Wednesday, July 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जो प्रति जनताको विश्वास रत्तिभर छैन

जेष्ठ १२, २०७७ ३:१७ मा प्रकाशित
जो प्रति जनताको विश्वास रत्तिभर छैन
Share on FacebookShare on Twitter
प्रा. डा. दुर्गा दाहाल
“ The ordinary people think inside of the box whereas the extra- ordinary people think outside of the box.”

शीर्षक मा ‘ beyond the box ‘ भनिएको कुराले के अर्थ लगाऊँछ भन्ने उत्सुकता जाग्नु स्वाभाविक हो  किनभने, नेपालका हामी क़रीब ९१ प्रतिशत मानिसहरू  बक्सभित्रै बाँची रहेका हुन्छौँ । अर्थात ‘ लकीर के फ़क़ीर ‘ भएर हिंडन रूचाऊँछौँ । हामी नयाँ ढंगले, फ़रक ढंगले सोच्न चाँहदैनौँ अथवा सक्दैनौँ । त्यसो भएरनै नेपालमा आजको दयनीय स्थिति जन्मिएको हो ।

समय परिवर्तनशील छ । मानिसले समय, परिस्थिति र बदलिँदो अवस्था अनुरूप चल्न चाहेन अथवा सिक्न सकेन भने धेरै पछि पर्छ । यो कुरा व्यक्तिमा मात्रै लागु नभएर एउटा राष्ट्रमा पनि लागु हुन्छ । हामी नेपालीहरू धेरै पछि परि सकेका छौँ र अझै पछि पर्दै जानेछौ । आजका मितिसम्म आईपुग्दा भारतभन्दा हामी धेरै सवालहरूमा कमजोर भई सकेका छौँ र उसले हामीलाई एउटा स्वतंत्र राष्ट्रको हैसियत पनि दिएको छैन ।

‘ Beyond the box ‘ भनेको फ़रक ढंगले सोच्नु हो । कुनै पनि विषय- वस्तु वा विचारलाई आफ्नै दिमाग लगाएर हेर्नु हो । आफ्नो बह्रम र विवेक लगाएर बुझ्नु वा विश्लेषण गर्नु हो । अरूले भनेको कुरा सही हो कि हैन त्यसलाई पुनर्विचार र सिंहावलोकन गर्नु हो । यो कुरा गर्न हामीलाई झ्याउ लाग्छ । हामी आफै पकाउँदैनौँ वा पकाउने प्रयत्न गर्दैनौँ ; अरूले पकाएको जिब्रो पडकाएर खान्छौँ । भन्नुको तात्पर्य, हामी स्वविवेक प्रयोग गर्दैनौँ,पढदैनौँ, चिन्तन- मनन गर्दैनौँ ।

हामी सबै एक किसिमले कुवाका भ्यागुता हौँ । हाम्रा लागि हामी महापुरुष र महात्मा हौँ । अब हामीले जान्नु पर्ने र बुझ्नु पर्ने केही छैन भन्ने दरिद्र मानसिकता पालेर बसेका
छौँ । त्यो माथि उल्लेख गरिएको ‘box’ त्यही साँघुरो घेरा हो जहाँ हामी छौँ र निक्लिन चाहन्नौँ ।

‘Beyond the box’ means to think out of the box in a different way, unconventionally, or from a different perspective, in a new way.

हामी परिवर्तन हुन सक्नुपर्छ । शब्दले मात्रै हैन; कर्म र व्यवहारले पनि । नयाँ सोच, नयाँ चिन्तन र नयाँ परिधिबाट हाम्रो समाज, समुदाय र विश्व समुदायलाई हेर्न सक्नु पर्छ । अब आफ्नो निर्णय आँफै गर्न सक्नु पर्छ । खुद पनि परिवर्तनको बाहक बन्न सक्नु पर्छ । मतदानका बेला पनि तपाईँले आफ्नो विवेक प्रयोग गर्न सक्नु पर्छ । हरेक विषय र सन्दर्भमा यो कुरा लागु हुन्छ ।

एउटा कुरा के सत्य हो भने यो संसारमा जहाँ, जेसुकै  नराम्रो घटना घटेता पनि भोली सूर्य उदाएरै छोडछ । प्राकृतिक नियमहरू शाश्वत सत्य हुन्छन । तर हामीले धैर्य धारण गरेर आफनो, समाजको, समुदायको, राष्ट्रको र अन्तराष्ट्रीय जगतको सर्वोपरि हक- हितका निम्ति काम गर्नु पर्छ । हरेक दिन सकारात्मक भएर जिन्दगीको शुरूवात गर्नु पर्छ ।

हरेक दिन र हरेक पल तपाईँ हाम्रो लागी शुभ शुरूवात हो । सधैँ सबैको कल्याणको खातिर काम गरौँ । त्यो ‘ सबै ‘ भित्र कोही पनि छुटदैन ।

आफू भएर बाँचौँ, जिन्दगीमा अत्यधिक रमाऊँ । भूतमा गएर चिन्ता नगरौँ, भविष्यका बारेमा पनि बढी आशावादी अथवा पीर नमानौँ ।  वर्तमानमा असल कर्महरू गर्दै जाऊँ । वर्तमान रूचिकर र रोचक बनाउने कुरामा सतत ध्यान दिऊँ । त्यही हो ‘ beyond the box’ को एउटा सामान्य पहलू ।

अहिलेको नेपालको सीमा सम्बन्धी समस्यालाई पनि हामीले फ़रक ढंगले सोच्नु पर्छ । कुटनीतिक स्तरबाट यसको समाधान गरिनु पर्छ । केवल काग़ज़ पठाएर अथवा सम्मेलन गरेर यसको समाधान हुन्न । हामीले के बुझ्न सक्नु पर्छ भने छिमेकी देशलाई हामी फेर्न सक्तैनौँ । जनस्तरमा हाम्रो कुनै समस्या छैन । ऊ संगको हाम्रो सम्बन्ध सदैव राम्रै हुनु पर्छ सदाकालका लागि किन भने सबै कुरामा हामी उसको आश्रित बन्दै गई रहेका छौँ ।

हाम्रा नेता र हामीहरू नालायक हौँ । हामीलाई उसले थिचोमिचो गर्दै गयो । सीमित स्वार्थ र लोभमा परेर हामी तल पर्दै गयौँ । अब हामीले बक्सबाट बाहिर आएर सोच्नु पर्छ र नेपालीत्व लाई जोगाउनु पर्छ तर चर्का नारा लगाएर अथवा सडकमा टायर बालेर हैन ; परन्तु कुटनैतिक ढंगले, प्रमाण जुटाएर , साहसिकतापूर्वक बुद्धिजीवीवर्गको समेत सहयोग लिएर ।

नरिसाए हुन्छ कसैले, अब पुराना नेताहरूबाट देशको विकास र प्रगति सम्भव छैन । उनीहरू सदैव बक्समै रमाउने मानिसहरू हुन । कुनै पनि पार्टीका कुनै पनि बुढा नेताहरुबाट केही आशा नगरे हुन्छ । अब नयाँ पुस्ता र नयाँ नेताले देश हाँक्नु पर्छ ।

विडम्बना । २०४६ पछि सबै पार्टीमा तिनै असफल र टेस्टेड नेताहरु छन जो प्रति जनताको विश्वास रत्तिभर छैन तर तिनीहरूनै जितेर पनि आई रहन्छन । कस्तो व्यवस्था र पद्धति हो यो ?

( क्यालिफोर्निया निवासी प्रा. डा. दुर्गा दाहाल राजनैतिक विश्लेषक र चिन्तक हुन )

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result