काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारसँग बजेट कसरी कार्यान्वयन गर्ने कुनै योजना नै नरहेको आरोप लगाएका छन् ।
पूर्व अर्थमन्त्री महतले शुक्रबार काठमाडौंमा भएको मुलुकको आर्थिक अवस्था र बजेट समीक्षा विषय कार्यक्रममा बोल्दै सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको कार्ययोजना प्रस्तुत गर्न नसकेको बताए ।
नेता महतले सरकारले ल्याएको बजेटका हरेक कार्यक्रम र योजनाहरु कार्यान्वयनमा चुनौती रहेको भन्दै उनले आगामी आर्थिक वर्षको बजेट ऋण लिएको रकम लगानी गरी ऋणको सावाँ ब्याज तिरेर नाफा गर्ने लक्ष्य राख्नुपर्ने भएपनि ऋणमा मात्रै निर्भरता हुने गलत नीति लिएको आरोप लगाए ।
प्रतिक्रिया लेख्नुहोस्:-