Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

घर बनाउने राहत नपाउँदा टहराकै बास

जेष्ठ ७, २०७५ १०:३० मा प्रकाशित
Share on FacebookShare on Twitter

रामपुर, पाल्पा, ७ जेठ / भूकम्प गएको तीन वर्ष भयो तर घर बनाउने राहत रकम नपाउँदा रम्भा गाउँपालिका–२ फोक्सिङकोट बस्ने लक्ष्मी गाहा अझै पनि टिनको टहरामा बास बस्दै आउनुभएको छ ।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले उहाँको घरमा पूर्ण क्षति पुगेको छ । भूकम्प गएको दिनदेखि उहाँको चार जनाको परिवार अहिलेसम्म चारैतिर टिनले बारेको टहरामा बसोबास गर्दै आउनुभएको छ । सरकारले भूकम्प पीडितलाई घर निर्माणका लागि दिने भनिएको राहत रकम उहाँले नपाएको गुनासो गर्नुभयो ।

उहाँ भन्नुहुन्छ, “भूकम्प गएको यतिका समय भयो तर घर बनाउन सकिएको छैन, स साना बालबच्चा लिएर टिनको टहरामा रातदिन गुजारा चलाउनु परेको छ ।” भूकम्प गएदेखि नै जस्तापाताको छाना, जस्तापाताकै गारो र जस्तापाता कै ढोकाको घर बनाएर दिनरात कटाउन बाध्य रहेको गाहा बताउनुहुन्छ ।

उहाँले भूकम्प पीडितका नाममा अहिलेसम्म राहतस्वरुप खाद्यान्न सामग्री, त्रिपाल, जाडोको कपडाका लागि रु ३५ हजार रकम बुझेको बताउनुभयो । “सरकारले घर बनाइदिने भनेर आश्वासन मात्र दियो, घर बनाउन दिने भनेको राहत रकमको पखाईमा तीन वर्ष बित्न लाग्यो” उहाँको भनाइ छ ।

घर बनाउनका लागि सरकारले रु तीन लाख दिन्छ भनेर कागजपत्र सम्बन्धित निकायमा पेश गरे पनि अहिलेसम्म राहत पाउने प्रक्रिया के भइरहेको छ, पाइन्छ कि पाइँदैन यसबारेमा कुनै जानकारी नभएको उहाँ बताउनुहुन्छ ।
रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा २०७२ को भूकम्पबाट १४१ घरमा भौतिक क्षति पुगेको विवरण राहतका लागि निवेदन संकलन भएकोमा प्राविधिकको स्थलगत अध्ययनपछि ३९ घरलाई सरकारी राहत पाउने गरी वर्गीकरण गरिए पनि अधिकांश पीडितले राहत रकम अझै पनि नपाउँदा टहरामै बस्न बाध्य रहेको स्थानीयवासी एवत सारु बताउनुहुन्छ ।

सरकारले पहिलो चरणमा रु ५० हजार, दोस्रो चरणमा रु एक लाख ५० हजार तथा अन्तिम चरणमा रु एक लाख गरी प्रत्येक भूकम्प पीडित परिवारलाई रु तीन लाखका दरले घर बनाउन सहयोग गर्ने बताए पनि यी योजना कागजमा सीमित रहेको पीडितले गुनासो गरेका छन् । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result