बोस्टन, अमेरिका
नेपाल अमेरिका पत्रकार संघ ९नेजा०को १७औं साधारण सभाको तयारी पूरा भएको नेजाले जनाएको छ । उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्थाको साधारण सभामा अमेरिका र क्यानाडामा रहेका नेपाली पत्रकारहरू सहभागी हुने साधारण सभा आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले जानकारी दिएका छन् । बस्नेतले साधारण सभामा स्थानीय समुदायको उल्लेख्य सहयोग रहेको र साधारण सभा यही मे २५ र २६, २०२४ मा अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टन रहेको छढद्ध ध्बकजष्लनतयल क्तचभभत, द्यचबष्लतचभभ, ःब्( ण्द्दज्ञडद्ध स्थित नेपाली समुदायको संस्था ‘पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङल्यान्ड को सामुदायिक भवनमा हुने जानकारी दिए ।
साधारण सभाको उद्घाटन सत्रमा नेजाका सदस्यका साथै गैरआवासीय नेपाली अभियन्ता, अमेरिकाका विभिन्न सहरबाट निर्वाचित सिटी काउन्सिलका सदस्य र प्रबुद्ध व्यक्तिहरूको पनि सहभागिता रहनेछ । साधारण सभामा सहभागी हुनेहरूका लागि नेजाले आवासको प्रबन्ध गरेको कोषाध्यक्ष जानु पङ्गेनीले बताइन् । साधारण सभाको अवसरमा नेजाको वार्षिक रुपमा प्रकाशन गर्दै आएको ‘प्रयास’ स्मारिका यस पटक पनि प्रकाशन हुने र साधारण सभामार्फत आउँदो वर्षका लागि नेजाका कार्यक्रम तय गर्नुका साथै संकलित सुझावका आधारमा विधानमा समेत केही संशोधन एव परिमार्जन गरिने महासचिव दाहालले उल्लेख गरेका छन् ।
१७ वर्षअघि स्थापित नेजाले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा नेपालमा ग्रामीण पत्रकारिता पुरस्कार प्रदान गर्नुका साथै नेपाल र अमेरिकामा रहेका पत्रकारहरूबीच अन्तरक्रिया, अनुभव आदान(प्रदान, समस्यामा परेका पत्रकारहरूलाई आर्थिक सहयोग र गैरआवासीय नेपालीहरूका समस्यामाथि बहसलगायतका विषयमा कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष सुरज भण्डारीले बताए । उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरू नेजामार्फत सन् २००७ देखि संगठित हुन थालेका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-