काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेले सदनमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । उनले त्यसो नगरिए प्रधानमन्त्रीसँग हिसाब–किताव गरिने चेतावनी समेत दिएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले सदन चटक गर्ने ठाउँ नभएको स्मरण गराउँदै लामिछानेले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट नहटाइए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हिसाव–किताव गरिने चेतावनी दिएका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-