Thursday, August 20, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाको अध्यक्षका उम्मेदवार को कति बलियो

जेष्ठ १४, २०७८ ३:५६ मा प्रकाशित
एनआरएनए अमेरिकाका अध्यक्षका चार प्रतिस्पर्धी टेक्सासमा केन्द्रित
Share on FacebookShare on Twitter

सामाचार विश्लेषण

अमेरिका । एनआरएनए अमेरिकाको निर्वाचनमा मतदान प्रक्रिया शुरु हुनु दुई दिन बाकी रहदा अध्यक्षका प्रत्यासी र उनीहरुसँग सहकार्य गरिरहेका उम्मेदवारहरुको संभावना के कस्तो छ भन्ने कौतुहलता आम सदस्यहरुमा थपिएको छ । अध्यक्षका चारै जना उम्मेदवारहरु मिल्ने र मिलाउने प्रयासहरु असफल भएका छन् । अव मतदाताहरु निर्णायक शक्ति बनेका छन् । यस्तो परिस्थितिमा मतदातालाई आकर्षित गर्ने उम्मेदवार र उम्मेदवारको पक्षमा खुलेर समर्थन गर्ने ब्यक्ति र समुहले खेल्ने भूमिकाले कस्तो नतिजा निस्कन सक्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

डा अर्जुन बन्जाडे पक्ष

अध्यक्षका उम्मेदवार डाक्टर अर्जुन बन्जाडे एनआरएनए अमेरिकाको २०२१–२३ का लागि हुन गइरहेको निर्वाचनमा सबै भन्दा पहिला उम्मेदवारी घोषणा गरेका अध्यक्षका आकांक्षी हुन् । बन्जाडे र बन्जाडेसँग सहकार्य गरिरहेका अरु पदका उम्मेदवारहरुलाई नेपाली जन संपंक समितिका अध्यक्ष आनन्द बिष्ट र विष्ट निकट समुहले खुलेर सहयोग गरेको छ । एनआरएनएका अमेरिकाका अध्यक्ष सुनिल साह, महासचिव पशुपति पाण्डे लगायतको पनि डाक्टर बन्जाडेलाई भित्री समर्थन रहेको छ । साथै अमेरिकामा आएर प्राध्यापन र अनुसन्धानका क्षेत्रमा काम गरिरहेका केही विज्ञहरुले पनि डाक्टर बन्जाडेलाई समर्थन गरेका छन् ।

डाक्टर बन्जाडे मैदानमा रहेका चार जना उम्मेदवार मध्ये सबै भन्दा बौद्धिक र तार्किक उम्मेदवार हुन । तर वन्जाडेसँग सहकार्य गरिरहेका अरु पदका उम्मेदवारहरु भने उत्तिकै सशक्त देखिएका छैनन् । जसको कारण आफ्नो प्रभावको जगमा मात्र उभिएका डाक्टर बन्जाडेले चुनावी अभियान भरि नै मतदाता वीचमा ठुलो माहौल भने निर्माण गर्न सकेको देखिएन ।

डा बन्जाडेको वासिंटन, वेरेगन, कनेटिकट राज्यमा पहिलो भोट आउने र गृहराज्य टेक्सास लगायत भित्री राज्यबाट राम्र्रो भोट आउने उनीहरुको दावी छ । चार उम्मेदवार मध्ये डाक्टर बन्जाडे तीन जना प्रतिस्पर्धी उम्मेदवार मध्येका एक मानिएका छन् । डाक्टर बन्जाडेका सहयोगीहरु अध्यक्षका चार उम्मेदवार मध्ये बुद्धि सुवेदीसँग मात्र प्रतिस्पर्धा रहेको बताउछन् ।

बुद्धि सुवेदी पक्ष

एनआरएनए अमेरिकाको २०२१–२३ का लागि हुन गइरहेको निर्वाचनमा सबै भन्दा बढि चर्चा र निसानामा परेका अध्यक्षका उम्मेदवारहरु हुन् बुद्धि सुवेदी । एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष साथै बरिष्ठ कानुन ब्यबसायी खगेन्द्र जी सी, नेवी संघका पुर्व महामन्त्री साथै परमाणु बैज्ञानिक डाक्टर यादव पण्डित, अमेरिकाका विभिन्न विश्वविद्यालयमा प्राध्यापन गरिरहेका र अनुसन्धानको क्षेत्रमा काम गरिरहेका २० जना भन्दा बढि विज्ञहरुको समर्थन रहेको देखिएको छ ।

