली युवावर्गको प्रतिनिधित्व गर्ने ‘द वाइड जोन’ले शारदा पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । हालै सम्पन्न निर्वाचनले पराजुलीको अध्यक्षतामा दुई वर्षे कार्यकालको( २०२४-२०२६ )को लागि २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको ‘द वाइड जोन’का संस्थापक अध्यक्ष राजेश थापाले बताए । नवनिर्वाचित उपाध्यक्षहरुमा स्मृति पौडयाल र निर्मला आचार्य चयन भएका छन भने अविशेक ज्ञवाली महासचिवमा निर्वाचित भएका छन् । यसैगरि, सुधा काफ्ले सचिव , शिवशंकर भण्डारी कोषाध्यक्ष र सरला चौलागाई सहकोषाध्यक्षमा चयन भएका छन् भने हिमाल गौतम मिडिया संयोजक मा निर्वाचित भएका छन् ।
कार्यसमितिको बोर्ड सदस्यहरुमा अनिता खत्री, अविशेक अधिकारी, सविन श्रेष्ठ, मदन खनाल, सुनिल कुँवर, प्रकृति अर्याल, दीपक भट्ट, मनिष पौडेल, प्रकाश कार्की, रक्षा नेपाल, सुवास केसी, रमेश गिरी र सुमन गैरेपिप्ले निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष पराजुलीले ‘द वाइड जो’न युवाहरुको प्रतिनिधिमुलक संस्था भएकाले नेपाली समुदाय र युवावर्गविच शिक्षा, रोजगार र संस्कृति लगायतका विषयमा समन्वय गर्ने बताइन्। ‘हाम्रो मूल उद्देश्य विदेशमा रहेका युवावर्गमा आपसी सम्बन्ध विस्तार गर्ने र युथ इम्पावरमेण्टलाई संस्थागत ढंगवाट अगाडि बढाउने हो र हामी समुदायसंग मिलेर काम गर्नेछौ’-उनले भनिन्।
को हुन शारदा पराजुली ?
लम्जुङ जिल्लामा जन्मिएकी शारदा पराजुली सानै उमेरदेखि शिक्षा र समाजसेवामा सक्रिय थिइन । नेपालमा रहँदा ‘सेभ द चिल्ड्रेन’ लगायतका अन्तराष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत रहेकी पराजुली अध्ययनको क्रममा सन् २०१६ मा अमेरिका आएकी हुन् । उनले ‘ह्युमन रिसोर्स’ विषयमा मास्टर्स गरेकी छन् । हाल अमेरिकामा रहेको गैरनाफमुखी संस्थाको ‘ह्युमन रिसोर्स म्यानेजर’को रुपमा कार्यरत पराजुली क्यालिफोर्नियाको कन्ट्राकोष्टा र अलामेडा काउण्टीको सहकार्यमा विपन्न बर्गका मानिसहरुलाई विभिन्न सहयोगको समन्वय गर्दै आइरहेकी छन् । पराजुली नेपाली समुदायमा भन्दा अमेरिकी समुदायमा धेरै परिचित रहेकी छन् । विगत ७ वर्षदेखि वाइड जोनको विभिन्न पदमा रहेकी पराजुलीको नेतृत्व ‘द वाइड जोन’को लागि ‘माइलस्टोन ‘भएको र संस्थाले सृजनात्मक कामलाई अघि बढाउने संस्थापक अध्यक्ष राजेश थापाले बताए । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन आयुक्त नारायण पोखरेलले प्रमाणपत्र एवं बधाई दिएका थिए पत्रकार एवं डिजे संदीपबाबु चौधरीले संचालन गरेको सो कार्यक्रमको सभापतित्व सूर्य शर्माले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-