Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तेश्रो नेपाल डे परेड २०१८ न्युयोर्कमा सम्पन्न

जेष्ठ ७, २०७५ ४:३० मा प्रकाशित
तेश्रो नेपाल डे परेड २०१८ न्युयोर्कमा सम्पन्न
Share on FacebookShare on Twitter

न्युयोर्क, अमेरिका, मे १८/ गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिका, न्युयाेर्क च्याप्टर र नेपाल-डे परेड इंकको संयोजन र अमेरिकामा सक्रिय ५० भन्दा बढी नेपाली संघ-संस्थाहरुको बृहत सहभागितामा आज अमेरिकी शहर न्युयोर्कमा नेपाल-डे परेड २०१८ सम्पन्न भएको छ। नेपालको राष्ट्रिय स्वाभिमान र नेपालीहरुको राष्ट्रिय पहिचान प्रवासमा समेत सशक्त बनाएर संसारलाई नै नेपाल चिनाउने उद्देश्यले तीन बर्ष अघि नेपाल डे परेडको शुरुवात भएको थियो। 

नेपाली भेष-भूषा र कला-संस्कृति झल्कने झाँकी सहितको भव्य पदयात्रामा नेपाली संघ-संस्थाहरु आ-आफ्नो संस्थागत पहिचान सहित पदयात्रामा सहभागी भएका थिए। न्युयोर्कको म्याडिसन एभिन्युमा भेला भएर नेपालीहरुले एक बृहत नेपाली सामुदायिक सहभागितामा नेपाल-डे मनाएका छन्। संसार कै आर्थिक राजधानीको रुपमा लिइने न्युयोर्कमा भएको नेपालीहरुको साँस्कृतिक पहिचान झल्कने झाँकीले न्युयोर्कका स्थानीय देखि संसारभर कै पर्यटकहरुको समेत ध्यान खिच्न सफल भएको परेड आयोजकहरुले जनाएका छन्। 

परेडमा न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावासका प्रतिनिधी लगाएत एनआरएनए अमेरिकाका पदाधिकारीहरु, आयोजक संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । न्युयोर्क जस्तो शहरमा नेपाल-डे परेडको आयोजना हुनाले नेपालीहरुलाई अमेरिकी मुलधारमा समाहित गराउन  समेत सघाउ पुय्राउने परेड आयोजकहरुले विश्वास लिएका छन्। 

न्युयोर्क बाहिरबाट समेत उल्लेख्य सहभागिता रहेको नेपाल-डे परेडले प्रवासमा नेपालीहरुको एकतालाई मजबुत बनाउन सघाउ पुय्राएको आयोजक एनआरएनए, नेपाल-डे परेड इंक लगाएतका संघसंस्थाहरुले जानाएका छन्। यसैबीच पेरड आयोजनाका विषयमा भएको मतभेद र स्वामित्वको बिवाद यो पटक पनि सतहमा नै देखियो र नेपाल आदिवासी जनजाती महासंघ, अमेरिका लगाएत करीब ३० संघ-संस्थाहरुले परेडको विरोध गरेको भनेर सामाजिक संजालहरुमा सूचना/ बक्तब्यहरु देखिएका थिए। “नेपाल-डे परेडमा समेत राजनीति गर्ने र जुंगाको लडाईं गर्नेहरु यो पटक पनि न्युयोर्क र वरिपरिका अमेरिकी शहरहरुका गल्लीहरुमा बग्रेल्ती देखिएका छन्।यस्ता कार्यक्रमहरुमा सबै नेपालीहरु एक हुन नसक्नु भनेको प्रवासमा नेपालीहरु कै अवस्था कमजोर हुनु हो”, परेडमा सहभागी टेक्ससका एक नेपाली युवाले दूरबिन नेपाललाई बताए। 

तस्वीर: बेद खरेल, प्रदिप परियार र नेपाल-डे परेड इंकको फेसबुकबाट

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result