Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राउटेको दुखेसो : भत्ता नपाएको आठ महिना भयो

जेष्ठ ८, २०७५ ११:३५ मा प्रकाशित
राउटेको दुखेसो : भत्ता नपाएको आठ महिना भयो
Share on FacebookShare on Twitter

ब्रह्मदेव, कञ्चनपुर, ८ जेठ / यहाँ बसोबास गर्दै आएका लोपोन्मुख राउटे जातिका तीन परिवारले विगत आठ महिनायता भत्ता पाएका छैनन् ।

सरकारले राउटेलाई मासिक रु दुई हजारका दरले भत्ता दिने निर्णय गरेको थियो । विगत आठ महिनादेखि भत्ता नपाएपछि आर्थिक अभाव झेल्नु परेको राउटे परिवारको गुनासो छ ।

झण्डै पाँच लाख जनसंख्या भएको कञ्चनपुरमा तीन परिवारमात्रै राउटे समुदायको बसोबास छ । भीमदत्तनगरपालिका–९ खल्लामसेट्टीमा दुई तथा सोही वडाको मटेनामा एउटा राउटे परिवार डेढ दशकदेखि बस्दै आएको छ । दार्चुलाको साविक लाली गाविसबाट डडेल्धुराको जोगबुढा हुँदै कञ्चनपुरको उत्तरी क्षेत्रमा अवस्थित खल्लामसेट्टीमा बसाइँ सरेका राउटे परिवार भत्ताकै सहारामा बाँचिरहेका छन् ।

“गाउँका पसलबाट उधारोमा खाद्यान्न मागेर छाक टार्दैआएका छौँ,” खल्लामसेट्टीका ६६ वर्षीय जयलाल राउटेले भन्नुभयो, “भत्ताको रकमले उधारो तिर्ने गर्छौँ ।” लामो समयदेखि भत्ता नपाउँदा परिवारको खर्च टार्न समस्या भइरहेको उहाँको भनाइ छ ।

“पहिले त महेन्द्रनगर बजार पुगेर भत्ता लिन्थ्यौँ,” उहाँले भन्नुभयो, “अहिले वडामै वितरण हुन्छ भन्ने सुनेका छौँ, पाएका भने छैनौँ ।” उहाँका दुई छोरा मजदूरीका लागि भारत र दार्चुलामा हुनुहुन्छ । वन जंगल सामुदायिक वन बनाएपछि काठका सामग्री बनाएर बिक्री गर्न समस्या भएको उहाँले बताउनुभयो ।

“जोगबुढा बस्दासम्म जंगलबाट काठ ल्याएर विभिन्न सामग्री बनाएर गाउँमा बेचेर खर्च चलाउँथ्यौँ,” उहाँले भन्नुभयो, “गाउँमा सुख होला भनेको, यहाँ त पानीको प्यास मेटाउन पनि गाह्रो छ ।” गाउँमा ज्याला मजदूरीको काम गर्दै आउनुभएका उहाँले स्थानीयदेखि प्रतिनिधिसभाको निर्वाचनसम्म नेताहरुले घरबासको व्यवस्था मिलाइदिने आश्वासन दिएको बताउनुभयो ।

“चुनाव जितेपछि हाम्रो झुपडीमा कोही पनि नेता आएका छैनन्,” उहाँले भन्नुभयो, “संस्थाको सहयोगले धारा जडान हुँदा धन्न पानी पाएका छौँ ।” गाउँमा बिजुली, खानेपानी, सडकलगायत धेरै समस्या रहेको सुनाउँदै उहाँले तत्काल राउटे भत्ता उपलब्ध गराइदिन मागसमेत गर्नुभयो ।

“जंगलका जुँ, मँइ, हलो, बनाएर बेच्नुको आनन्द नै बेग्लै थियो ।” जयलालले विगत सम्झँदै भन्नुभयो, “कहिलेकाहीँ दुम्सीको मासुसमेत खान पाइन्थ्यो ।”

त्यसैगरी घर नजिकैको खोलामा तटबन्ध निर्माणमा जुटेकी जयलालकी पत्नी कुणीदेवीले भत्ता नपाउँदा पसलेले उधारोमा सामान दिन छाडेको बताउनुभयो । “कमाइ खान जग्गा छैन, उही उधारोमा बाँचेका छौँ,” उहाँले भन्नुभयो, “गाउँघरमा मजदूरी गर्दा पाइने रकमले सहयोग पुग्छ ।”

गरिबी निवारण कोषले गाउँमा सञ्चालन गरेको बाख्रापालन तालीममा जयलालकी बुहारी कमला सहभागी हुनुभएको छ । तालीम लिएपश्चात् समूह बनाएर ऋण उपलब्ध गराए बाख्रापालन गर्ने योजनामा रहेकी कमलाले आम्दानी बढ्ने बताउनुभयो । टहरा छाएको त्रिपाल च्यातिएकाले यसपालिको वर्षात् कसरी गुजार्ने भन्ने चिन्तामा जयलाल रहनुभएको छ ।

“भत्ता पाएपछि नयाँ त्रिपालले छाउने भनेको सपना जस्तै भो,” उहाँले भन्नुभयो, “वर्षात्मा त पानीले बस्नै सकिएला जस्तो छैन ।”

यस्तै, बड्सिंह राउटे भत्ता नपाएकै कारण परिवारको बिचल्ली हुने अवस्था आएको बताउनुहुन्छ । विसं २०५८ मा बसाइँ सरी यहाँ आएका बड्सिंहले परिवारका पाँचजनाले भत्ता नपाएको गुनासो गर्नुभयो । आगामी असारसम्म भत्ता पाउने हल्ला चलिरहेको बताउँदै उहाँले भत्ताको रकमले खाद्यान्न खरिद गर्ने योजना रहेको सुनाउनुभयो । “यहाँ आएपछि जंगल छुट्यो,” उहाँले भन्नुभयो ।

बड्सिंह भन्नुहुन्छ, “कहिलेकाहीँ गाउँघरमा ज्यालादारीमा काम गर्न जान्छु ।” घरमा आउने नेताहरुले आश्वासन धेरै दिने गरेको भए पनि घर बनाउन कुनै पहल नगरिदिएकामा उहाँ निराश हुनुहुन्छ ।

डेढ दशकअघि आफूहरुसित जोगबुढाबाट आएका १० परिवार राउटे यहाँबाट पलायन भएका छन् । “यहाँ त बाँच्नै मुस्किल छ, बसेर के गर्नु,” बड्सिंहले भन्नुभयो, “गाउँ समाजमा विभेद हुँदा पलायनको सम्भावना रहन्छ ।” जंगलमा हुँदा बनाएका भाँडाकुँडा साटेर गाउँबाट खाद्यान्न ल्याउने गरेको विगत सम्झिँदै उहाँले भन्नुभयो, “सरकारको भत्ताको त कुनै ठेगान नै नहुँदो रैछ ।”

भीमदत्तनगरपालिका–९ का वडाध्यक्ष राम नाथले राउटेको घरबासका लागि पहल गर्ने बताउनुभयो । “राउटे समुदाय सामान्य झुपडी बनाएर आश्रय लिँदैछ ।” उहाँले भन्नुभयो, “दैनिकी टार्न समस्या छ ।” वडा कार्यालयले जेठ दोस्रो साताभित्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने उहाँको भनाइ छ ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result