बिराज भण्डारी
न्युयोर्क । सदस्य संख्याका हिसावले दोस्रो ठुलो राज्य न्युयोर्कमा आइतवार आयोजित चुनावी सभामा एनआरएनए अमेरिकाको अध्यक्षका प्रत्यासी बुद्धि सुवेदीलाई समर्थन गर्न र शुभकामना दिन २१ वटा संघ संस्थाका प्रतिनिधिहरु सहभागि भएका थिए । कार्यक्रममा बोल्ने समय पाएका एक दर्जन भन्दा बढि संघ संस्थाका प्रतिनिधिले बुद्धि सुवेदी र समुहलाई समर्थन गरेका छन् ।
विशेष अतिथिको रुपमा कार्यक्रममा सहभागि भएका नेवि संघका पूर्व महामन्त्री परमाणु बैज्ञानिक डाक्टर यादव पण्डितले निर्वाचनको समयमा संस्था भित्र लुकी छिपी हुने राजनीति माथि कटाक्ष गरे । भने “यहाँ नेपाली कांग्रेस पनि छ । यहाँ नेकपा एमालेका साथी पनि हुनुहुन्छ । राप्रपाका साथीहरु पनि हुनुहुन्छ । पार्टीका नेताहरुको सानो कोटरीको भेला गर्ने र उनिहरुले केही उम्मेदवारहरुलाई राखेर तिमि यो पदमा बस, तिमि यो पदमा वस भनेर भित्र–भित्र एउटा टिम बनाउने र वाहिर चाही सबै मानिसको बीचमा कृत्रिम चुनाव गराउने राजनीतिबाट एनआरएनएलाई मुक्त गर्नु पर्छ । एनआरएनए अध्यक्षका उम्मेदवार र अरु उम्मेदवारहरुको नेतृत्वमा बनेको टिमले चुनाव लड्ने बाताबरण बनाउनु पर्छ ।”
पण्डितले अगाडि थपे “कुनै राजनीतिक दलका नेताहरु एकै ठाँउमा बसेर यो चुनाव लड भनेर होइन । बुद्धि सुवेदी र साथीहरुले आफ्नै बलले आफ्नै बलबुताले घोषणा गर्नु भयो । साथीहरु मिलेर टिम बनाउनु भयो । यस्तो टिमलाई मान्छेहरु बसेर विथोल्नु हुँदैन । सहमतिको नाममा यस्तो उत्साहलाई मार्न दिनु हुन्न भनेर उहाँहरुको टिमलाई समर्थन गरेको छु । हिडन र घृणाको राजनीतिबाट एनआरएनएलाई मुक्त गराउनु पर्छ । त्यो दिशामा यो एउटा महत्वपुर्ण प्रयास हो ।”
निर्वाचन पछि विगतका राजनीतिक खेलको अन्तहुने उद्घोष गरे । “आगामी दिनमा आगामी निर्वाचनहरुमा केही मुख्य मान्छेहरु बसेर एकजना मान्छेलाई टीको लगाउने प्रथाको अन्त हुन्छ ।”
डाक्टर पण्डितले बुद्धि सुवेदीसँग सहकार्य गरिरहेको समुह योग्य र सक्षम रहेको दावी गरे । “यो समुहमा सबै बिचार भएका, हिमाल देखि तराई सम्म, कुनै राजनीति भुमिकामा भाग नलिएका देखि, राजनीतिक रुपमा सक्रिय भएका सबै साथीहरुको कम्बिनेशन यो टिममा पाउनु हुन्छ । योग्य मानिसहरुको टिम छ । त्यसैले घृणाको राजनीतिलाई, हिडन राजनीतिलाई मुक्त गर्न यो टिम उपयुक्त छ ।”
भनिने र गरिने राजनीतिको बिषयमा पनि पण्डितले आफ्ना धारणा राखे । भने “लुकेको राजनीतिबाट हामीलाई समस्या छ । स्वतस्फुर्त वाहिर देखिएको राजनीतिले मानिसलाई जिम्मेवार बनाउछ । यहाँ लुकिछिपि गरिने राजनीति छ । घृणाको राजनीति छ । एउटा भएको कारणले अर्कोलाई घृणा गर्ने राजनीति । त्यो राजनीतिबाट एनाआरएनलाई मुक्त गराउनु पर्छ । त्यो प्रयास अहिले भएको छ ।”
नयाँ आउने साथीहरुले टेकओभर गर्दै जानु पर्छ : खगेन्द्र जी सी
कार्यक्रमका प्रमुख अतिथि एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जी सीले बुद्धि सुवेदी समुहले आयोजना गरेको कार्यक्रमको खुलेर सह्राना गर्दै भने “अहिलेसम्मको कार्यक्रममा लोकल्ली सवै संघ संस्थाको पार्टिसिपेशन भएको यो पहिलो कार्यक्रम हो । तपाइहरूको मुभमेन्ट क्रियट भइरहेको छ । सबैलाई समेट्ने एजेन्डा भएको ब्यक्ति हामीलाई एनआरएनएमा चाहिन्छ । जहिले पनि हामीले गर्न सकिदैन । नयाँ आउने साथीहरुले टेकओभर गर्दै जानु पर्छ । हामीले बिस्तारै ठाँउ छोडिदिदै जानु पर्छ ।”
