Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

औद्योगिक क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन शुरु

जेष्ठ ११, २०७५ १:४१ मा प्रकाशित
Share on FacebookShare on Twitter

रुपन्देही, ११ जेठ / प्रदेश नं ५ को बहुप्रतिक्षित मोतिपुर औद्योगिक क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन (इआए)को काम शुरु भएको छ । यद्यपि डिपिआरको पूरै प्रतिवेदन भने सार्वजनिक भइसकेको छैन ।

डिपिआरको काम सकिएसँगै वातावरणीय प्रभाव मूल्यांकनका लागि प्रक्रिया अगाडि बढेको उक्त आयोजनाका फोकल पर्सन तथा बुटवल औद्योगिक क्षेत्रका प्रमुख तुलबहादुर रानाले जानकारी दिनुभयो । अहिले ५५० दशमलव ४ हेक्टरको क्षेत्र निर्धारण गर्दै वातावरणीय प्रभाव मूल्यांकनको काम अगाडि बढेको बताइएको छ ।

मोतिपुरको औद्योगिक क्षेत्रको ५५० दशमलव ४९ हेक्टर क्षेत्रफलमा शुरु भएको वातावरणीय प्रभाव मूल्यांकनको काम बुटवल उपमहानगरपालिकाको वडा नं १७ र १८ को क्षेत्रमा पर्छ । यसअघिको सरकारले सातैवटा प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको घोषणा गरेअनुरुप यहाँ नयाँ औद्योगिक क्षेत्र बन्न लागेको हो । नेकपाका महासचिव विष्णुप्रसाद पौडेल अर्थमन्त्री बनेका बेलामा औद्योगिक क्षेत्रको डिपिआरका लागि बजेट विनियोजन गरेपछि निर्माण कार्यले गति लिएको थियो ।

स्थानीयवासीको असन्तुष्टिसमेत आएपछि निर्माण कार्य केही सुस्ताएको थियो । मोतिपुर, तिलोत्तमा र शुद्धोधनको क्षेत्रमा ८१४ बिगाहको जमिनमा पहिलो चरणको नापजाँच भएको थियो । सो क्षेत्रभित्र परेका स्थानीयवासीको भोगचलनको जग्गा छुट्याएर औद्योगिक क्षेत्रको डिपिआर बनेको र त्यसमै वातावरणीय प्रभाव मूल्यांकनको काम शुरु भएको हो ।

बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका तथा शुद्धोधन र कञ्चन गाउँपालिकाका जनप्रतिनिधि र अगुवालाई तोकेको समयसम्ममा लिखित सुझाव उपलब्ध गराउन आयोजनाले अपिलसमेत गरेको छ । विसं २०३२ मा निर्माण भएको बुटवल औद्योगिक क्षेत्रमा जग्गा नपुगेको र अरु नयाँ उद्योगलाई जग्गा अभाव भएको गुनासो आएपछि यहाँ नयाँ र आधुनिकस्तरको औद्योगिक क्षेत्र निर्माणको पहल भएको हो । मोतिपुरको प्रस्तावित औद्योगिक क्षेत्रमा कम्तीमा ५०० उद्योग स्थापना गर्न सक्ने लक्ष्य छ ।

यसका लागि यहाँका निजी क्षेत्रहरु उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संगठनले समेत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ अनुसार वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) तयार पार्न अहिले कानूनी प्रावधानका चरण अगाडि बढेका छन् । यो कम्पनीले गत वैशाख १४ गते नै वातावरणीय प्रभाव मूल्यांकनका लागि क्षेत्र निर्धारण गर्नेबारे सार्वजनिक सूचना जारी गरेको थियो । अहिले फेरि एक साताको समय दिएर परामर्शदाता कम्पनीले सुझाव उपलब्ध गराउन अपिल गरेको छ ।

परामर्शदाता कम्पनी ‘नेस’की वातावरण विज्ञ रमिता श्रेष्ठसहितको टोलीले प्रस्तावित क्षेत्रको हालै अवलोकन गरेर स्थानीयवासीको राय सुझाव लिएको छ । मोतिपुर औद्योगिक क्षेत्रको प्रस्तावित स्थानको बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिकाका जनप्रतिनिधि तथा अगुवालाई भेटेर लिखित सुझावसमेत मागिएको छ । यसका लागि एक साताको समयावधि छुट्याइएको बताउँदै विज्ञ श्रेष्ठले त्यतिञ्जेल स्थानीय अगुवा र जनप्रतिनिधिसमक्ष भेटघाट जारी राखिने जानकारी दिनुभयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मौतिपुर औद्योगिक क्षेत्र आयोजनाले मोतिपुर र बुटवलको मात्रै नभएर प्रदेशकै मुहार फेर्न सक्नुपर्नेमा जोड दिनुभयो । वातावरणीय प्रभाव मूल्यांकन गर्दा त्यहाँको जैविक, भौतिक र सामाजिक पक्षलाई आधार मानेर मूल्यांकन गर्ने बताइएको छ । वातावरण विज्ञ श्रेष्ठले स्थानीय क्षेत्रको भौतिक, जैविक, सामाजिक तथा सांस्कृतिक प्रणाली र तिनका अवयव तथा तिनमा पर्न सक्ने प्रभावबारे अध्ययन शुरु गरिएको बताउनुभयो । नेपाल इन्भाइरलमेन्ट एण्ड साइन्टिफिक सर्भिसेज प्रालि (नेस) नामक परामर्शदाताको अगुवाइमा बिडिए नेपाल र एडिएमसिजेभी जितजंगमार्ग र थापाथली काठमाडौँले संयुक्त रुपमा वातावरणीय प्रभाव मूल्यांकनका काम शुरु गरेका हुन् । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result