अमेरिका, १९ मे। प्रवासी नेपाली मञ्च अमेरिकाले मे २६, २०२४ मा अमेरिकाको लस एन्जलसमा साधारण सभाको आयोजना गर्न लागेको छ। साधारण सभामा अमेरिकाका विभिन्न राज्यहरूबाट प्रतिनिधिहरू आउन लागेको अन्तर्राष्ट्रिय समिति सदस्य राजेन्द्र शिवाकोटीले बताए।
साधारण सभाको प्रमुख अतिथिको रुपमा पूर्व परराष्ट्र मन्त्री तथा नेकपा एमालेका उप महासचिव प्रदीप ज्ञवाली आउन लागेका छन् भने अतिथिको रुपमा अन्तर्राष्ट्रिय राज्य समितिका अध्यक्ष सञ्जय थापा आउन लागेका छन्।
कार्यक्रम नर्वाल्क र सेंतेनिला रोड छेउमा रहेको साही महलमा बिहान ९ बजे देखि ३ बजेसम्म हुन लागेको हुँदा साउदर्न क्यालिफोर्नियामा रहेका सम्पूर्ण नेपालीलाई उपस्थितिको लागि शिवाकोटीले अनुरोध गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-