Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आमाको चाहाना : हेमराज भट्ट

जेष्ठ २०, २०७७ १२:०० मा प्रकाशित
आमाको चाहाना : हेमराज भट्ट
Share on FacebookShare on Twitter

उनलाई पुरै सम्झना त छैन। तर, कपालका केशहरू आधा जसो फुलेको हुँदो हो, गालामा अलिअलि चाउरी पर्दै गरेको र दॉंतले दुख दिन लागेको सम्झना भने मडारिएर आउँछ। खै वर्ष त कति भयो म त भन्न सक्दिन। पिडिंमा हातका हँसियाको चुच्चोले ढिकी कुटेजस्तै गरी एकसुरमा खेलाउँदै आशमायॉं आफ्नो गाउँघर छोडेर गएको छोरालाई सम्झँदै थिइन। अनुहारमा पुरै चाउरी परिसकेको, कपास सरी फुलेको कपाल, मलिन आँखाका नयनहरू र बोल्न नै गाह्रो हुने गरी झरीसकेका दॉंतहरु अनि खाली गिंजाहरु। वयस्क हुदैगर्दा उनको एक्लो सन्तान ज्ञान बहादुर घर छोडेर गएको यतिका वर्षहरू भए पनि आमा छोराको बिचमा भेटघाट नभएको र हुने आशामा अझै पनि छिन् उनी। यो गर्भमा रहेकै साल साहुको दाउरा काट्न जॉंदा ऊ त्यो परको जङ्गलमा रहेको ठुलो रुखबाट लडेर पानी पनि पिउन नपाई यसको बाबा धनवीरलाई दैवले हरेर लग्यो।

बिचरा, बाउको मुखपनि देख्न पाएन, दुई जिउकी मैले भगवानले दिएको उपहार हो यो पिडा भनेर आत्मासाथ गर्दै कुटो कोदालो खेलाउँदै जन्माएर हुर्काएको छोरा हो। हर्कदै गर्दा घरमा आमा तिमीलाई साह्रै दुख भो। म परदेश गएर कमाउँछु अनि सुख दिउँला है भन्दै मलाई फकाउने गर्दथ्यो। मैले नाई, यही केही गर्नुपर्छ। बाउले जोत्ने गरेका हाम्रा ठुलाघरे साहु बिस्तारै मधेसतिर झर्दैछन् रे ??? अस्ति म धान कुट्न जॉंदा मुखिनीले भनेकी थिइन, खै हाम्रा त तराई जाने भन्दैछन् बाबै के कस्तो हुने हो। अस्तिताका तराई गएर केही बिघा खेत किन्नु भयो रे ??? अब दशैपछि घर बनायसी बसॉंई सर्नुपर्छ भन्नुभएको छ। पहाडको यो खेतीपाती त अब तिमी आमाछोराको भरमा नै छोड्ने त होला। मुखिनीले भनेकी कुरा बेलुकी खाना खॉंदै गर्दा आमा आशामायॉंले छोरा ज्ञान बहादुरलाई सुनाउँदै थिइन्।

बाउले पहिले र अहिले आमाले नै काम गर्ने गरेको ठुलाघरे साहुको घरमा बिहान बेलुका काम गरेर दिउँसो गाउँपरको स्कुल जाने गर्दथ्यो ज्ञान बहादुर। न्वारन पनि गर्न नपाएका धनवीरको सम्झना यो बच्चा साह्रै ज्ञानी भएकाले आशामायॉं आफैले उसको नाम ज्ञान बहादुर राखेकी थिइन्। अक्षरहरू चिन्दै कक्षाहरू चढ्दै गरेको ज्ञान बहादुर पढाइमा लगनसिल थियो। गरिबको छोरा बिहान बेलुका साहुको घरमा कामको बिचपनि पढाइमा सबैलाई पछाडि पारेकोले सरहरूले उसको स्कुल फी निःशुल्क गराई दिएका थिए। आमाका यी कुराहरू सुन्दा ऊ आफ्नो पढाइमा हॉंसिल गरेको खुसी आमालाई सुनाउँथ्यो। तर, निरक्षर आशामायॉंलाई छोराको पढाई भन्दा पनि साहुले यतिधेरै खेतीपाती दिने कुरा आउँदा मानेनौ भने अर्कैलाई पो दिन्छन् कि भन्ने चिन्ता थियो।

