Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गाउँपालिकाको मासिक आम्दानी रु एककरोडभन्दा बढी

जेष्ठ ३, २०७५ १०:३१ मा प्रकाशित
Share on FacebookShare on Twitter

सल्लेरी, सोलुखुम्बु, ३ जेठ / टिम्स कार्ड (पदयात्री सूचना व्यवस्थापन प्रणाली) निषेध गरेर पर्यटन प्रवेश शुल्क संकलन गर्नथालेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सात महिनाको अवधिमा रु आठ करोडभन्दा बढी राजश्व संकलन गरेको छ ।

गतबर्ष २०१७ को अक्टोबरदेखि २०१८ को अप्रिल महिनाको अन्तिमसम्म रु आठकरोड २३ लाख ४१ हजार पर्यटन प्रवेश शुल्क संकलन गरेको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिनुभयो ।

यो अवधिमा ४१ हजार १७० जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । यसरी हेर्दा गाउँपालिकाको मासिक आम्दानी रु एक करोडभन्दा बढी देखिन्छ । नेपाल पर्यटन बोर्डले टिम्स कार्ड (पदयात्री व्यवस्थापन प्रणाली) वितरण गरिरहेको भएपनि त्यसलाई पूर्णनिषेध गर्दै गाउँपालिकाले पर्यटन प्रवेश शुल्क संकलन गर्न थालेको हो । गाउँपालिकाले स्टेशननै खडा गरेर खुम्बु प्रवेश गर्ने प्रतिपर्यटक रु दुई हजार प्रवेश शुल्क संकलन गर्ने गरेको छ ।

गाउँपालिकाको तथ्याँकअनुसार अक्टोबर महिनामा सात हजार १२ जनाबाट रु एक करोड ४० लाख ३५ हजार, नोभेम्बर महिनामा सात हजार ४१२ जनाबाट रु एक करोड ४० लाख ३५ हजार राजश्व संकलन भएको गाउँपालिकाका प्रवक्ता लाक्पाछिरि शेर्पाले जानकारी दिनुभयो ।

यस्तै, डिसेम्बर महिनामा दुई हजार ४१७ पर्यटकबाट रु ४८ लाख ३४ हजार, जनवरीमा एक हजार पाँच पर्यटकबाट रु २० लाख १० हजार, फेब्रुअरीमा एक हजार ५६२ पर्यटकबाट रु ३१ लाख २४ हजार, मार्च महिनामा छ हजार ७४७ पर्यटकबाट रु एक करोड ३४ लाख ९४ हजार र अप्रिलमा १० हजार २६४ पर्यटकबाट रु दुई करोड ५२ लाख आठ हजार राजश्व जम्मा भएको गाउँपालिकाले जनाएको छ ।

पर्यटन बोर्डले टिम्स कार्ड वितरण गरेर करोडौँ राजश्व संकलन गरेपनि खुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धनमा चासो नदिएको भन्दै गाउँपालिकाले टिम्स कार्डनै निषेध गरेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताउनुभयो । पर्यटन बोर्डले भने गाउँपालिकाले टिम्स कार्ड निषेध गरेर प्रवेश शुल्क लिनु गैरकानूनी रहेको जनाउँदै आएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result