यसपटक एनआरएनए अमेरिकाको निर्वाचन अभियानमा खुलेर सहभागि भएका अमेरिका भित्र क्रियाशिल संघ संस्थाका बहुसंख्यक प्रतिनिधिहरुले बुद्धि सुवेदीलाई समर्थन र शुभकामना दिएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जन संपर्क समिति अमेरिकाका दुवै समुहका ७० प्रतिशत भन्दा बढि कार्यसमिति र च्याप्टरका सदस्यहरु सुवेदीको पक्षमा खुलेको जनसंपर्कका नेताहरुको दावी छ ।

एनआरएनए अमेरिकाका निर्बिरोध निर्वाचित १४ वटा राज्यका च्याप्टर सभापति पदाधिकारी र कार्यसमिति सदस्यहरुले खुलेर बुद्धि सुवेदीलाई समर्थन गरिरहेका छन् । निर्बिरोध भएका बाकी राज्यका च्याप्टरहरुमा पनि केहीमा बुद्धि सुवेदीको अग्रता र केहीमा प्रतिस्पर्धा रहेको सुवेदी पक्षधरहरु बताउछन् । सहमति हुन नसकेका च्याप्टरहरुमा बुद्धि सुवेदीको पक्षमा खुलेका र सहयोग पाएकाहरु नै शक्तिशाली रहेको सुवेदी पक्षको दावी छ ।

प्रतिस्पर्धी मानिएको राज्य टेक्सासमा पनि गौरी जोशी र कृष्ण लामिछानेको भित्री समर्थन रहेका च्याप्टर सभापति सोफिन थापालाई प्रतिस्पर्धी सन्देश उप्रेतीले फराकिलो मतान्तरले पराजित गर्ने उनीहरुको अनुमान छ । क्यालिफोर्निया राज्यमा पनि बुद्धि सुवेदीसँग नजिक मानिएका उम्मेदवारहरु वीचमा नै प्रतिस्पर्धा छ । न्युर्योक राज्यमा पनि बुद्धि सुवेदी पक्षधरहरुको मत कता बढि खस्छ त्यही उम्मेदवार च्याप्टरका विजय हुने उनीहरु बताउछन् । मेरिल्याण्ड, कोलोराडो लगायतका राज्यको च्याप्टरको निर्वाचनमा पनि बुद्धि सुवेदी पक्षहरुले कडा प्रतिस्पर्धा गरिरहेको दावी गर्छन ।

एनआरएनए एनसीसी अमेरिकाको २८ वटा राज्यमा च्याप्टर गठन भएको छ । न्युयोर्क, क्यालिफोर्निया, मेरिल्याण्ड सहित २० भन्दा बढि च्याप्टरका बुद्धि सुवेदी पक्षले पहिलो भोट आउने दावी गरेको छ ।

त्रिभुवन विश्व विद्यालयमा उपप्राध्यापक भएर काम गरिसकेका सुवेदी अमेरिकामा पनि सफल ब्यबसायी मध्येका एक मानिन्छन् । अहिलेको निर्वाचनमा सुवेदीसँग सहकार्य गरिरहेका प्रायजसो उम्मेदवारहरु आफ्नो पेसा, ब्यवसाय , अध्ययन अनुसन्धान र प्राज्ञिक क्षेत्रमा अब्बल छन् । साथै उनको समुह समावेसी पनि देखिएको छ । यो नै अध्यक्षका दावेदार सुवेदीका लागि चुनावी माहौल निर्माणको आधार बन्न पुगेको छ ।

वहस र सार्वजनिक कार्यक्रमहरुमा अध्यक्षका अरु उम्मेदवारहरु डाक्टर बन्जाडे, तिलक के सी र कृष्ण लामिछानले गर्ने छेडछाड र आक्रमक प्रस्तुति बुद्धि सुवेदी माथि लक्षित हुने गरेको देखिएको छ । यस कारण पनि अध्यक्षका तीनै जना उम्मेदवारले बुद्धि सुवेदीलाई प्रमुख शक्ति र प्रतिस्पर्धीको रुपमा हेरेको धेरैको बुझाइ छ ।

कृष्ण लामिछाने पक्ष

अध्यक्षका अर्का उम्मेदवार कृष्ण लामिछाने टेक्सासमा सामाजिक संघ संस्थामा सक्रिय ब्यक्ति हुन् । मानिसहरुको दुख सुखमा सहभागि हुने  ब्यक्ति भनेर चिनिन्छन् । नेपाली जनसंपर्क समिति र एनआरएनए अमेरिकामा कार्यसमिति भित्र बसेर लामिछानेले काम गरिसकेका छन् ।