ज्ञान बहादुर आमालाई सम्झाउँथ्यो, ठिकै छ नि साहुले हामीलाई तलमाथी गरे पसिना न बगाउने हो, जहॉंपनि बगाईन्छ पसिना त, आमा तिमी चिन्ता नलिऊ। आशामायॉं हँसिलो अनुहार त बनाउथिईन् तर खै के हो। तँलाई नै थाहा छ, म के भनौ त तै बिचार गर। थकान पछिको बेलुकीको खानपान र घरधन्दाको क्रममा सधैँ यस्तै यस्तै कुराले प्रवेश पाउँथ्यो यी आमा छोरा बिचको गन्थनमा। पसिनाले झिंजेको शरीरका कपडाहरू ओभाउन नपाउँदै आशामायॉं बिछ्यौनामा जान्छिन् र ज्ञान बहादुर टुकीको साहरामा स्कुले घरकाममा लाग्छ। ओहो ! भोलि त माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता छ। नेपाली गुरु रामलाल सरले “अबको नेपाल र हाम्रो दायित्व” विषयमा राम्ररी तयारी गरेर आउँ है भनेका थिए। कसो बिर्सिएनछु।

गुरुको आज्ञालाई पालना गर्नु मेरो कर्तव्य हो, त्यसमाथि पनि म कक्षाको पहिलो विद्यार्थी भएकाले मेरो स्कुलको इज्जत राख्नु मेरो धर्म हो। मैले “अबको नेपाल र हाम्रो दायित्व” विषयक माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिताका लागि आफूलाई तयारी गरे। बिहानको मिर्मिरेसँगै मेरो नयॉंदिनलाई स्वागत गर्नपुगे। फरक दिनको उस्तै कथालाई ब्यहोर्दै आफ्नो दैनिकीमा लागे। रातभर पानी परेको थियो, संयोग नै मान्नुपर्छ त्यसदिन साहुले बेसीँको खेतमा लगाइएको कुलो भत्कियो कि के छ, हेरेर आउनु भनेर पठाए। पोल्टामा भुटेको भदौरे मकैलाई च्यॉंपेर खादै म बेशीतिर लागे। बर्षातको समयमा आकाश गर्जिएको आवाज झैँ मकैका दानाहरू मेरो मुखमा गर्जिएका थिए। मेरो मन मस्तिष्कमा भने रामलाल सरले दिनुभएको निबन्धको शीर्षकमा हिजोराती अरबेसम्म घोत्लिएको तर्कनाहरु बाढीझैँ बगेका थिए।

बेंशी खेतको कुलोको अबस्था उस्तै भएको जानाकारी ठुलाघरे साहुलाई दिएर म घरमा आए र आमाले बनाएको खाना फट्टाफट्ट खाएर राती नै तयारीमा राखेको मेरो स्कुले झोला भिरेर स्कुलतिर तेर्सिए। अगाडी जॉंदै गर्दा संधैजस्तै साथीहरु थपिदै र हामी गफिदै स्कुल पुग्ने दिनचर्या नै बनेको थियो। पर स्वामीको चौतारामा केहि साथीहरु पर्खिरहेको वरैबाट देखेको थिए। म पुग्नासाथ ऋतुले जिस्क्याउँदै भनिन् ज्ञान बहादुर आज त तिमीले पुरस्कार पाउँछौ होला। के को नि ? मैले प्रश्न गरे, हेरन ठुलो पल्टिएको जान्नी भएर होला ? नाई होईन भन न के हो ? ऋतुले भनिन् आज हाम्रो स्कुलमा आयोजित माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा तिमी प्रर्थम हुन्छौ। “अबको नेपाल र हाम्रो दायित्व” बिषयमा हिजो कक्षामा रामलाल सरले तयारी गराउँदा तिमीले बोल्दा ब्यक्त गरेका योजनाहरु र पोखेको शब्दहरुलाई चिर्ने कोही छैनन् त्यसैले मैले भने तिमी पहिलो हुन्छौ।

