Sunday, January 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जीवन  विज्ञानले सानफ्रान्सिस्कोमा ‘सप्ताहव्यापी चक्रसाधना’ गराउने

जुन ८  देखि १४ सम्म वे एरियाको कन्कर्डमा

जेष्ठ २०, २०८१ ११:३० मा प्रकाशित
जीवन  विज्ञानले सानफ्रान्सिस्कोमा ‘सप्ताहव्यापी चक्रसाधना’ गराउने

Screenshot

Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को ।
अमेरिका
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ५३०० जनाको सहभागितामा आधुनिक मानव सभ्यताको इतिहासमा नै पहिलोपटक सातदिने विराट चक्र विज्ञान यही मार्च २३ मा समापन गरी कीर्तिमान कायम गरेको जीवन विज्ञानले अमेरिकामा दोस्रोपटक चक्र विज्ञान साधनाको गर्ने भएको छ । आयोजकका अनुसार यही जुन ८  देखि १४ सम्म वे एरियाको कन्कर्डमा सप्ताहव्यापी चक्रसाधना हुनेछ । क्यालिफोर्नियाबासीका लागि पहिलोपटक हुन लागेको चक्र विज्ञान साधनाका लागि जीवन विज्ञानका संस्थापक गुरुद्वय रमेश गुरुदेव र भानु गुरुदेव यही जुन ५ मा क्यालिफोर्निया आउने कार्यक्रम तय भएको छ । सो सप्ताहव्यापी चक्र साधनाको लागि सयभन्दा बढीले रजिस्ट्रेशन गरेको बताइएको छ
जीवन विज्ञान अमेरिकाको वेभसाइट www.jvusa.org (http://www.jvusa.org/) मा सहभागी दर्ता फाराम राखिएको छ जहाँ सहभागीले आफ्नो नाम दर्ता गराउन पाउनेछन् । सनातन धर्मसमेत विभिन्न धर्मका ग्रन्थहरुमा वर्णित आख्यानहरुलाई विज्ञानसम्मत व्याख्या गरी जीवनपरक रुपमा उपयोग गरी व्यक्तिको सर्वाङ्गिण विकासका लागि साधना विधिका विभिन्न प्रयोग गरिरहेको सर्वधर्मसहिष्णु आध्यात्मिक संस्थाका रुपमा जीवन विज्ञान सन् २०११ मा काठमाडौँमा स्थापना भएको हो । जीवन विज्ञानका संस्थापकद्वयमध्ये एक भानु गुरुदेवले सन् २०२२ मापहिलो पटक अमेरिका आई मे ७ र ८ मा सान फ्रान्सिस्कोको रिचमन्डमा अवस्थित ग्युटो फाउन्डेसनको सभाहलमा ध्यान साधना गराएका थिए ।
सोध्यान साधनाबाट लाभान्वित करीब एक सय पच्चीस साधकमध्ये अधिकांशले आयोजकसँग क्यालिफोर्नियामा चक्रविज्ञान साधना सञ्चालन गर्न अनुरोध गरेअनुसार क्यालिफोर्नियाबासी नेपाली समुदायको अनुरोधलाई प्राथमिकता दिँदै दुई वर्षपछि यही जुनमा चक्र साधना आयोजना गरिएको हो ।
यस साधनामा अमेरिकको पूर्वी किनारादेखि धेरै राज्यका साथै क्यानडा र युरोपबाट समेत सहभागिता रहने कुरा साधना कार्यक्रमको स्थानीय संयोजक समेत रहेको नित्यकर्म जीवनयोग प्रयोगशालाका संयोजक तथा जीवन विज्ञान अमेरिका सदस्यता विभागका संयोजक विजया सुवेदीले बताइन् । भगवान बुद्धको जीवनकालको करीब २६ सय वर्षपछि नेपाललाई विश्वभरि आध्यात्मिक जागरणको मूलभूमिका रुपमा परिचित गराउने गरी भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा ५३०० जनाभन्दा बढी सहभागीले सातदिनसम्म चक्रसाधना साथसाथ गरी एक गौरवमय इतिहास कायम गरेको जीवन विज्ञानका संस्थापक गुरुद्वयले अमेरिकाको प्रसिद्ध स्थान क्यालिफोर्नियामा गराउन लाग्नुभएको यस ऐतिहासिक चक्र विज्ञानको सफलतासित क्यालिफोर्नियाबासीको गौरव तथा प्रतिष्ठासमेत गाँसिएको संयोजक सुवेदीले जानकारी दिइन् ।

