काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टी विधि र नियममा नचलेको बताएका छन्। नेता सिंहले शनिबार कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
नियम र विधिबाट पार्टी सञ्चालन हुनुपर्ने भन्दै विधिसम्मत रूपमा पार्टी नचल्दा नै असन्तोष व्यक्त भइरहेको उनको दाबी छ। उनले अबको समयमा पार्टीलाई विधिसम्मत रूपमा अघि बढाउने हो भने कांग्रेसले कुनै पनि पार्टीको चुनौतीलाई सहनु नपर्ने बताए।
‘मेरो एउटै जोड छ, विधि र नियमबाट पार्टी चलाऔँ। विधि र नियमबाट पार्टी चलेको भए त यति असन्तोष कहीँ पनि सुन्न पर्दैन थियो। अब बचेको समयमा पार्टीलाई विधि, नियमसम्मत अघि बढायौँ भने अरू पार्टीको चुनौती सामना गर्नुपर्नेछैन,’ नेता सिंहले भने।
प्रतिक्रिया लेख्नुहोस्:-