Sunday, August 23, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

 अमेरिकाका नेपालीको घाटी निमोठ्दै आईसीसी 

जेष्ठ १४, २०७७ ३:०५ मा प्रकाशित
 अमेरिकाका नेपालीको घाटी निमोठ्दै आईसीसी 
Share on FacebookShare on Twitter

दूरबिन संवाददाता   


अमेरिका । कोरोना भाइरसका कारण सबै भन्दा बढि नेपाली प्रभावित भएको देश अमेरिकालाई एनआरएनए 
आईसीसीले सहयोग गर्नुको सट्टा उल्टै सहयोग  मागेको छ । घाटा बजेटमा धानिएको एनआरएनए अमेरिकाले आईसीसीको मागलाई संवोधन गर्दै १० हजार डलर पठाउने निर्णय समेत गरिसकेको छ ।


एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेले दूरबिन नेपालसँग कुरा गर्दै भने “आइसीसीले सहयोगका लागि पत्राचार गरेका कारण आइतबार बसेको एनआरएनए अमेरिका कार्यसमिति बैठकले आइसीसीलाई १० हजार डलर दिने निर्णय गरेको हो ।”  लज्जास्पद पक्ष के छ भने कोरोना महामारीका कारण सबैभन्दा बढि नेपाली संक्रमित भएको देश अमेरिकालाई सहयोग गर्न क्षेत्रीय संयोजक राजन त्रिपाठी मार्फत आइसीसीलाई एनआरएनए अमेरिकाले पत्राचार गर्दा एक पैसा सहयोग गरेन ।  सर्त माथि सर्तका दश बुदा राखेर पत्र फर्काएको थियो ।


विपद्को बेला सहयोग गर्न समेत सर्त राखेर असहयोगी बनेको आइसीसीलाई अहिले एनआरएनए अमेरिकाले आफ्नो आपतकालीन कोषबाट सहयोग गर्ने निर्णय गरेको छ । महासचिव पाण्डेले भने “एनआरएनए अमेरिकाले आईसीसीबाट संस्थागत रुपमा कुनै सहयोग पाएको छैन । क्षेत्रीय संयोजक राजन त्रिपाठीले हाम्रो मागको बारेमा चासो राख्नु भएको थियो ।” 


आइसीसीको सहयोग नपाएपछि एनआरएनए अमेरिकाले गोफण्ड मार्फत २० हजार डलर सहयोग उठायो । महासचिव पाण्डेका अनुसार  बिभिन्न राज्यमा कोरोना सङ्क्रमित, विद्यार्थी र मृतकको परिवारलाई सहयोग गर्दा उठेको रकम भन्दा बढि खर्च भइसकेको छ ।  अर्थात एनआरएनए अमेरिका अहिले घाटा बजेटमा चलेको छ । अमेरिकामा रहेका नेपालीलाई आपत विपद्‌मा सहयोग गर्न खडा गरेको आकश्मीक कोषबाट पनि ठुलै बजेट खर्च भइसकेको छ ।  


यो वर्ष अमेरिकाबाट आइसीसीमा प्रतिनिधित्व गर्ने ३८ जना भन्दा बढि छन् । तर एनआरएनए अमेरिकाको सहयोग जुटाउने अभियानमा पनि उनीहरू निष्क्रिय देखिए । कतिपयले त एआरएनए अमेरिकाको सहयोग सङ्कलन अभियानमा एक पैसा पनि सहयोग गरेनन् । विवादास्पद जग्गा खरिदका लागि आइसीसीमा सहयोग जुटाउने अभियानमा निक्कै सक्रिय सोनाम लामा अहिलेका प्रभावशाली उपाध्यक्ष भएर पनि अमेरिकाका नेपालीले सामना गरिरहेको महामारीमा सहयोग गर्ने समयमा भने निस्क्रिय देखिएका छन् । 


