Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उपत्यकाका एक हजार भूकम्पपीडितलाई काठ वितरण

जेष्ठ १३, २०७५ २:०५ मा प्रकाशित
उपत्यकाका एक हजार भूकम्पपीडितलाई काठ वितरण
Share on FacebookShare on Twitter

काठमाडौँ, १३ जेठ ९ / द टिम्बर कर्पोरेशन अफ नेपालले काठमाडौँ उपत्यकामा ४८ हजार ३० क्युफिट काठ वितरण गरेको छ ।

विसं २०७२ वैशाख १२ मा क्षति भएको ९९४ घर पुनःनिर्माणका लागि कर्पोरेशनले काठमाडौँ, भक्तपुर र ललितपुरमा उक्त काठ वितरण गरेकामा काठमाडौँमा १४ हजार ७७०, भक्तपुरमा २६ हजार १५० र ललितपुरमा सात हजार ९१० क्युफिट काठ वितरण भएको हो ।

कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले काठमाडौँमा ३९६, भक्तपुरमा ६६८ र ललितपुरमा २४० घर पुनःनिर्माणका लागि काठ माग भएकामा काठमाडौँमा २९९, भक्तपुरमा ५३२ र ललितपुरमा १६३ घर पुनःनिर्माणका लागि काठ वितरण गरिसकिएको जानकारी दिनुभयो ।

विसं २०७२ माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पपीडितका लागि काठ उत्पादन र व्यवस्थापन निर्देशिका–२०७२ लाई स्वीकृत गरेपछि कर्पोरेशनले गत वर्षको जेठ २९ गतेदेखि उपत्यकाका भूकम्पपीडित तथा सम्पदा निर्माणका लागि काठ वितरण कार्य शुरु गरेको हो ।

निर्देशिकाको परिच्छेद–५ को दफा ११ मा भूकम्प प्रभावित संरचनाका लागि काठ उपलब्ध गराउन, लगत तयार गर्न, आवश्यक काठ वन विभागसँग माग गर्न, काठ वितरण र सुरक्षाको व्यवस्था मिलाउन तथा काठ वितरणको अनुगमन गर्न भूकम्प प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहने व्यवस्था गरिएको थियो ।

यस्तै कर्पोरेशनले सम्पदा पुनःनिर्माणका लागि काठमाडौँ, भक्तपुर, ललितपुर, दोलखा, नुवाकोट, गोरखालगायतका जिल्लाका लागि झण्डै नौ हजार क्युफिट काठ वितरण गरिसकेको महाप्रबन्धक लौडारीले बताउनुभयो । सम्पदालाई भने मागबमोजिम नै काठ उपलब्ध गराउँदै आएको कर्पोरेशनले जनाएको छ ।

उपत्यका बाहिरका भूकम्प प्रभावित जिल्लामा भने सम्बन्धित जिल्ला वन कार्यालयबाट नै काठ उपलब्ध हुँदै आएको छ ।
कर्पोरेशनले भूकम्पपीडितलाई भूकम्पको रातो कार्ड, नागरिकता, पुनःनिर्माण प्राधिकरणसँग भएको सम्झौता, जग्गाधनी प्रमाणपूर्जा र घर निर्माणको नक्सा हेरेर प्रतिक्युफिट रु दुई हजार ७४० मा काठ उपलब्ध गराउँदै आएको छ । कर्पोरेशनले प्रतिपरिवार अधिकतम ५० क्युफिट काठ वितरण गर्दै आएको छ ।

“घर पुनःनिर्माणका लागि चाहिने काठ लिनका लागि जिल्ला वन कार्यालयमा आएको निवेदन अध्ययन गरेर जिल्ला वन कार्यालयले काठ उपलब्ध गराउँदै आएको छ ।”, वन विभागका सूचना अधिकारी शान्तमाया श्रेष्ठले भन्नुभयो ।

भूकम्प प्रभावित जिल्लालाई हालसम्म सामुदायिक वनले मात्र छ लाख ५८ हजार ६४५ क्युफिट काठ उपलब्ध गराएको वन विभागले जनाएको छ । यस्तै सिन्धुपाल्चोकका भूकम्पपीडितलाई जिल्ला वन कार्यालयले २५ हजार क्युफिट काठ वितरण गरेको उहाँले जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result