अलिकति हौसिए पनि ज्ञान बहादुरको मन फुरुगं हुन्छ। धन्यवाद ऋतु पहिलो भए भने तिमीलाई पिपलमेठ खुवाउँछु नि है। ऋतु मुस्कुराउँछे। हामी स्कुल पुग्दा छिमेकी बिद्यालयहरुबाट प्रतियोगितामा भागलिन बिद्यार्थी साथीहरु र गुरुहरु आउँनु भएको थियो। नियमित प्रार्थनापछि हामी सबै निबन्ध प्रतियोगितामा सहभागी भयौ। सबै प्रतियोगितीहरुले “अबको नेपाल र हाम्रो दायित्व” बिषयको बारेमा आ आफ्नै तर्कहरु सारे। निर्णायक मण्डलले आफ्नो निर्णय सुनाय ऋतुले भनेझै ज्ञान बहादुरले नै पहिलो स्थान हॉंसिल गरे। जितको अबिरले ज्ञान बहादुरको अनुहार पोतिएको थियो। पानीले पखाल्दा नपखालिएको अबिरले उनको मुहार कलेटी देखिन्थ्यो। छोराको अनुहार लाल देखेर सॉंझपख घरमा आशामायॉं तर्सिन्छिन्, आम्मा हो के भयो ? लौन कहॉं पछार्रिएको के हो यो ? आमाको प्यार एकै पटक छताछुल्ल हुन्छ। होईन, आमै स्कुलमा साथीहरु र सरहरुले लगाईदिनु भएको अबिरको टॉंटा हो।

तिमी बुझ्दिनौ, आज स्कुलमा धेरै ठाउँको स्कुलहरुबाट पनि साथीहरु आएर कार्यक्रम गरेको थियो, म पहिलो भय। ए ल त ल बुझे। नबुझेरै आशामायॉं खुशी हुन्छिन्। के दिए त तँलाई पहिलो भएको खोई ? केहि थान कापी र कलम देखाउँदै ज्ञान बहादुर भन्छन् यी यतिधेर दिएका छन्। कहिले लेख्ने हो यो कापीहरुमा। ज्ञान बहादुरको मनमा रहेको स्कुले जिबन सकिनै लागेको आभाष एकाएक पोखिन्छ।

प्रवेशिका परिक्षामा कक्षाकै पहिलो भएर ज्ञान बहादुर स्कुले पढाईको बिट मार्दै (बिद्यालय छोडेको प्रमाण पत्र) एसएलसी परिक्षाको तयारीमा जुट्छ। मंसिरको सिरेटोहरुलाई अवसर बनाउँदै माघ महिनामा भएको एसएलसी परिक्षा दिएर ऊ परिक्षा नतिजा कुर्दै गाउँमै बस्छ र ठुलाघरे साहुको काममा सहयोगी बन्छ। यो घरको पनि अबस्था फेरिएको छ। साहुका सबैजसो परिवार मधेश झरेको र केहि मात्रै आउजाउ गर्ने गरेको बर्षआधा भयो होला। गाउँमा खेतीपाती र बस्तुचरन आदी आईपरेका सबैकाममा राजी हुन्थे ज्ञान बहादुर। स्कुले जिबन सकेर परिक्षाको नतिजा कुर्दै गरेका यिनीमा अन्य सामाजिक र राजनितिक चेतनाहरु पनि बिस्तारै बढ्दै गरेको थियो। केहि बर्ष पहिले आफै पढेको बिद्यालयको स्थायी शिक्षक जागिर छोडेर सर्वहारा, गरिब, श्रमजिबी र दुखीहरुको सेवा गर्नुपर्छ भन्दै हिडेका ईखमान सरसंग बेंशीको खेतमा जम्काभेट भयो। के छ ज्ञान बहादुर हालखबर ? कस्तो गर्यौ एसएलसी परिक्षा ? ल अब तिमीले हामीले जस्तैगरी देश र गरिबहरुको सेवा गर्नुपर्छ ? ईख बहादुर सरको एकोहोरो बोलीलाई नजिकबाट स्पर्श गरे ज्ञान बहादुरले।

सर नमस्कार, मेरो खबर ठिकै छ, परिक्षा राम्रै गरेको छु सर नतिजा कुर्दै छु। भर्खर एसएलसी दिएको छु। पढाईलाई उच्च स्तरमा पुर्याएपछि गरिब र टुहुराले मैले जस्तै जिवनयापन गर्न नपरोस् भनेर अबश्य तिनीहरुको सेवामा काम गर्नेछु सर। ईख बहादुर सर यिनको बाणीले निशब्द भय। गाउँका मानिसहरुलाई बेठी तिराएर काममा लगाउँने र खेतीपाती भित्राउने चलन रहेछ ईख बहादुरको परिवारको। यसलाई नै ढाकछोप गर्न उनी सर्बहारा,गरिब र दुखिहरुको नाममा भट्याउँदै हिड्दा रहेछन् गाउँघरमा युद्धको नाममा। स्कुले जिबन अनि कक्षाको पहिलो बिद्यार्थी ज्ञान बहादुरले उनको कुराको छनक बुझेरै उत्तर दिएका थिए।

