Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डडेल्धुरामा २० वर्ष पुरानो फोहर बल्ल उठाइयोे

जेष्ठ ८, २०७५ ११:०७ मा प्रकाशित
डडेल्धुरामा २० वर्ष पुरानो फोहर बल्ल उठाइयोे
Share on FacebookShare on Twitter

डडेल्धुरा, ८ जेठ / डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको २० वर्ष पुरानो फोहर सोमबार सफा गरिएको छ ।

बीसवर्ष पहिले नाली निर्माण भएपछि थुप्रिएको सदरमुकामको फोहर सोमबार अमरगढी नगरपालिकाको पहलमा सरसफाइ गरिएको हो । डडेल्धुराको अमरगढी नगरपालिकाले बजार व्यवस्थापन तथा सरसरफाइको अभियानलाई तीव्रता दिएसँगै बसपार्कको नालीमा रहेको पुरानो फोहरलाई सफा गरिएको अमरगढी नगरपालिकाले जनाएको छ ।

वर्षौं अघि अमरगढी नगरपालिकामा निर्माण भएको बसपार्कको नाली फोहर हुँदा यात्रु तथा चालकले सास्ती खेप्दै आइरहेका थिए । नालीमाथि राखिएको स्ल्याब जीर्ण बनी सवारीसाधन निकाल्न अप्ठ्यारो भइरहेको थियो । अहिले अमरगढी नगरपालिकाले जीर्ण भएका स्ल्याब हटाएर फोहर सफा गरेको हो । फोहरका कारण बसपार्कमा यात्रुलाई एकछिन उभिन पनि असजिलो हुने गर्दथ्यो ।

लामो समयदेखि नालीमा रहेको फोहर नउठ्दा तथा स्ल्याब जीर्ण भएपछि नगरपालिकाले अहिले अभियाननै चलाएर समस्या समाधान गरेको हो । उक्त अभियान सञ्चालन भएपछि यात्रु तथा सवारी चालकलाई सहज हुने नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताउनुभयो । अब केही समयमै जिल्ला सदरमुकाममा रहेको अव्यवस्थित बजार तथा फोहरको समस्या समाधान हुने नगरप्रमुख ओझाले जनाउनुभयो ।

त्यस्तै, नगरपालिकाले विगत लामो समयदेखि डडेल्धुरामा रहेको साँघुरो सडकको समस्या सुल्झाउने योजना बनाएकोे जनाएको छ । अव्यवस्थित बजार तथा सडकका कारण हैरानी खेपिरहेका व्यापारी, यात्रु तथा सवारी चालकलाई अबको केही समयमा सहज हुने नगरपालिकाले जनाएको छ ।

स्थानीय तह आइसकेपश्चात् विभिन्न चुनावका कारण कार्य सम्पादन गर्न कठिनाइ भएको थियो, अबको एक डेढ वर्षभित्रै बजारको सडक १५ मिटर चौडा बनाउने योजना बनेको वडा नं ५ का अध्यक्ष खेमराज पाठकले बताउनुभयो । अहिले तत्काल व्यापारीलाई अनुरोध गरेर सडकको दुवैतर्फ दुई मिटर बाटो खुलाइने उहाँले बताउनुभयो ।

वर्षौंअघि निर्माण भएको भीमदत्त राजमार्ग जिल्ला सदरमुकामको बागबजार भएर गएको छ । सदरमुकाममा अहिले अव्यवस्थित बजारीकरणका कारण सडक साँघुरो भई सर्वसाधारणलाई आवतजावतमा समस्या भइरहेको छ । दैनिक यातायातका साधन तथा पैदलयात्रुलाई बजारको सडक भएर जान सकश हुने गरेको बागबजारका व्यापारीको भनाइ छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result