काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टीलाई देशको निर्णायक शक्ति बनाउनुपर्ने बताएका छन् ।
उनले बुधबार नेकपा एमाले रूपन्देहीको दशौँ जिल्ला अधिवेशनको भैरहवामा उद्घाटन गर्दै एमालेले नेतृत्व गरेमा मुलुकको कायापलट हुने बताएका हुन् ।
पूर्वउपप्रधान तथा अर्थमन्त्री पौडेलले संविधानले प्रदान गरेको अधिकारलाई व्यवहारिक बनाउन राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न जरुरी रहेको बताए। उनले समाज बदल्ने र उत्पादनका क्षेत्रलाई सक्रिय बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-