बिराज भण्डारी
न्युयोर्क । सदस्य संख्याका हिसावले दोस्रो ठुलो राज्य न्युयोर्कमा आइतवार आयोजित चुनावी सभामा एनआरएनए अमेरिकाको अध्यक्षका प्रत्यासी बुद्धि सुवेदीलाई समर्थन गर्न र शुभकामना दिन २१ वटा संघ संस्थाका प्रतिनिधिहरु सहभागि भएका थिए । कार्यक्रममा बोल्ने समय पाएका एक दर्जन भन्दा बढि संघ संस्थाका प्रतिनिधिले बुद्धि सुवेदी र समुहलाई समर्थन गरेका छन् ।

पण्डितले अगाडि थपे “कुनै राजनीतिक दलका नेताहरु एकै ठाँउमा बसेर यो चुनाव लड भनेर होइन । बुद्धि सुवेदी र साथीहरुले आफ्नै बलले आफ्नै बलबुताले घोषणा गर्नु भयो । साथीहरु मिलेर टिम बनाउनु भयो । यस्तो टिमलाई मान्छेहरु बसेर विथोल्नु हुँदैन । सहमतिको नाममा यस्तो उत्साहलाई मार्न दिनु हुन्न भनेर उहाँहरुको टिमलाई समर्थन गरेको छु । हिडन र घृणाको राजनीतिबाट एनआरएनएलाई मुक्त गराउनु पर्छ । त्यो दिशामा यो एउटा महत्वपुर्ण प्रयास हो ।”
निर्वाचन पछि विगतका राजनीतिक खेलको अन्तहुने उद्घोष गरे । “आगामी दिनमा आगामी निर्वाचनहरुमा केही मुख्य मान्छेहरु बसेर एकजना मान्छेलाई टीको लगाउने प्रथाको अन्त हुन्छ ।”

भनिने र गरिने राजनीतिको बिषयमा पनि पण्डितले आफ्ना धारणा राखे । भने “लुकेको राजनीतिबाट हामीलाई समस्या छ । स्वतस्फुर्त वाहिर देखिएको राजनीतिले मानिसलाई जिम्मेवार बनाउछ । यहाँ लुकिछिपि गरिने राजनीति छ । घृणाको राजनीति छ । एउटा भएको कारणले अर्कोलाई घृणा गर्ने राजनीति । त्यो राजनीतिबाट एनाआरएनलाई मुक्त गराउनु पर्छ । त्यो प्रयास अहिले भएको छ ।”
नयाँ आउने साथीहरुले टेकओभर गर्दै जानु पर्छ : खगेन्द्र जी सी

दोहोरो नागरिकता, दोहोरो कर, संस्थाको भवन निर्माण लगायतका विषयमा अध्यक्षका प्रत्यासी बुद्धि सुवेदीले अगाडि सारेका योजनामा पनि जी सीको समर्थ थियो । भने “वुद्धि सागर सुवेदी जीले राख्नु भएका एजेन्डामा म समर्थन गर्दछु । उहाँको एजेन्डा नै मेरो एजेन्डा हो । त्यो हाम्रो लागि महत्वपुर्ण एजेन्डा छ । उहाँलाई अत्याधिक बहुमतले जित्नुहुन शुभकामना दिन चाहन्छु ।”
नेपाली जनसंपर्क समितिका महासचिव मुनिन्द्र नेम्वाङले एनआरएनए अमेरिका लगायतका एनसीसीबाट प्रतिनिधि चयन गर्ने कुरामा आईसीसीले लादेको सिन्डिकेट स्विकार गर्न नसकिने बताए । महासचिव नेम्वाङ र संगठन विभाग प्रमुख वेद खरेलले अध्यक्षका प्रत्यासी बुद्धि सुवेदी र सहकार्य गरिरहेको समुहको नामै तोकेर उम्मेदवारीको समर्थन गरेका थिए ।

त्यस्तै न्युयोर्क च्याप्टरका प्रतिस्पर्धा गरिरहेका अध्यक्षका उम्मेदवारहरु शिव बानिया, आङछिरिङ शेर्पा र विष्णु रानामगरले बुद्धि सुवेदीसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए । न्युयोर्क च्याप्टरका अध्यक्षका प्रत्यासी आङछिरिङ शेर्पा र सहकार्य गरिरहेको समुहले बुद्धि सुवेदीको समुहलाई समर्थन गरेका थिए ।

कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका सदस्यहरु विश्व वास्तोला, डाक्टर प्रकाश श्रेष्ठ, प्रदिप पौडेल, डोल नाथ धिमिरे, कुलानन्द शर्मा, राज ढुंगाना, रामकुमार महतो, चन्द्र मन्डल, विशाल राना, सन्तोष पहाडी, बिराज भण्डारी, सरोज सिग्देल, मिन खड्का, उत्तम शर्मा, प्रभाव सापकोटा, प्रेमकाजी श्रेष्ठ लगायतले कार्यक्रममा आफ्ना कुराहरु राखेका थिए
एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष तथा उपाध्यक्षका प्रत्यासी रामहरि अधिकारीले कार्यक्रम सन्चालन गरेका थिए ।










प्रतिक्रिया लेख्नुहोस्:-