तुलनात्मक रुपमा उपाध्यक्ष रबिना थापाले भने व्यक्तिगत रुपमा उठाएको रकम अमेरिका भित्रै सहयोग गरिन । सचिव गौरी जोशीले एनआरएनए अमेरिकालाई  गोफण्डमा ५ सय डलर सहयोग गरे । जबकी उनले त्यसै समयमा आइसीसीका लागि ४ गुणा भन्दा बढि सहयोग गरे । उनकै सक्रियतामा अमेरिकामा उठेको ४२ हजार डलर आईसीसीको खातामा पठाएर एनआरएनए अमेरिकालाई थाङ्नामा सुताए । उनले आइसीसीमा जम्मा भएको रकम अमेरिकामा ल्याउन पहल गरेको समेत देखिएन । तर सचिव गौरी जोशीले भने दूरबिन नेपालको एउटा समुहमा प्रतिक्रिया जनाउदै एनआरएनए अमेरिकालाई आइसीसीसँग सहयोग माग्न धेरै पटक भनेको र त्यसका लागि आफ्नो तर्फबाट प्रयास भएको दावी गरेका छन् । जे जस्तो मौखिक दावी गरिएपनि ब्यबहारमा  अमेरिकालाई सधै दुहुनु गाई बनाइरहेका आइसीसीका जिम्मेवार तहमा बसेका प्रायले महाबिपदको सामना गरिरहेका अमेरिकाका नेपालीलाई यसपटक पनि सहयोग गरेनन् । 

अमेरिका क्षेत्रको समस्या र आपत विपद्‌मा सक्रियए भएर आइसीसीबाट सहयोग ल्याउनु पर्ने गेट किपर क्षेत्रीय संयोजक राजन त्रिपाठीको भूमिका सबैभन्दा कमजोर भएको धेरैको बुझाई छ । क्षेत्रीय संयोजक त्रिपाठीले अमेरिका क्षेत्रबाट रकम उठाएर आइसीसीमा पठाउन सक्रियता देखाए तर महामारीले थलिएको अमेरिकामा आइसीसीबाट कुनै पनि सहयोग ल्याउन सकारात्मक भूमिका निर्वाह गरेनन् । त्रिपाठीले एनआरएनए अमेरिकाको सहयोगका लागि खोलेको गोफण्डमा पनि करिब सय डलर मात्र सहयोग गरेको देखिन्छ । आइसीसीका लागि भने त्रिपाठीले ठुलै सहयोग गरेका छन् । 

क्षेत्रीय संयोजक राजन त्रिपाठीले दूरबिन नेपालसँग कुरा गर्दै भने “मैले अमेरिकामा महामारी शुरु हुनुबित्तिकै यहाँ भयाभह स्थिति भयो भनेर आइसीसीसँग २५ हजार डलर माग गरेको थिए । तर सहयो आएको छैन । पत्रचार गरेको प्रमाण पनि मसँग छ । पहल नगरेको भन्ने नबुझ्नेहरुको भनाइ होे । एनसीसीबाट आइसीसीलाई पैसा पठाउनु पर्छ भन्ने पक्षमा म छैन । आईसीसीले पनि अहिले नभइ दुई महिना अगाडि पठाएको पत्र हो । आईसीसीलाई चाकडी गर्न एनसीसीले पैसा पठाएको हो ।”  


एनआरएनए अमेरिकाले आईसीसीलाई अहिलेसम्म ७ लाख डलर भन्दा बढि रकम बुझाई सकेको छ । तर अहिलेसम्म आइसीसीबाट एक पैसा सहयोग पाएको छैन ।  अहिलेको महाबिपदको सामना गर्दै बचेका अमेरिकाका नेपालीहरुको सदस्यता शुल्कबाट सङ्कलित आपतकालीन कोषको रकम समेत आइसीसीमा जाँदै छ । बुझ्नु पर्ने कुरा के छ भने एनआरएनए अमेरिकाका सदस्यको एक तिहाइ सदस्यता शुल्क सोझै आइसीसीमा जान्छ । बचेको शुल्क च्याप्टर र एनसीसीमा रहन्छ । आईसीलाई दिएर जोगिएको रकमबाट बनाएको आपतकालीन कोषबाट समेत अहिले आईसीसीमा १० हजार डलर जाँदैछ । 


एनआरएनए ओरेगन च्याप्टरका अध्यक्ष दया शाक्य भन्छन् “यस्तो विपद्‌मा परेका देशका नेपालीलाई सहयोग गर्नु पर्ने समयमा उनीहरुबाटै आइसीसीले सहयोग लिनु उपयुक्त मान्न सकिदैन ।” शाक्यको भनाइसँग एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष सुरेन्द्र मल्लाको भनाई पनि मिल्दोजुल्दो छ । मल्ल भन्छन् “सामान्य अवस्थामा आइसीसीले एनसीसीबाट सहयोग लिनु पर्छ तर यस्तो महामारीको बेला अमेरिकालाई सहयोग गर्नु पर्नेमा सहयोग लिनु राम्रो होइन ।”  आपतमा परेका सयौं नेपालीलाई सहयोग गरेका न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले आइसीसीको सहयोग सङ्कलन अभियानका बारेमा आफु धेरै जानकार नभएको बताए ।  

 

 

 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result