Sunday, August 23, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्युयोर्कमा रहेका नेपालीलाई अझै सतर्क रहन एनआरएनएको आग्रह 

जेष्ठ ६, २०७७ १२:०० मा प्रकाशित
न्युयोर्कमा रहेका नेपालीलाई अझै सतर्क रहन एनआरएनएको आग्रह 
Share on FacebookShare on Twitter

न्युयोर्क । गैरआवासीय नेपाली संघ एनआरएए अमेरिका अन्तर्गत न्युयोर्क च्याप्टरले कोरोना संक्रमण विरामीको संख्या कम देखिदै गएको भए पनि सर्तक भने रहन आह्वान गरेको छ ।

न्युयोर्क च्याप्टरका सभापति रामहरि अधिकारीले विज्ञप्ती जारी गर्दै, ‘अहिले कोरोनाको संक्रमण कम भएको र बिरामीको संख्या कम देखिए पनि भ्याक्सिन बनी नसकेको अवस्थामा अझै हामी केही समय सतर्क हुनुपर्ने अवस्था छ ।’ भनेका छन् ।

उनले काममा फर्किने अवस्था बन्दै जॉदा सुरक्षा तथा स्वास्थ्य सामाग्री माग बढ्ने निश्चित छ भएको र त्यसका लागि  केन्द्रीय समितिसँग आवश्यक छलफल गरिरहेको उल्लेख गरेका छन् । साथै सभापति अधिकारीले आपतको बेला आवश्यक सहयोग गर्नेहरुलाई पनि धन्यवाद ज्ञापन गरेका छन् ।

एनआरएनए अमेरिका न्युयोर्क च्याप्टर सभापतिद्वारा जारी विज्ञप्ति 

आदरणीय पत्रकार तथा संचारकर्मी मित्रहरू,

हार्दिक नमस्कार !

२१ औ शताब्दीमा विज्ञानलाई नै चुनौती गर्ने गरी फैलिएको कोरोना भाइरससँग अहिले मानव जगत जुधिरहेको छ। चीनको वुहानबाट शुरु भएको कोभिड १९ ले विश्व जनसमुदाय नै आतंकित भएको अवस्था छ। हाल सम्म विश्वभर ३ लाख भन्दा बढीको मृत्यु भइसकेको छ भने ४७ लाख भन्दा बढी मानिस संक्रमित छन् । यस्तै अमेरिकामा हाल सम्म ९० हजार भन्दा बढीको मृत्यु भएको छ भने १५ लाख १९ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।

विश्व समुदाय संगै कोरोना भाइरसको महामारीमा अमेरिकामा रहेको नेपाली समुदाय पनि अछुतो रहन सकेन। समयमै उचित सावधानी अपनाउँदा अपनाउँदै पनि यो अवधिमा हामीले नेपाली समुदाय  न्यूयोर्कबाट मात्र १२ जना दाजुभाइलाई गुमाउनु पर्यो, जसमध्ये ६ जनाको कोरोना को कारण मृतु भएको पुस्टि भएको छ भने सयौं को संख्यामा संक्रमित हुनुभयो ।

शुरुवातमा न्यूयोर्क राज्य कोरोनाबाट बढी आतंकित त थियो तर त्यति धेरै प्रभावित थिएन । हामीहरूले कोरोना भाइरस सम्बन्धी सूचनाहरू दिन शुरु गर्दा नेपाली समाजमा यस्तो भयावह स्थिति आउला भन्ने लागेको थिएन तर मार्चको दोस्रो हप्ता देखि एकाएक संक्रमित र वहॉका परिवार, आफन्तहरुले फोन सम्पर्क गर्न थाल्नु भएपछि समुदाय मा धेरै बिरामीहरू हुनु भएको जानकारी पाए सँगै हाम्रो समुदायका अत्तालिएका दाजुभाइ दिदी बहिनीहरू लाइ के कसरी तत्काल सहयोग गर्न सकिन्छ भनेर शुरु मै अन्य संघ संस्थाका  साथीहरु संग सल्लाह गर्यौं ।

शुरुवाती दिनहरूमा बाहिर निस्किएर सहयोग गर्ने सहज अवस्था थिएन । सहयोगको लागि आग्रह गर्ने संक्रमित साथिहरु पनि नाम गोप्य राख्न अनुरोध गर्नु हुन्थ्यो । वहॉहरुको गोपनीयताको कदर गर्दै सहयोग उपलब्ध गराउनु पर्ने हुन्थ्यो । एनआरएनए अमेरिका, न्युयोर्क च्याप्टरको कार्यसमिति कै केही साथीहरू बिरामी पर्नुभयो। संक्रमित संख्या बढ्दै जॉदा सीमित स्रोत र साधन लिएरै भए पनि उहाँ हरुको दुखमा सकेको सहयोग गर्नका लागि निस्कनु पर्ने अवस्था रह्यो। पैसा भएर पनि सामान पाउन सक्ने अबस्था थिएन ।

सहयोगको आग्रह बढ्दै जॉदा हामीहरूलाई न्युयोर्कमा क्रियाशिल केही संघ संथाहरुले एउटा ठुलो टिम बनाएर काम गर्ने भनेर आएका सल्लाहहरूलाई दृष्टिगत गरी मिटिंगहरु पनि गरियो एकद्वार प्रणालीबाट काम गरौं भनेर। अलग अलग समूहबाट काम शुरु भई सकेकाले र एउटा टिमभन्दा समुदायमा क्रियाशिल सम्पूर्ण संघ संस्थाहरुले आ-आफ्नो टिम बनाएर काम गर्दा सहयोग पुर्याउन छिट्टो र सहज हुने मनन गरि पूर्णतया एक द्वार प्रणाली लागू गर्न नसकिए पनि हामीले सबै संघ संस्था सँग आवश्यक सहकार्य गरेर नै काम गरिरहेका छौं ।