यस पटकको निर्वाचनमा नेपाली जन संपर्क समितिका पुर्व संयोजक विष्णु सुवेदी, एनआरएनए आइसीसीका सचिव गौरि जोशी, सल्लाहकार हरिबोल भण्डारी, सदस्य प्रमोद सिटौला र एमाले अध्यक्ष के पी पक्षधर प्रवासी मञ्चका नेताहरुको समर्थनमा लामिछाने अगाडि बढेका छन् । सदस्यता लिने अन्तिम समय तिर सक्रिए भएको यो समुहले धेरै राज्यमा सहयोगीहरुलाई राम्रोसँग परिचालन गर्न सकेन । जसका कारण बीचका राज्यहरुबाट लामिछाने समुहलाई थोरै भोट मात्र आउने प्रतिस्पर्धी उम्मेदवारहरुको दावी छ ।

सवै भन्दा बढि सदस्य भएको टेक्सासमा पहिलो भोट प्राप्त हुने यो समुहको विस्वास छ । त्यो वाहेक कुनै पनि राज्यमा पहिलो वा फराकिलो अन्तर हुने कुनै पनि विश्वासिलो आधारहरु यो समुहसँग छैन । यद्यपी अध्यक्षका अरु प्रतिस्पर्धीले पनि टेक्सासमा आफूहरु बलियो रहेको दावी गर्दै आएका छन् । यो समुहले ओहायो, कोलोराडो, भर्जिनिया र क्यालिफोर्नियामा अरु उम्मेदवारहरुसँग प्रतिस्पर्धा गर्ने अनुमान छ ।

कृष्ण लामिछाने समुहमा सबै पदमा उम्मेदवारहरु पनि देखिएका छैनन् । साथै यो समुहमा अध्यक्षका उम्मेदवार कृष्ण लामिछाने र बरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्णजीवी पन्त बाहेक राम्रो प्रभाव र पहिचान बनाएका खासै उम्मेदवारहरु छैनन् । यो समुहका सहयोगी केही ब्यक्तिले पुरै समुहलाई भन्दा पनि केही ब्यक्तिहरुलाई मात्र जिताउन प्रयास गरिरहेको असन्तुष्टि वाहिर आइरहेको छ । लामिछानेका सहयोगीहरु अध्यक्षका चार उम्मेदवार मध्ये बुद्धि सुवेदीसँग मात्र प्रतिस्पर्धा रहेको बताउछन् ।

तिलक केसी  पक्ष

त्रिभुवन विश्व विद्यालयको स्वतन्त्र विद्यार्थी युनियनमा सचिव भइसकेका राजनीतिक र प्राज्ञिक ब्यक्ति हुन् अध्यक्षका प्रत्यासी तीलक के सी । नेपालमा रहदा बामपन्थी राजनीतिमा सक्रिय के सी अमेरिकामा आएपछि उद्यम र ब्यबसायमा राम्रै सफलता हासिल गरेका छन् ।
नेपालमा वाम विचारधारामा रहेका तर अहिले अमेरिकामा वसोवास गर्ने अधिकांशको सहयोग तिलक केसीलाई देखिन्छ । प्रचण्ड, माधव नेपाल झलनाथ खनाल लगायतका नेताहरुसँग नजिकको संवन्ध भएकाहरुले केसीलाई खुलेर सहयोग गरेका छन् । तर प्रवासी मन्चमा संगठित के पी ओली पक्षधरहरुले उनलाई सहयोग नगर्ने सार्वजनिक गरिसकेका छन् । केपी ओली पक्षधरहरुले अध्यक्षमा कृष्ण लामिछाने आफ्नो उम्मेदवार भएको घोषणा गरिसकेका कारण अमेरिकामा रहेका बामपन्थी स्कुलिङका सवैको भोट भने तीलक के सीले पाउने अवस्था छैन ।
एनआरएनए अमेरिकामा काम गरिसकेका र कतिपय सहरमा आफ्नै ब्यक्तिगत प्रभाव भएका कारण उनले राम्रो भोट पाउने केसीका समर्थकहरुको विस्वास छ । बोष्टन, न्युह्याम्सायर, केन्टकी, इन्डियान, न्युयोर्क लगायतका राज्यहरुबाट राम्रो भोट पाउने सो समुहको दावी छ । तिलक के सीले आफु चुनाव जित्नका लागि नभई आम मतदाता र सदस्यहरुको मन जित्ने एजेन्डामा आगाडि बढेको बताउने गरेका छन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result