दोहोरो नागरिकता, दोहोरो कर, संस्थाको भवन निर्माण लगायतका विषयमा अध्यक्षका प्रत्यासी बुद्धि सुवेदीले अगाडि सारेका योजनामा पनि जी सीको समर्थ थियो । भने “वुद्धि सागर सुवेदी जीले राख्नु भएका एजेन्डामा म समर्थन गर्दछु । उहाँको एजेन्डा नै मेरो एजेन्डा हो । त्यो हाम्रो लागि महत्वपुर्ण एजेन्डा छ । उहाँलाई अत्याधिक बहुमतले जित्नुहुन शुभकामना दिन चाहन्छु ।”
नेपाली जनसंपर्क समितिका महासचिव मुनिन्द्र नेम्वाङले एनआरएनए अमेरिका लगायतका एनसीसीबाट प्रतिनिधि चयन गर्ने कुरामा आईसीसीले लादेको सिन्डिकेट स्विकार गर्न नसकिने बताए । महासचिव नेम्वाङ र संगठन विभाग प्रमुख वेद खरेलले अध्यक्षका प्रत्यासी बुद्धि सुवेदी र सहकार्य गरिरहेको समुहको नामै तोकेर उम्मेदवारीको समर्थन गरेका थिए ।
एनआरएनए अमेरिकाका क्षेत्रका पूर्व उपसंयोजक नविन शेरचन, एनआरएनए अमेरिकाका पूर्व बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, पुर्व उपाध्यक्ष बन्दना कोइराला, मृदुला कोइराला, जनजाति महासंघका अध्यक्ष लोक चेम्जोङ , पुर्व अध्यक्ष लुइसाङ वाइवा, किरात याक्थुङ अमेरिका समुन थामसुङ, तामाङ सोसाइटी अमेरिका छेवाङ लामा , गरुङ परिवारकी मनिता गुरुङ, किरात युनाइटेड सोसाइटीका केशव राम राई , नेपाल अमेरिका पत्रकार संघ नेजाका महासचिव किरण मरहट्टा लगायतले समर्थन र शुभकामना दिएका थिए । नेपाली जनसंपर्क समिति न्युयोर्क च्याप्टर सभापति रोशन ढुंगानाले स्वागत भाषण गर्दै बुद्धि सुवेदीको समुहलाई इन्डोर्स गरेका थिए ।
त्यस्तै न्युयोर्क च्याप्टरका प्रतिस्पर्धा गरिरहेका अध्यक्षका उम्मेदवारहरु शिव बानिया, आङछिरिङ शेर्पा र विष्णु रानामगरले बुद्धि सुवेदीसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए । न्युयोर्क च्याप्टरका अध्यक्षका प्रत्यासी आङछिरिङ शेर्पा र सहकार्य गरिरहेको समुहले बुद्धि सुवेदीको समुहलाई समर्थन गरेका थिए ।
कार्यक्रममा सहभागि भएका आइसीसी सदस्यहरु सुरेन्द्र मल्ल, विनोद कुमार तिवारी,गोविन्द सुवेदी , खिम विक्रम भट्टराई सन्जिव श्रेष्ठले आफ्नो परिचय र उम्मेदवारीको कारण खुलाएका थिए । एनआरएनए अमेरिकाका अध्यक्षका प्रत्यासी वुद्धि सागर सुवेदीसँग सहकार्य गरिरहेका बरिष्ठ उपाध्यक्ष वी आर लामा, महासचिव अन्जान चौलागाई, उपाध्यक्षहरु सुमन थापा, दिलु पराजुली, गोपेन्द्र भट्टराई महिला उपाध्यक्ष क्रान्त्री अर्याल, महिला सचिव तारा मरहट्टा, सचिव अनुप खनाल, कोषाध्यक्ष राजिव श्रेष्ठ आफ्नो परिचय र उम्मेदवारीको कारण बताएका थिए ।
कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका सदस्यहरु विश्व वास्तोला, डाक्टर प्रकाश श्रेष्ठ, प्रदिप पौडेल, डोल नाथ धिमिरे, कुलानन्द शर्मा, राज ढुंगाना, रामकुमार महतो, चन्द्र मन्डल, विशाल राना, सन्तोष पहाडी, बिराज भण्डारी, सरोज सिग्देल, मिन खड्का, उत्तम शर्मा, प्रभाव सापकोटा, प्रेमकाजी श्रेष्ठ लगायतले कार्यक्रममा आफ्ना कुराहरु राखेका थिए
एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष तथा उपाध्यक्षका प्रत्यासी रामहरि अधिकारीले कार्यक्रम सन्चालन गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-