Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जैविक तटबन्ध निर्माणले तीन सय बढी परिवारको सुरक्षा

जेष्ठ १३, २०७५ १०:०९ मा प्रकाशित
जैविक तटबन्ध निर्माणले तीन सय बढी परिवारको सुरक्षा
Share on FacebookShare on Twitter

कञ्चनपुर, १३ जेठ / कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का बासिन्दालाई वर्षा शुरु हुनुअगावै सुरक्षित ठाउँमा बस्नका लागि जाने क्रम शुरु भइसक्यो ।

दोदा नदीमा पानीको बहाव बढेपछि स्थानीय बासिन्दा, बालबालिका, अन्न र लत्ताकपडा बोकेर सुरक्षित क्षेत्रमा जानुपर्ने बाध्यता थियो । “नदीमा आउने बाढीले जग्गा भूक्षय गरी बगाउने र डुबानमा पार्ने भएकाले यहाँका बासिन्दाले बस्ती छाड्नुपर्ने हुन्थ्यो”, स्थानीयवासी पृथु रानाले भन्नुभयो, “विगतको जस्तो नदीले जग्गा बगाउने चिन्ता छैन ।”

नदीमा जैविक तटबन्ध निर्माण गरिएपछि जग्गा बगाउने समस्याबाट छुट्कारा पाइएको उहाँले बताउनुभयो । यहाँका स्थानीय बासिन्दाले रु २२ लाख चन्दा संकलन गरी स्वस्फूर्त रुपमा डेढ किलोमिटर लामो जैविक तटबन्ध निर्माण गरेका छन् । “नदीले गर्दै आएको भूक्षय रोक्नका लागि एक महिना लगाएर तीन सयभन्दा बढी स्थानीयवासीले बाँसको जैविक तटबन्ध निर्माण गरेका छौँ”, रानाले भन्नुभयो, “खाली रहेको जग्गामा घाँस रोपिएको छ ।” नदीमा जैविक तटबन्ध निर्माण गरिएपछि यस क्षेत्रमा बसोबास गर्ने तीन सय परिवारको सुुरक्षा भएको छ ।

नदीको खेर गएको बगरबाटै घाँस पाइन थालेपछि टाढाको सामुदायिक वनबाट घाँस ल्याउनुपर्ने झन्झट हटेर गएको बन्धु रानाले भन्नुभयो, “जैविक तटबन्धका लागि घाँस रोपिएपछि सामुदायिक वनसमेत जोगिएको छ ।” “तटबन्ध निर्माण गरिदिनका लागि स्थानीय तहदेखि केन्द्रसम्म पुग्यौँ तर कसैले हाम्रो आवाज सुनेन, सुनेकाले आश्वासन दिए योजना लागू गरेनन्”, श्रीकृष्ण रानाले भन्नुभयो, “स्वस्फूर्त रुपमा संगठित भएर जैविक तटबन्ध निर्माण गरिएपछि बाढीका बेला ढुक्कसँग बस्न सकिने भएको छ । बर्सातमा पानी दर्किन शुरु भएपछि बालबालिका बोकेर सुरक्षित क्षेत्रमा भाग्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “जैविक तटबन्धले त्यो समस्या हटाएको छ ।” जनप्रतिनिधिले समेत साथ दिन थालेकाले नदी नियन्त्रणमा सहयोग पुगेको स्थानीय बासिन्दाको भनाइ छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result