Tuesday, July 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोनाको महामारी र एनआरएनएको अवको बाटो

जेष्ठ ३, २०७८ ४:४७ मा प्रकाशित
कोरोनाको महामारी र एनआरएनएको अवको बाटो
Share on FacebookShare on Twitter

अन्जन चौलागाई 

 

एनआरएनए अमेरिकाको यस्तै चुनावी अभियानमा अघिल्लो पटक सहयात्रा गरेका कतिपय भर्भराउदा अनुहार, निश्चल र सुन्दर मनहरुलाई यो महामारीले हामीबाट अलग गराएको छ । अमेरिका जस्तो महाशक्ति राष्ट्रमा नै दर्जनौ नेपाली दाजुभाइ दिदी बहिनीहरु कोरोनाको महामारीबाट ज्यान गुमाउन बिबस हुनु भयो । यो महामारीले निम्त्याएको दुखद क्षणमा लास ब्यवस्थापन साथै पीडित र संक्रमित परिवारलाई एनआरएनए अमेरिकाले गरेको सहयोग प्रसंसनिय छ । शक्ति राष्ट्रहरुको जरै हल्लाएको कोरोना कहरमा सरोकारवाला सरकारी निकायसँग समन्वय गर्दै स्थानिय संघसंस्थासँग मिलेर एनआरएनए अमेरिकाले नेपाली समुदायको लागि थुप्रै कामहरु गर्यो ।

एनआरएनए भन्ने बित्तिकै मुख अर्कोतिर फर्काउने र नमिठो मान्दै यो संस्थाले के गर्छ र किन जोडिनु पर्छ भन्ने प्रश्न आउने गथ्र्यो । एनआरएनए अमेरिका भित्र बुद्धि सुवेदीजी लगायतका साथीहरुले महामारीको समयमा गर्नु भएको कामले अधिकांशलाई जवाफ दिएको छ । जसको कारण महामारीको समयमा समेत सदस्यता लिने उभार आयो । आलोचना गर्न सजिलो र काम गर्न निक्कै गाह्रो हुन्छ । राम्रो काम गरेर थुप्रै आलोचकहरुको मुख थुनिदिनु भएको छ बुद्धि सुबेदी लगायतका साथीहरुले ।

बिकसित र सुविधासंपन्न राष्ट्रका प्रमुखहरु देखि प्रख्यात कलाकार, खेलाडी र आम सर्वसाधारणलाई यो रोगले एउटै धरातलमा ल्याएको छ । अमेरिका देखि नेपालसम्म संक्रमितको औषधि उपचार र लास ब्यवस्थापनमा समान खालका समस्या छन् । महामारीको यस्तो भयाभह अवस्थामा एनआरएनए अमेरिकाले गरिरहेका कामहरु प्रसंसनिय छन् ।

कोरोना भन्दा डरलाग्दा महामारी विश्व मानव समुदायले झेलिसकेको छ । विगतमा भएका यस्तै महामारीहरुले अमेरिकाका आदिवासीहरु झण्डै सखाप नै भएका दुखद इतिहास पढ्न र सुन्न पाइन्छ । प्रभावशाली मिडियाको आगमन, सूचना प्रणालीमा भएको परिबर्तन र समाजिक सन्जालको दवदवाले पनि कोरोनाको महामारी नियन्त्रण र अपनाउनु पर्ने सतर्कताका लागि दवाव सिर्जन भएको छ ।

कोरोनाको महामारीसँगै विपद ब्यबस्थापनका पक्षमा देखिएका कमि कमजोरीका बिषयमा विश्व समुदायलाई नयाँ रणनीति अख्तियार गर्दै अगाडि बढ्नु पर्ने परिवेश निर्माण भएको छ । महामारीसँग जुद्दा राज्यको शासकीय स्वरुप, सुशासन र कार्यान्वयका पक्षमा के कस्ता कमजोरी छन् भन्ने सुक्ष्म रुपमा विश्लेषण भइरहेको छ । महामारीको समयमा शीघ्र र प्रभावकारी निर्णय क्षमता साथै ब्यबस्थापन चुस्त र परिणाममुखि हुनु पर्छ भन्नेमा सवै एक ठाउमा छन् । न्युनतम क्षतिमा महामारीलाई रोक्न सक्ने सामथ्र्य र संयन्त्रको बिकास कसरी गर्ने भन्नेमा बहस जारी छ ।

विज्ञान र प्रविधिको विकाससँगै सागुरिदै गएको विश्व समुदायमा झांगिएको आप्रवासन र सामाजिक स्वरुपमा देखिएको परिवर्तनले महामारीलाई नियन्त्रण गर्न धेरै कठिन बनाएको कतिपयको बुझाइ छ । यस्तो बेला नागरिकका आधारभुत लोकतान्त्रिक अधिकारलाई कुण्ठित गराउनु पर्छ भन्ने पक्षहरुले टाउको ठड्याउन सक्छन् । अनुदारबादीहरुले महामारी फैल्याएको आरोपमा आप्रवासीहरुलाई आक्रमण गरेका घटनाहरु पनि सार्वजनिक भएका छन् । कतिपय देशमा नेपालीहरु पनि यस्ता घटनाबाट आहत भएका छन् । महामारीले धन जनको नोक्सान त गरेकै छ , अव विश्वभर अनुदारवादी रैथानेहरुको निसानामा आप्रवासीहरु पर्ने खतरा बढेको छ । प्रवासी नेपालीहरुलाई यो बिषयमा एनआरएनएले समयमै सजग गराउनु पर्छ ।

अन्तराष्ट्रिय श्रमबजार र आप्रावासनको मुद्धा यो महामारीसँग जोडिएको छ । एनआरएनए यो कुरामा चनाखो हुनुपर्छ । बढ्दो बेरोजगारी, असुरक्षा र रोगसँगै बदलिदो मनोविज्ञानमा कारण आप्रवासी प्रति अनुदार भएका घटनाहरु विश्वभर देखिएको छन् । यस्ले निम्त्याउने परिणाम भनेको आप्रवासी नीतिमा हुने ठुलो परिबर्तन नै हो । यस बिषयमा एनआरएनएले प्रवासी नेपालीहरु वीचमा वहस थाल्नु पर्छ ।

अन्तराष्ट्रिय श्रम बजारमा रहेको लाखौ श्रमशक्तिको भविष्यको बारेमा नेपाल जस्तो विकासोन्मुख मुलुकले बेलैमा सोच्नु पर्छ । समयमै योजना बनाउन एनआरएनएले नेपाल सरकारलाई झकझक्याउनु पर्छ । त्यही श्रमशक्तिको रेमिट्यान्समा धानिएको नेपालको अर्थतन्त्र पनि धरासायी हुने खतरा छ । । यस्तो समयमा विश्वभर आफ्नो सन्जाल बनाएको एनआरएनएले प्रवासी नेपालीहरुको समस्याको पहिचान गरि संवन्धित देशका सरोकार पक्षसँग मिलेर काम गर्नुपर्छ । यसलाई बहन गर्न चुस्त कार्यसमिति चयन गर्दै नयाँ नेतृतव छान्नुपर्छ । यसैका लागि एनआरएनए अमेरिकाको चुनावी अभियनमा हामी होमिएका छौ ।

(अन्जन चौलागाई एनआरएनए अमेरिकाको २०२१–२३का लागि महासचिवको उम्मेदवार हुनुहुन्छ ।)

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result