अमेरिका । एनआरएनए अमेरिकामा सवै भन्दा बढि मतदाता रहेको टेक्सास राज्यमा अध्यक्षका चारै जना प्रत्यासीले आफ्ना गतिविधिहरुलाई केन्द्रित गरेका छन् । वितेका दुई दिनमा अध्यक्षका तीन प्रतिस्पर्धीका चुनावी कार्यक्रम टेक्सासमा भए ।
अध्यक्षका प्रत्यासी डाक्टर अर्जुन बन्जाडे र तीलक केसीले शनिवार छुट्टा–छुट्टै कार्यक्रमहरु गरेका थिए । अध्यक्षका प्रत्यासी तिलक केसीको चुनावी कार्यक्रममा मानिसहरुको समान्य उपस्थिति देखिए पनि डाक्टर अर्जुन बन्जाडेको कार्यक्रममा भने मानिसहरुको बाक्लो उपस्थिति थियो । डाक्टर बन्जाडे टेक्सासका बासिन्दा पनि हुन् । कार्यक्रममा अध्यक्षका दुबै उम्मेदवार र उनीहरुसँग सहकार्य गरिरहेका अरु पदका उम्मेदवारहरुले आफ्ना चुनावी एजेन्डाहरु प्रस्तुत गरेका थिए ।
आइतवार अध्यक्षका प्रत्यासी कृष्ण लामिछानेले ठुलै संख्यामा मानिसहरु जुटाएर डाल्लासमा कार्यक्रम गरे । कार्यक्रममा कतिपय स्थानिय संघ संस्थाका व्यक्तिहरुले लामिछानेलाई समर्थन गर्दै शुभकामना दिएका थिए । कार्यक्रममा अध्यक्षका प्रत्यासी कृष्ण लामिछाने, जनसंपर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदी, प्रमोद सिटौला साथै प्रवासी मञ्चका केपी ओली पक्षधर सन्जय थापा लगायतले कार्यक्रमलाई संवोधन गरेका थिए ।
अध्यक्षका प्रत्यासी र उम्मेदवारहरुको करिव डेढ महिना देखि जारी चुनावी दौडाहा र औपचारिक सभाहरु केही दिन पछि टुंगिने छन् ।
शनिवार न्युयोर्कमा चुनावी सभा गरेका अध्यक्षका अर्का प्रत्यासी बुद्धि सुवेदी पनि आइतवार टेक्सस पुगेका थिए । डाल्लासमा नेपाल अमेरिका पत्रकार महासंघ नेजाले अध्यक्षका चारै जना प्रत्यासीलाई राखेर वहस गरायो । कार्यक्रममा अध्यक्षका प्रत्यासीहरुले आफ्ना कार्ययोजना र सामथ्र्यको बारेमा खुलेर प्रष्ट्याएका थिए ।
औपचारिक कार्यक्रमलाई वीट मार्दै सबै भन्दा बढि सदस्य भएको टेक्सासमा चारै जना अध्यक्षका प्रत्यासीहरु मतदातामा केन्द्रित हुन थालेका छन् ।
तस्विर: सामाजिक सन्जालबाट
प्रतिक्रिया लेख्नुहोस्:-