शुरुवाती दिनहरूमा हामीले पर्याप्त सहयोग सबैमा पुराउन कठिन भयो। पैसा खर्च गरेर पनि समानहरू बजार मा समान पाईने अवस्था थिएन । हामीले आर्थिक सहयोग लिने भन्दा बढी प्राथमिकता अन्य सहयोग प्राप्त गर्नमा दियौं । नेपालीको लागी नेपाली भन्ने मान्यताका साथ स्थापना भएको एनआरएनए अमेरिका अन्तर्गत रहेको न्यूयोर्क च्याप्टर न्यूयोर्क निवासी आम नेपालीको घर दैलो मै पुगेर सहयोग  पुर्याउन दृढताका साथ लाग्यो र धेरै हद सम्म हामी सफल पनि रह्यौं । यो महामारीमा आम नेपाली समुदायको प्रतिनिधिका रूपमा काम गरेका छौं भन्ने लागेको छ ।

यस महामारीको समयमा नेपाली समुदायका अगुवाहरू तथा संघ संस्थाका व्यक्तिहरू आफ्नो ज्यानलाई जोखिममा राखी समुदाय लाइ सुरक्षित राख्न सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छौं ।

न्यूयोर्कमा नेपाली समुदायका लागि सहयोग गर्न धेरै सामाजिक संघ संस्थाहरू सक्रिय भएको र ति सबैको सहयोगले नै हामीले न्यूयोर्कमा ५ सय ५० भन्दा बढी बिरामी तथा अशक्त परिवारलाई अत्यावश्यक स्वास्थ्य सामग्री र खाध्य सामग्रीहरू घरघरमा पुर्याउन हामी सफल भएका छौं । ४० भन्दा बढी व्यक्तिहरूले स्वयम सेवकका रूपमा काम गर्नुभएको छ। सम्पूर्ण स्वयम सेवकहरू प्रति आभारि छौं जसले आफ्नो ज्यानको प्रभाव नगरी समुदायको सेवामा खट्नु भएको छ ।

यो महामारीमा नेपाली समुदायलाई सुरक्षित राख्नका लागि अमेरिका भरबाट अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु सहयोग प्राप्त भएको थियो यो र क्रम निरन्तर रहेको छ। हामीलाई आवश्यक सहयोग गर्ने सम्पूर्ण सहयोगी महानुभावहरूका हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं अनि हाम्रो कार्यको सूचना तथा कोरोनाबाट बँच्न र संक्रमित भएको अवस्थामा ध्यान दिनु पर्ने कुराहरू जन समक्ष पुर्याउनमा सहयोग गर्नु भएकोमा पत्रकार तथा संचारकर्मी मित्रहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं । एनआरएनए एनसिसि, अमेरिका र आईसिसिले यो विपदमा खेलेको सक्रियता र समन्वय कारी भूमिका र न्यूयोर्क च्याप्टर लाइ  प्रदान गरेको आर्थिक, भौतिक र नैतिक सहयोग प्रति आभार ब्यक्त गर्दछौं ।

अहिले कोरोनाको संक्रमण कम भएको र बिरामीको संख्या कम देखिए पनि भ्याक्सिन बनी नसकेको अवस्थामा अझै हामी केही समय सतर्क हुनुपर्ने अवस्था छ । काममा फर्किने अवस्था बन्दै जॉदा सुरक्षा तथा स्वास्थ्य सामाग्री माग बढ्ने निश्चित छ र सो पुराउन सकेमा उत्तम हुने थियो भन्ने हाम्रो ठहर छ । त्यस बारेमा केन्द्रीय समितिसँग समेत हामीले आवश्यक छलफल गरिरहेका छौं । हामीले अमेरिकामा अध्ययनका लागि आएका विद्यार्थीहरूलाई समेत सहयोग गरिरहेका छौं र थप सहयोग गर्नुपर्ने देखिएको छ। हामीले  गरेका कामहरू बारे  मूल्याङ्कन गरी आबस्यक सुझाव र सल्लाह प्रदान गरी थप जोश र जॉगरका साथ अगाडी बढ्न समुदायबाट यसै गरी प्रेरणा पाइरहने कुरामा विश्वस्त छौं । आगामी दिनमा आउन सक्ने यस्ता महामारीका लागि समेत हामी तयारी अवस्थामा रहनुपर्ने देखिन्छ । यसर्थ सम्पूर्ण जनसमुदायमा सर्तकताका लागि अनुरोध समेत गर्दछौं ।

अन्तमा, यो कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउनेहरुमा हार्दिक श्रद्धाञ्जली तथा बिरामी पर्नु भइ घरमा आराम गर्नु भएका र अस्पतालमा उपचाररतहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

आगामी दिनमा समेत यहाँहरुसंग निरन्तर सहकार्य गर्दै समाजको हितमा काम गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।

रामहरी अधिकारी

अध्यक्ष

गैर आवासीय नेपाली संघ अमेरिका

न्युयोर्क न्यूयोर्क

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result