काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिपक्षीलाई पेलेर जबरजस्ती रुपमा संसद चलाउने कदमको बिरोध गरेको छ ।
सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले पार्टीले अघि सारेको ४० बुँदे मागका बारेमा प्रधानमन्त्रीलाई पुन ध्यानाकर्षण गराउने र आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो ।
बैठकले भ्रष्टाचार लगायतका जनजिविकाको मुद्दामा समेत आन्दोलन गर्ने निर्णय गरेको छ । गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा ठुलो धनराशिको अपचलन भएका कुराहरू बाहिर आइरहेको अवस्थामा नीतिगत निर्णयको आवरण र कानुन नै परिवर्तन गरी हुने भ्रष्टाचारजन्य क्रियाकलाप छानबिनको दायरामा ल्याउन समेत माग गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-