Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पहिरोले जलविद्युत् बगाएपछि एकवर्षदेखि अन्धकारमा

जेष्ठ १०, २०७५ ११:१२ मा प्रकाशित
Share on FacebookShare on Twitter

बेनी, म्याग्दी, १० जेठ / म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ गाउँ एकवर्षदेखि अन्धकारमय बनेको छ ।

२०७४ साउन १२ गते गाउँनजिक रहेको जुगेपानी पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजल विद्युत् परियोजनाको विद्युत्गृह पुरिनुका साथै नहर बगाएपछि गाउँ अन्धकार बनेको हो ।

विद्युत्को अभावमा विद्यालयका विद्यार्थी, स्वास्थ्य चौकीमा नियमित उपचारसहित गाउँको जनजीवन प्रभावित भएको वडाध्यक्ष गमप्रसाद विकले बताउनुभयो । “विद्युत् आपूर्ति रोकिएको एक वर्ष बित्न लाग्यो, सोलार र टुकी बाल्नुपर्ने बाध्यता छ” विकले भन्नुभयो ।

उहाँले अधिकांश दलितको बसोबास रहेको लुलाङमा गरिबीका कारण सोलार र मैनबत्तीसमेत किन्न नसक्दा बालबालिकाले साँझपख पढ्नबाट वञ्चित हुँदा शैक्षिक गतिविधि प्रभावित भएको दुुखेसो गर्नुभयो । परियोजनाको अधिकांश संरचना पहिरोले क्षति पु¥याएपछि गाउँपालिकाले विनियोजन गरेको रु २३ लाख बजेटले परियोजना पुनःनिर्माण सम्भव नभएपछि अलपत्र परेको उहाँले जानकारी दिनुभयो । तीनसय २५ घरधुरीले प्रयोग गर्ने परियोजनालाई नयाँ ठाउँमा सञ्चालन गर्न सर्वेसहितको प्राविधिक काम सकिएको गाउँलेले बताएका छन् ।

परियोजना बन्द भएपछि केही गाउँलेले ऋण लिएरसमेत सोलार जडान गरेका छन् । “गाउँले मर्कामा परेका छन्, विकट बस्तीमा सरकारी बजेटले प्राथमिकता पाउन सकेन” स्थानीय बृद्ध टेकलाल रसाइलीले भन्नुभयो ।

उहाँले बत्तीका साथै गाउँमा खानेपानीको समेत चरम संकट रहेको बताउँदै गाउँ नजिक रहेका मुहानलाई मर्मतसहित नयाँ पाइप विस्तार गर्न नसक्दा गाउँमा खानेपानीको पनि हाहाकार भएको बताउनुभयो । “आधारभूत आवश्यकताबाटै वञ्चित हुनुपरेको छ, खानेपानी र बाल्ने बिजुलीलाई पहल गर्दा पनि सफल हुन सकेनाँै” उहाँले भन्नुभयो ।

लुलाङमा रहेका सार्वजनिक धारामा बिहानैदेखि लाइन बस्नुपर्ने बाध्यता रहेको छ । सञ्चार सुविधाबाट समेत सहज नभएकाले गाउँलेले नजिकैको डाँडामा पुगेर मोबाइलबाट कुराकानी गर्ने गरेका छन् ।

मोबाइलसहित अन्य उपकरण चार्ज गर्न स्थानीयले छिमेकी मुनामा पुग्नुपर्ने बाध्यता रहेको छ । स्थानीयले सञ्चार, विद्युत्, खानेपानी समस्या तत्काल समाधान गर्न माग गरेका छन् । “देशकै दुर्गम बस्तीका जनता जस्तो लाग्छ, अति आवश्यक सेवाबाटै वञ्चित छाँै” स्थानीय राम रसाइलीले भन्नुभयोे । उहाँले खानेपानीका लागि बालबालिकाले जोखिम मोल्नुपर्ने बाध्यता रहेको बताउँदै जनश्रमदानबाट मात्रै सम्भव नभएको बताउनुभयो ।

पहिरोले खानेपानीको मुहानमा समेत क्षति पुगेपछि लुलाङ र लम्सुङबाका बासिन्दाले दैनिक पानीको खोजीमा हिँड्नुपर्ने बाध्यता रहेको छ । यता गाउँपालिका अध्यक्ष थमसरा पुनमगरले जनताको समस्यालाई नजिकबाट हेरेको बताउँदै समस्याको समाधानका लागि पहल भइरहेको बताउनुभयो । “लुलाङको समस्यालाई प्रदेश र केन्द्रीय सरकारसमक्ष पु¥याएका छौँ, विकट बस्तीमा प्राकृतिक प्रकोपले समेत सताइरहेको छ” उहाँले भन्नुभयो ।

लघुजलविद्युत्, खानेपानी, शिक्षा र सञ्चारको समस्या समाधानका लागि स्थानीय सरकारको बजेटबाट मात्रै अपुग भएकाले थप बजेटका लागि माग गरिएको बताउनुभयो । जिल्लाकै अति विकट मानिने गुर्जा तथा छिमेकी जिल्ला बागलुङ जाने स्थानीयलाई लक्षित गरी गाउँमा होमस्टे सञ्चालन गरेपनि खानेपानी र विद्युत्को अभावले समस्या भइरहेको छ । विद्युत्बाट चल्ने विभिन्न किसिमका उपकरणमा आधारित साना उद्योगसमेत बन्द भएका छन् । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result