उनले यस साधनामा आफैँ सहभागी भएर वा परिवारजन तथा साथीसँगी तथा कार्यालयका सहकर्मीलाई सहभागी गराएर अथवा यसको सफलतामा विभिन्न रुपमा सहयोग गरेर क्यालिफोर्नियाबासीले यो सप्ताहलाई भव्यरुपमा सफल बनाउन आग्रह गर्दै यसपटक हुने चक्र विज्ञानका लागि बढीमा ५०० सहभागीका लागि मात्र समुचित व्यवस्थापनको तयारी पुरा भएको उल्लेख गरिन् ।

विगत एक दशकभन्दा बढी समयदेखि जीवन विज्ञानले नेपालका विभिन्न भागमा चक्र विज्ञान साधना गराइरहेकोमा कोभिडको महामारीका बीच अमेरिकामा जीवन विज्ञानको पहिलो अन्तर्राष्ट्रिय शाखाका रुपमा जीवन विज्ञान अमेरिका गठन भएपछि नेपालबाहिर अमेरिकाका तीन राज्यमा सन् पहिलोपटक २०२२ मा चक्रविज्ञान साधना सम्पन्न गरिसकेको छ । अन्य राज्य र क्यानडा तथा युरोपबाट क्यालिफोर्निया आउने सहभागीका लागि सूचना प्रविधिको अत्याधुनिक विकासको केन्द्रका रुपमा रहेको सान फ्रान्सिस्को क्षेत्र निजी भ्रमणको उपयुक्त क्षेत्र पनि हुनेछ । गुगल, फेसबुक, एप्पलसमेत विभिन्न सूचनाप्रविधि प्रदायक संस्थाका मुख्य कार्यालय यसै क्षेत्रमा रहेका छन् भने बे एरिया तथा गोल्डन ब्रिज लगायतका अन्य पर्यटकीय आकर्षणका क्षेत्रले चक्र विज्ञानका साधकलाई आनन्द प्रदान गर्नेछन् ।

जीवन विज्ञानका संस्थापक तथा जीवन विकास विशेषज्ञका रुपमा विगत १३ वर्षदेखि विश्वभरिका नेपाली जनमानसमा स्थापित आदरणीय व्यक्तित्व एल पि भानु शर्मा ‘भानु गुरुदेव’ रमेश अमेरिका र क्यानडामा मात्र जीवन विज्ञानका विभिन्न तहको साधना पूरा गरी प्रशिक्षक तालिम पूरा गरेका ९० भन्दा बढी प्रशिक्षकहरु रहेका छन् । नेपाल र अमेरिकामा रहेका प्रशिक्षकद्वारा अमेरिका र क्यानडामा पूर्वी समय बिहान ५ बजे देखि शुरु भई बेलुका ८ बजेसम्म जुमका माध्यमबाट १३ वटा योग प्राणायाम र ध्यानका निशुल्क कक्षाहरु दैनिक डेढ घन्टा सञ्चालन हुने गरेका छन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा नविन के भट्टराईको शो ‘शोल्ड आउट’ !
Breaking News

स्यानफ्रान्सिस्कोमा नविन के भट्टराईको शो ‘शोल्ड आउट’ !

युनाइटेड नेपालिज अफ क्यालिफोर्नियाद्वारा देउसी–भैलो कार्यक्रम सम्पन्न, झण्डै दश हजार डलर संकलन
Breaking News

युनाइटेड नेपालिज अफ क्यालिफोर्नियाद्वारा देउसी–भैलो कार्यक्रम सम्पन्न, झण्डै दश हजार डलर संकलन

कम्युनिटी सेन्टरमा शनिबार कमेडी नाइट हुने  !
Breaking News

कम्युनिटी सेन्टरमा शनिबार कमेडी नाइट हुने !

स्यानफ्रान्सिस्कोमा सेफ सापकोटाको नयाँ रेष्टुरेण्ट !
Breaking News

स्यानफ्रान्सिस्कोमा सेफ सापकोटाको नयाँ रेष्टुरेण्ट !

सोमबारबाट महावाणिज्यदूतावासको सेवा शुरू हुने
Breaking News

सोमबारबाट महावाणिज्यदूतावासको सेवा शुरू हुने

विशेष महाधिवेशनमार्फत युवा नेतृत्व आवश्यक : नेता आचार्य
Breaking News

विशेष महाधिवेशनमार्फत युवा नेतृत्व आवश्यक : नेता आचार्य

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result