Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जाजरकोटबाट खनिज पदार्थ चोरी निकासी तिब्र

जेष्ठ १, २०७५ ८:४४ मा प्रकाशित
Share on FacebookShare on Twitter

जाजरकोट, १ जेठ / जाजरकोट जिल्लाबाट बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी निकासी तीव्ररुपले हुने गरेको छ ।

सरोकारवाला निकायले वास्ता नगर्दा पत्थरको चोरी निकासी बढेको हो । जिल्लाको पश्चिमी क्षेत्रका गाउँपालिकामा पाइने नौ प्रकारका पत्थर स्थानीय तस्करको मिलेमतोमा चोरी निकासी हुने गरेको छ ।

जुनीचाँदे गाउँपालिकाको टालेगाउँ, अछार्नी, पजारु, दहलगायतका आधा दर्जन ठाउँमा पत्थर खानी रहेका छन् । खानी सञ्चालनमा सम्बन्धित निकायले वास्ता नगर्दा वर्षेनी करोडौँ मूल्यको पत्थर चोरी निकासी हुने गरेको छ ।

यसको चोरी निकासीमा संलग्न भएको भन्दै प्रहरीले अहिलेसम्म दर्जनभन्दा बढीलाई पक्राउ गरिसकेको छ । अर्छानी, टालेगाउँ, पजारु, पैंक, दह, कोर्ताङ्ग, गर्खाकोटलगायत गाउँबाट विभिन्न स्थानमा पाइने उक्त बहुमूल्य पत्थरको पटकपटक चोरी निकासी हुने गरेको हो ।

स्थानीय बजारमा उक्त पत्थर किलोको रु एक हजारदेखि ३० हजारसम्म बिक्री हुने गरेको छ । खानी आसपासमा रु १५० देखि रु एक हजार ५०० सम्ममा बिक्री हुने गरेको छ । गाउँलेले पटकपटक दैलेखको बाटो हुँदै खनिज बिक्रीका लागि लगेको देखेर आफूले पनि लैजान लागेको बताउने गरेका छन् । साविकका टालेगाउँ, अर्छानी, दह र कोर्ताङ्ग गाविसबाट मात्र वार्षिक १० टन टुर्मालिन तथा काइनाइट चोरी निकासी हुने गरेको अनुसन्धानबाट खुलेको छ ।

बाह्य बजारमा प्रतिकिलोको रु १५ हजारदेखि रु ८० हजारसम्मको मूल्यमा बिक्री हुने गरेको खुलासा भएको मल्लले बताउनुभयो । कर नतिरेको, चोरीको वस्तु निकासी गरेको र सप्लाई अनुमति नभएकाले पक्राउ परेकालाई खानी तथा खनिज पदार्थ ऐनको दफा २५ अनुसार कारबाहीको प्रक्रिया अघि बढाउँदै आइएको छ ।

ऐनअनुसार लिएको अनुमति रद्द र रु एकलाख जरिवाना हुने व्यवस्था छ । विश्वबजारमा बहुमूल्य सावित काइनाइट, क्वार्ज, टुर्मालिनलगायतका पत्थर जाजरकोटमा पाइने गरेको छ । यस्ता पत्थरको चोरी निकासीबाट तस्कर मालामाल भएका छन् ।

खानीबाट स्थानीयलाई संकलन गर्न लगाएर तस्करले कम मूल्यमा खरिद गर्ने गर्दछन् । पत्थर राजस्व छलेर तस्करले जिल्लाका विभिन्न नाकाबाट निकासी गर्दै आएका छन् । जिल्लामा खानी सञ्चालनका लागि सरकारी पहल नहुँदा चोरी निकासी बढेको हो । खानी तथा भूगर्भ विभागले माथिबाटै पत्थर खोजतलास तथा उत्खननको अनुमति दिने गरेको छ ।

यस्तो अनुमति लिएकाले समेत राजस्व छलेर पत्थरको व्यापार गर्दै आएका छन् । करोडौँ मूल्यको पत्थर निकासी हुँदा पनि सरकारी राजस्व शून्य रहेको छ ।

संरक्षण तथा व्यवस्थापन नहुँदा वर्षेनी करोडौँको पत्थर चोरी निकासी हुने गरेको छ । जिल्लाका साविकका दर्जन गाविसका तीन दर्जन खानीमा पाइने उक्त मूल्यवान खनिज पदार्थबाट सरकारी आम्दानी पनि शून्य रहेको छ । खोजतलास तथा उत्खननकर्ताले दशक अघिदेखि मूल्यवान् पत्थर निकासी पैठारी गर्दै आए पनि राजस्व आम्दानी हुन नसकेको हो ।

कानून विपरीत यी मूल्यवान पत्थरको खोजतलास, उत्खनन र चोरी निकासी हँुदासमेत सम्बन्धित निकाय बेखबर भएको पाइन्छ । यस जिल्लाको खनिजबाट स्थानीय सरकार, जिल्ला समन्वय समिति र अन्य निकायमा पत्थरको राजस्व आम्दानी शून्य भएको बताएका छन् ।

दर्जन खोजतलास तथा उत्खननकर्ताले जिल्लामा कर नतिरेरै विभिन्न खानीबाट मूल्यवान पत्थरको निकासी पैठारी गर्दै आएको सरकारी अधिकारीको भनाइ छ । यता जुनीचाँदे गाउँपालिकाले खानी व्यवस्थित गर्न विशेष कार्यक्रम शुरु गर्ने बताएको छ ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result