प्रा. डा. दुर्गा दाहाल“ The ordinary people think inside of the box whereas the extra- ordinary people think outside of the box.”शीर्षक मा ‘ beyond the box ‘ भनिएको कुराले के अर्थ लगाऊँछ भन्ने उत्सुकता जाग्नु स्वाभाविक हो किनभने, नेपालका हामी क़रीब ९१ प्रतिशत मानिसहरू बक्सभित्रै बाँची रहेका हुन्छौँ । अर्थात ‘ लकीर के फ़क़ीर ‘ भएर हिंडन रूचाऊँछौँ । हामी नयाँ ढंगले, फ़रक ढंगले सोच्न चाँहदैनौँ अथवा सक्दैनौँ । त्यसो भएरनै नेपालमा आजको दयनीय स्थिति जन्मिएको हो ।
समय परिवर्तनशील छ । मानिसले समय, परिस्थिति र बदलिँदो अवस्था अनुरूप चल्न चाहेन अथवा सिक्न सकेन भने धेरै पछि पर्छ । यो कुरा व्यक्तिमा मात्रै लागु नभएर एउटा राष्ट्रमा पनि लागु हुन्छ । हामी नेपालीहरू धेरै पछि परि सकेका छौँ र अझै पछि पर्दै जानेछौ । आजका मितिसम्म आईपुग्दा भारतभन्दा हामी धेरै सवालहरूमा कमजोर भई सकेका छौँ र उसले हामीलाई एउटा स्वतंत्र राष्ट्रको हैसियत पनि दिएको छैन ।
‘ Beyond the box ‘ भनेको फ़रक ढंगले सोच्नु हो । कुनै पनि विषय- वस्तु वा विचारलाई आफ्नै दिमाग लगाएर हेर्नु हो । आफ्नो बह्रम र विवेक लगाएर बुझ्नु वा विश्लेषण गर्नु हो । अरूले भनेको कुरा सही हो कि हैन त्यसलाई पुनर्विचार र सिंहावलोकन गर्नु हो । यो कुरा गर्न हामीलाई झ्याउ लाग्छ । हामी आफै पकाउँदैनौँ वा पकाउने प्रयत्न गर्दैनौँ ; अरूले पकाएको जिब्रो पडकाएर खान्छौँ । भन्नुको तात्पर्य, हामी स्वविवेक प्रयोग गर्दैनौँ,पढदैनौँ, चिन्तन- मनन गर्दैनौँ ।
हामी सबै एक किसिमले कुवाका भ्यागुता हौँ । हाम्रा लागि हामी महापुरुष र महात्मा हौँ । अब हामीले जान्नु पर्ने र बुझ्नु पर्ने केही छैन भन्ने दरिद्र मानसिकता पालेर बसेका
छौँ । त्यो माथि उल्लेख गरिएको ‘box’ त्यही साँघुरो घेरा हो जहाँ हामी छौँ र निक्लिन चाहन्नौँ ।‘Beyond the box’ means to think out of the box in a different way, unconventionally, or from a different perspective, in a new way.
हामी परिवर्तन हुन सक्नुपर्छ । शब्दले मात्रै हैन; कर्म र व्यवहारले पनि । नयाँ सोच, नयाँ चिन्तन र नयाँ परिधिबाट हाम्रो समाज, समुदाय र विश्व समुदायलाई हेर्न सक्नु पर्छ । अब आफ्नो निर्णय आँफै गर्न सक्नु पर्छ । खुद पनि परिवर्तनको बाहक बन्न सक्नु पर्छ । मतदानका बेला पनि तपाईँले आफ्नो विवेक प्रयोग गर्न सक्नु पर्छ । हरेक विषय र सन्दर्भमा यो कुरा लागु हुन्छ ।
एउटा कुरा के सत्य हो भने यो संसारमा जहाँ, जेसुकै नराम्रो घटना घटेता पनि भोली सूर्य उदाएरै छोडछ । प्राकृतिक नियमहरू शाश्वत सत्य हुन्छन । तर हामीले धैर्य धारण गरेर आफनो, समाजको, समुदायको, राष्ट्रको र अन्तराष्ट्रीय जगतको सर्वोपरि हक- हितका निम्ति काम गर्नु पर्छ । हरेक दिन सकारात्मक भएर जिन्दगीको शुरूवात गर्नु पर्छ ।
हरेक दिन र हरेक पल तपाईँ हाम्रो लागी शुभ शुरूवात हो । सधैँ सबैको कल्याणको खातिर काम गरौँ । त्यो ‘ सबै ‘ भित्र कोही पनि छुटदैन ।
आफू भएर बाँचौँ, जिन्दगीमा अत्यधिक रमाऊँ । भूतमा गएर चिन्ता नगरौँ, भविष्यका बारेमा पनि बढी आशावादी अथवा पीर नमानौँ । वर्तमानमा असल कर्महरू गर्दै जाऊँ । वर्तमान रूचिकर र रोचक बनाउने कुरामा सतत ध्यान दिऊँ । त्यही हो ‘ beyond the box’ को एउटा सामान्य पहलू ।
अहिलेको नेपालको सीमा सम्बन्धी समस्यालाई पनि हामीले फ़रक ढंगले सोच्नु पर्छ । कुटनीतिक स्तरबाट यसको समाधान गरिनु पर्छ । केवल काग़ज़ पठाएर अथवा सम्मेलन गरेर यसको समाधान हुन्न । हामीले के बुझ्न सक्नु पर्छ भने छिमेकी देशलाई हामी फेर्न सक्तैनौँ । जनस्तरमा हाम्रो कुनै समस्या छैन । ऊ संगको हाम्रो सम्बन्ध सदैव राम्रै हुनु पर्छ सदाकालका लागि किन भने सबै कुरामा हामी उसको आश्रित बन्दै गई रहेका छौँ ।
हाम्रा नेता र हामीहरू नालायक हौँ । हामीलाई उसले थिचोमिचो गर्दै गयो । सीमित स्वार्थ र लोभमा परेर हामी तल पर्दै गयौँ । अब हामीले बक्सबाट बाहिर आएर सोच्नु पर्छ र नेपालीत्व लाई जोगाउनु पर्छ तर चर्का नारा लगाएर अथवा सडकमा टायर बालेर हैन ; परन्तु कुटनैतिक ढंगले, प्रमाण जुटाएर , साहसिकतापूर्वक बुद्धिजीवीवर्गको समेत सहयोग लिएर ।
नरिसाए हुन्छ कसैले, अब पुराना नेताहरूबाट देशको विकास र प्रगति सम्भव छैन । उनीहरू सदैव बक्समै रमाउने मानिसहरू हुन । कुनै पनि पार्टीका कुनै पनि बुढा नेताहरुबाट केही आशा नगरे हुन्छ । अब नयाँ पुस्ता र नयाँ नेताले देश हाँक्नु पर्छ ।
विडम्बना । २०४६ पछि सबै पार्टीमा तिनै असफल र टेस्टेड नेताहरु छन जो प्रति जनताको विश्वास रत्तिभर छैन तर तिनीहरूनै जितेर पनि आई रहन्छन । कस्तो व्यवस्था र पद्धति हो यो ?
( क्यालिफोर्निया निवासी प्रा. डा. दुर्गा दाहाल राजनैतिक विश्लेषक र चिन्तक हुन )

प्रतिक्रिया लेख्नुहोस्:-