भर्जिनिया (अमेरिका)- अमेरिकाको राजधानी वासिंटन डिसीमा आयोजना हुने नेप्लिज अमेरिकन कन्भेन्सन (NAC)को तयारी अन्तिम चरणमा पुगेको छ । जुन २९ तारिख देखी जुलाई १ तारिख सम्म चल्ने कन्भेन्सनको तयारीबारे जानकारी दिन भर्जिनियामा पत्रकार सम्मेलन गरिएको थियो । कन्भेन्सनको अबसरमा नेपाली वीचमा लोकप्रिय फुटवल, भलिबल, क्रिकेट तथा बास्केटबल प्रतियोगीता समेत संचालन गरिने वताइएको छ । फुटबलका लागी दुई महिना अघि नै टिम दर्ता बन्द गरिएको र १२ वटा टिम दर्ता भएको बताइएको छ भने भलिबल, बास्केटबल तथा क्रिकेटको टिम दर्ता आउंदो जुन १० तारिखसम्म गर्न सकिने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा सहभागी हुन नेपालबाट नेपाल बिद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ, नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल लगायतका उच्च अधिकारी सहभागी हुने भएका छन् । यसैबीच कार्यक्रममा सहभागी हुन पहिलोपटक कन्दरा ब्याण्ड अमेरिका आउन लागेको आयोजकको भनाई छ । कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै तबरले तयारी तिब्र पारेको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-