Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जनप्रतिनिधिको एकवर्ष : रत्ननगरमा ‘कल्चरल भिलेज’ बनाइने

जेष्ठ ११, २०७५ १०:३३ मा प्रकाशित
Share on FacebookShare on Twitter

रत्ननगर, चितवन, ११ जेठ ९ / चितवनको रत्ननगर नगरपालिकाले नगरको विकासकालागि महत्वाकांक्षी योजना अघि सारेको छ ।

जनप्रतिनिधिले शपथ लिएको एक वर्ष पूरा भएको अवसरमा नगरप्रमुख नारायण वनले बिहीबार नगरको विकासको खाका प्रस्तुत गर्नुभयो ।

एक वर्षमा नगरपालिकाले प्लटिङ् रोक्ने, जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने र सार्वजनिक जग्गा संरक्षण गर्नेलगायत काम गरेको छ ।

विहीवार सार्वजनिक सुनुवाइका क्रममा विकासका कार्यक्रमबारे जानकारी दिँदै नगरप्रमुख वनले भन्नुभयो, “नगर अब विकासमा अगाडि बढ्छ, नतिजामुखी काम हुन्छ ।”

रत्ननगरलाई कस्तो बनाउने भनेर स्वदेशी तथा विदेशी विज्ञसँग नगरपालिकाले छलफल गरिरहेको उहाँले बताउनुभयो । नगरप्रमुख वनका अनुसार पर्यटकीय नगर भएकाले रत्ननगरमा ‘कल्चरल भिलेज’(साँस्कृतिक ग्राम) निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढेको छ । विभिन्न जातजातिका घर निर्माण गरेर आएका पर्यटकले कुन घरमा बस्न चाहन्छन् त्यहाँ राख्न सकिने गरी कल्चरल ९साँस्कृतिक० घर बनाइने नगरपालिकाले योजना अघि सारेको छ ।

यस्तै, रत्ननगर बकुलहर अस्पताललाई ५१ श्ययाको अस्पताल बनाउने, सौराहा चोकमा बसपार्क बनाउने, नमूना सडक निर्माण गर्ने योजना नगरपालिकाले अघि सारेको छ ।

अहिलेसम्म ६० बिगाहा सार्वजनिक जग्गा खोजी गरी संरक्षण गरेको भन्दै नगरप्रमुख वनले अझै बाँकि २०० बिगाहा जग्गा भएकाले सबै खोजेर संरक्षण गर्ने बताउनुभयो ।

सभाहल, रंगशाला, सिटीहल, आधुनिक बसपार्क र स्मार्ट सिटी, शीतभण्डार निर्माणमा समेत नगरपालिका अघि बढेको वनको दाबी छ । नगरपालिकाका हरेक सेवा सूचना प्रविधिमैत्री बनाउन लागेको भन्दै उहाँले अब ‘पेपरलेस’ ९कागजबिना नै कामकाज हुने० नगर बनाउने दाबी गर्नुभयो ।

नगरपालिकाको योजनाअनुसार खाली जमिनमा वृक्षारोपण गरिनेछ । ट्राफिक व्यवस्थापन चुस्त पारिनेछ । दिगो फोहर व्यवस्थापनमा समेत ध्यान दिएर काम अगाडि बढेको छ । कयरखोलाको कोरिडोर क्षेत्रको विकासमा समेत नगरपालिकाले ध्यान केन्द्रित गरेको छ । यसका लागि गुरुयोजना निर्माणको तयारीमा लागेको वन बताउनुहुन्छ ।

नगरप्रमुख वनले अब युवालाई विदेश नै जानुनपर्ने, यहीँ स्वरोजगार हुनका लागि ४÷५ प्रतिशतमा कृषि ऋण उपलब्ध गराइने बताउनुभयो ।

नगरपालिकाले जिपिएस सिष्टम लागू गर्न लागेको छ । सुुशासन कायम राख्न अधिकतम प्रयास गरिने भन्दै वनले भन्नुभयो, “जनप्रतिनिधि, कर्मचारीले रु एक मागे पनि भन्नुहोस्, ठाउँका ठाउँ कारबाही हुन्छ ।”

नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले सर्वसाधारणको सुझाव र आवश्यकताअनुसार विकासका कार्यक्रम अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले विकासको आधार नै सडक भएको भन्दै बाटोको विस्तार र कालोपत्रेमा ध्यान दिन सुझाव दिनुभयो । चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले नगरपालिकालाई समृद्ध बनाउन व्यवसायीको सहयोग रहने बताउनुभयो ।

गैरआवासीय नेपाली संघ ९एनआरएनए० का केन्द्रीय सहकोषाध्यक्ष सोम सापकोटाले स्मार्ट सिटी बनाउनका लागि पहिले रत्ननगरलाई वाइफाइ फ्रि जोन बनाउन नगरप्रमुख वनलाई सुझाव दिनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result