दूरबिन नेपाल
काठमाडौँ । गीतमा डुबेर गाउने भएकै कारण रियालिटी सोबाट ख्याति कमाएका गायक निशान भट्टराईले भर्खरै एउटा गीतमा स्वर दिएका छन् । डिलाइटेड नेपालको प्रस्तुती गीतकार डीपी दाहाल परीश्रमीको रचनामा रहेको गीत संसार जितेर गएनी माटोलाई भुल्दिन म्युजिक भिडियो यसै साता काठमाडौँमा सार्वजनिक भएको छ । डिलाइटेड नेपालले युट्युब च्यानल मार्फत गीतको बजारीकरण गरेको छ । नेपाल आइडलबाट चर्चाको शिखरमा पुगेका गायक निशान भट्टराईको स्वरमा रहेको सो गीतमा राष्ट्र प्रतिको प्रेमभाव झल्कन्छ ।
सङ्गीतकार लक्ष्मण शेषले यस गीतमा सङ्गीत दिएका छन् । । सङ्गीतले गीतको भावलाई जीवन्त र शसक्त बनाएको छ । रचनाकार परीश्रमीले गीतमा देशको माटो र मातृभूमिसँग गाँसिएको सबन्धलाई शब्दमा उतारेका छन् । कालापानी, लिपुलेक देखी जातीय छुवाछुत विरुद्धमा गीत निकै शसक्त बनेको छ ।
कोरोना कहरले बन्धनमा राखेका वेला गीतकार परीश्रमी मातृभूमिको प्रेममा डुबेका देखिन्छन् । परीश्रमी भन्छन् “देशकोमाटो कहिल्यै भल्नु हुँदैन भन्ने कुरालाई गीतमा उतार्ने प्रयास गरेको छु ।” यस अघि पनि परीश्रमीका थुप्रै गीतहरूले नेपाली फिल्ममा स्थान पाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-