काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट जनतातिर ढल्केको प्रतिक्रिया दिएका छन् ।
मन्त्री पुनले आज संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन् । हिजो मात्रै सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टी संसदीय दलको बैठकमा अध्यक्ष बजेट अर्थमन्त्रीको पार्टीतिर ढल्केको टिप्पणी गरेका थिए ।
मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनता र युवामा आत्मविश्वास र हौसला पैदा गर्ने खालको बजेट ल्याएको उनको दाबी छ । हरेक तीन वर्षमा कर्मचारीको तलब वृद्धि गर्ने कानूनी व्यवस्था भएकाले अर्को वर्ष तलब वृद्धि हुने पुनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-