काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसद विकास कोष खारेज गर्न माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ । संकल्प प्रस्ताव पार्टीका उपसभापति तथा सांसद डोलप्रसाद अर्यालले पेश गरेका हुन् ।
हालै अर्थमन्त्री डा। प्रकाशशरण महतले ल्याएको बजेटमा संसद विकास कोषलाई ब्यूँत्याएर प्रतिसंसद ५ करोड रुपैयाँ बजेट छुट्याएका छन् । यसका लागि कुल ८ अर्ब २५ करोड रकम विनियोजन गरिएको छ । सरकारले असहज आर्थिक परिस्थितिमा विवादित कार्यक्रम ब्यूँताएर जनतामा आर्थिक भार थपेको भन्दै रास्वपाले विरोध जनाएको हो ।
संकल्प प्रस्तावमा पार्टीले संसद विकास कोष खारेज गर्नुपर्ने तीनवटा कारणहरु उल्लेख गरेको छ । अर्थतन्त्र हराशयी भएको, विकेन्द्रीकरणको अवधारणा विरुद्ध रहेको, भ्रष्टाचारलाई बढावा दिने लगायत तर्क पार्टीले गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-