समयको गतिसंगै एसएलसी परिक्षाको नतिजा गोरखापत्रमा छापियो। ज्ञान बहादुरको सिम्बोल नम्बर नतिजाको प्रथमश्रेणीमा आयो। ईख बहादुर सरले भनेको कुरा र आफुले राम्रो अंकमा परिक्षा पास गरेको सबैकुरा ज्ञान बहादुरले निराक्षर आमा आशमायॉंलाई सुनाय। अहं हुदै हुदैन, तिनले भनेर हुन्छ। आफुले खाई नखाई अर्काको घरमा दुख गरेर हुर्काएको टुहुरो छोरो तिनीहरुको स्वार्थको लागि गरिएको युद्धको मोहरी बन्ने। ईख बहादुर जस्तै धेरैका बारेमा आशमायॉंले भोगेसरी बिमति जनाउँछिन्। अबत तँ ठुलोपनि भईस ठुलाघरे साहुकोमा काम गरेर स्कुल पढेझै पढ्नलाई बरु शहरतिर जा। उतै केहि गरेर पढ। निराक्षर आमाको कुराले ज्ञान बहादुरको शिक्षाको चेतनालाई थप मजबुँध बनाईदियो।

बर्षामा खेतीपातीको काम सकेर स्कुलबाट पाएको एसएलसी पासको सर्टिफिकेटको प्रमाण पत्र लिएर ज्ञान बहादुर शहर जान्छ। यतिका बर्षहरु सम्मको निरन्तर अभाब र पिडाले उसको जिबन खारिएको थियो। धेरै कलेजहरुमा भर्नाको लागि आवेदन दिन्छ। सबैजसोमा नाम निस्कन्छ। गरिबीले छेकेको उच्च शिक्षाको मुहार हेर्ने उसको चाहानालाई पुरागरी दिने भगवानरुपी मानबको खोजिमा शहरका गल्लिहरुमा भौतिरिन्छ ज्ञान बहादुर। कहिकतै उसले आफुले खोजेको जस्तो मानिस भेट्दैन र आफै निर्णयमा पुग्छ। कलेजमा भर्ना हुन्छु र बॉंकि समय सानासाना भाईबहिनीहरुलाई ट्युसन पढाएर आफ्नो खर्चको जोहो गर्छु। आफुमा रहेको ईच्छाशक्ति र क्षमतालाई नै उसले जिउँने र उच्चशिक्षा हॉंसिल गर्ने माध्यम बनाउँछ।

“जहॉं ईच्छा त्यहॉं उपाय” ज्ञान बहादुरले आफ्नो परिश्रमको ढोकाखोल्छ। यता गाउँघर तिरबाट शहर जानेहरुसंग आशमायॉंले साहुका घरमा कामगर्दा पाएका सामानहरुबाट बनाएका खानेकुराहरु ज्ञान बहादुरलाई तारान्तर पठाई राख्थिन। ट्युसनबाट आएको रकमले खर्च कटाएर बँचेको केहि पैसा र शहरका चिजबिज आशमायॉंलाई पठाई नै रहन्थे ज्ञान बहादुर। यस्तो थियो उनीहरुको बिचको जिबनको आत्मियता, यतिठुलो गरिबीमा पनि यतिधेरै मायॉं र ममताले सिंगारिए झॉंगिएको थियो यी आमाछोराको प्रगाढ सम्बन्ध। पढाईमा लगनसिल भएकाले ज्ञान बहादुरले सरासर आफ्नो पढाईलाई उच्चतहमा पुर्याउछ।

