काठमाडौं । विश्व बैंकले नेपाललाई १५ अर्ब ८७ करोड ऋण र अनुदान दिने भएको छ। बैंकले नेपाललाई १५ अर्ब ८७ करोड सहुलियतपूर्ण ऋण र दुई अर्ब ६० करोड अनुदान दिएको हो ।
शिक्षाको लागि विश्वव्यापी साझेदारी सम्झौतामा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद–जेर्भोसले हस्ताक्षर गरेका छन् । सञ्चालनका लागि दिइएको हो ।
शैक्षिक क्षेत्रको सुधारका लागि दिइएको अनुदानले प्रारम्भिक कक्षाहरूमा राष्ट्रिय एकीकृत पाठ्यक्रम लागु गरेर आधारभूत सीप सुधार गर्न केन्द्रित हुने बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-