Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘बालबालिकाको अवस्था कहालिलाग्दो’

जेष्ठ ९, २०७५ १:४८ मा प्रकाशित
‘बालबालिकाको अवस्था कहालिलाग्दो’
Share on FacebookShare on Twitter

जनकपुरधाम, ९ जेठ / प्रदेश नं २ मा बालबालिकाको अवस्था कहालिलाग्दो रहेको प्रति ध्यानाकर्षण गराइएको छ ।

तथ्यांकनुसार प्रदेशमा प्रजनन दर, नवजात शिशु, शिशु र बाल मृत्युदर कहालिलाग्दो छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजाबमोजिम प्रदेशमा प्रतिमहिलामा जीवित जन्म हुने शिशु ३.० प्रतिशत छ । त्यस्तै पाँच वर्षमुनिका बालबालिका उमेरअनुरूप उचाइ नपुगेका ३७ र छ महिनादेखि ५९ महिनाको बालबालिककामा कुनै न कुनै किसिमको रक्तअल्पता भएको ५९ प्रतिशत देखिएको छ । प्रदेशमा बालबालिकामा अशिक्षा, बालश्रम, बालविवाह, ओसारपसार, परिवारविहीन, अनाथ, यौन दुव्र्यवहार तथा व्यावसायिक यौनशोषण, शारीरिक दण्डसजाय, हेपाइ, घरेलु हिंसा, मनोसामाजिक लागुपदार्थ दुव्र्यसन, उपेक्षा, कुलत, गर्भपतन, कुपोषण, अपहरण, खाद्य बानी र बेवास्ता मुख्य विषय रहेको पाइएको छ ।

एक तथ्यांकानुसार प्रदेशका २० लाखभन्दा अधिक बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् । प्रदेश नं २ सामाजिक मन्त्रालयद्वारा आज यहाँ आयोजित बालबालिकाको अधिकारसम्बन्धी अन्तरक्रियामासो जानकारी दिइएको हो ।

सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले बालबालिकाप्रति अपेक्षाकृत संवेदनशीलतामा कमीका कारण ति नको अवस्था कहालिलाग्दो छ भन्दै बालबालिकाको अधिकारको वकालत गर्नेहरू नै बालबालिकाको अधिकारप्रति सजग नरहेको विचार राख्नुभयो । उहाँले कानून नियन्त्रणमा लिन खोज्नेहरु नै बालश्रमिक राख्न उद्यत देखिएको अवस्थामा यसप्रति सबैमा सकारात्मक सोच र परिवर्तनको आवश्यकता छ भन्नुभयो ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, नैतिक तथा बौद्धिक विकासमा नकारात्मक असर पर्ने खालका कुनै पनि कार्यबाट जोगाउन सबैको अग्रसरता आवश्यक भएको बताउनुभयो । मन्त्रालयका सचिव डा किरण रुपाखेतीले बाल संरक्षणका विषयको पहिचान र रोकथाम, जोखिम न्यूनीकरण, उचित सम्बोधन र सम्मानप्रति गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले सचेतना पुग्नुपर्ने ठाउँमा अझै नपुगेको, कानूनी व्यवस्थाको कार्यान्वयनको अभाव र संरचना साधन स्रोतसम्पन्न नहुनाले पनि समस्या बढ्दै गएको बताउनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result