समयको चक्रसंगै आएको बिकास र अवसरलाई आफ्नै जिबन उपयोगी बनाउँने सोंच ज्ञान बहादुरमा पलाउँछ। स्कुल छोडेर उच्चशिक्षा हॉंसिल गर्दासम्म उसले आमाको मुहारमा चमक ल्याएको छ। अहिले आमालाई बस्ने सानो पक्कीघर बनाई दिएको छ गाउँमै। न त अहिले आशमायॉंलाई ठुलाघरे साहुको घरमा काममा नै जानुपर्छ। प्रबिधीको बिकासले आशमायॉंको हातमै छोराको खबर थाहा पाउने टेलिफोन छ। शहर जाने आउनेले ज्ञान बहादुरको ईमानदारीता, प्रगति र अनुसानका बारेमा गरेका कुराले आशमायॉं फुरुक्क हुन्छिन्। तर, बिहे गरेर अब घरजम गर्नुपर्ने उनको कुरामा ज्ञान बहादुर नमान्दा कहिले कॉंहि बिरक्तिन्छिन् उनी, कोहि तैलेनै मन पराएको भय ल्याईज, नत्र खोज्नुपरो। आमाछोरा बिच यसैमा कुराकानी चल्दैगर्दा ज्ञान बहादुरले परदेश जाने अनुमति पाउँछ।

आमा, परदेश जानै पर्ने भय बिहे गरेर जा न त, मलाई बोल्ने साथी त हुन्छे तेरी बुढी। छोरा, आमा तिमीले जन्माएको छोरा पहिले तिमीलाई खुशी पार्छु अनि बिहे गर्छु है। उनलाई मलिन संझना छ, खोई भुकम्प जॉंदाताका दुईतिन महिना भएको हुँदो हो ? म पनि बिदाई गर्न काठमाण्डौको हवाई अड्डासम्म त गएको हो, यसै भन्न सकिन। आमा आशमायॉंको अनुसार छोरा ज्ञान बहादुर लगभग पॉंचबर्ष देखि परदेशमा छन्।

आमाको खुशीलाई पोको पारेर परदेश आएका ज्ञान बहादुर भने यता त्यो खुशीको पोकोलाई फुकाउनै सकेका छैनन। घडीको सुईमा चलेको जिबन, १०/१२ घण्टाको दैनिक काम, परदेश बसाईको पिडा र सुन्दर भविष्यको परिकल्पनामा डुबिल्की मारेका उनलाई हप्ता दशदिनमा आमाको हालखबर सोध्ने बाहेक अरु फुर्सतका समय छैन। आफ्नो परदेशको बसाई र आउजाउ सजिलो बनाउने अनुमतिका लागि दिईएको निवेदनमा खासै उपलब्धी पाएका छैनन्। सामान्य परिवारमा जन्मिएर बिरक्त लाग्दो जिबन भोग्दै आमाको खुशीको बाहनालाई आफ्नो चाहाना बनाउँदै परदेश हुत्तिएका ज्ञान बहादुरलाई परदेश बसाईमा राम्रै ज्ञानप्राप्त भएको छ। गएको नयॉंबर्ष सन् २०२० मा भएको जमघट भोजमा उनी यहि आउँदो दशैताका आफ्नै देश नेपालमा नै बस्नेगरी जाने र आमाको चाहाना अनुसारको घरजम गर्दै बॉंकि जिबन आमाको सेवामा समर्पण गर्ने बताउँदै थिए। संसारनै हल्लाउने गरी कोरोना भाईरसरुपी माहामारीले मानबजगतलाई तहसनहस बनाएको छ।

बिश्वभर मानिसहरु घरभित्र थुनिन बाध्य भएका छन्। प्रबिधी र बिकासमा चमत्कार गरेका बैज्ञानिकहरुलाई यसले जिस्क्याएको छ। चन्द्रमा र मंगलग्रहको यात्रागर्नेहरुलाई कोरोनाले सोधेको छ, तिमीले मलाई कहिले जित्छौ। जुनदिन मानबजगत र संसारले कोरोनालाई जित्नेछ। त्यसैदिन ज्ञान बहादुरको नेपाल फर्किएर बॉंकि जिबन आमाको सेवामा समर्पण गर्ने चाहाना पुरा हुनेछ। हे, भगवान ज्ञान बहादुर जस्तै हामी सबैको चाहाना छिटो पुर्याईदेऊ र चाउरी परेको आमाको मलिन मुहारमा सेवा गर्ने अवसर दिलाई देऊ।

यस कथाका पात्रहरु सबै काल्पनिक हुन्, कसैको जिबनसंग मेल खाए संयोग मात्र हुनेछ।

लेखक :-हेमराज भट्ट, हाल अमेरिका

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result