Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पर्यटक बसका चालक नै मापसे गरेर सवारी चलाउँछन्

जेष्ठ २४, २०७५ ३:०३ मा प्रकाशित
पर्यटक बसका चालक नै मापसे गरेर सवारी चलाउँछन्
Share on FacebookShare on Twitter

काठमाडौँ, २४ जेठ / जेठ २१ गते काठमाडौँबाट ४० पर्यटक बोकेर पोखरा हिँडेको ज१प १६० नंको पर्यटक बसका चालक मापसे गरेकाले ट्राफिक फन्दामा परे ।

जेठ २० गते राति ८ः१५ बजे २५ यात्रु बोकेर काठमाडौँबाट बागलुङ जान लागेको ध१ख ६१३ नंको बस कलंकीमा ट्राफिक प्रहरीको कारवाहीमा प-यो ।

सोही दिन राति ८ बजे काठमाडौँबाट ३५ यात्रु बोकेर भैरहवाका लागि हिँडेको ना६ख १०८० नंको यात्रुबाहक बस कलंकीमा ट्राफिक प्रहरीको कारवाहीमा प-यो ।

जेठ २२ गते साँझ ४ः३० बजे काठमाडौँबाट ४० जना यात्रु लिएर बागलुङ जान लागेको बा५ख १५५४ नंको बस ट्राफिक प्रहरीको फन्दामा प-यो ।

सोही दिन साँझ ८ः३० बजे काठमाडौँबाट ३० जना यात्रु लिएर विराटनगर जान लागेको ना६ख १५६१ नं को बस जाँचका क्रममा ट्राफिक प्रहरीको फन्दामा प-यो ।

यी त केबल प्रतिनिधि घटनामात्र हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले तीन दिनमा सातजना रात्रिकालीन बस चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएकाले नियन्त्रणमा लिएको छ ।

चालकको लापरवाहीका कारण वर्षेनी हजारौँ यात्रु दुर्घटनाको शिकार बनिरहेका छन् । सोही घटनालाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले रात्रिकालीन बस जाँचका घटनालाई कडाइ गरेको छ ।

महाशाखाले नियन्त्रणमा लिएका रात्रिकालीन बस चालकलाई सार्वजनिक मुद्दा चलाएको छ भने सम्बन्धित समितिबाट नयाँ चालक झिकाएर यात्रुलाई गन्तव्यस्थलसम्म पुग्ने वातावरणसमेत मिलाएको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त रात्रिकालीन बस चालकले मापसे गरी सवारी चलाएको भन्ने जनगुनासो आएपछि महाशाखाले रात्रिकालीन सवारी साधनलाई कडाइका साथ जाँच गरेको बताउनुहुन्छ । “एउटा चालकको लापरवाहीका कारण कोही पनि यात्रु दुर्घटनाको शिकार नबनुन् भन्ने हाम्रो प्रमुख लक्ष्य हो”, उहाँ भन्नुहुन्छ ।

महाशाखाले चालू आर्थिक वर्षको अहिलेसम्म ७९ रात्रिकालीन बस चालकलाई नियन्त्रणमा लिएर कारवाही गरिसकेको छ ।

टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान) का अध्यक्ष प्रह्लाद लोहनी मापसे गरी सवारी चलाउने पर्यटक बस चालकलाई कडा कारवाही गर्नुपर्ने बताउनुहुन्छ ।

“पर्यटक बसले स्वदेशीमात्र नभएर विदेशी पाहुनासमेत बोक्ने हुँदा चालक भद्र र नरम हुनुपर्छ, जथाभावी गर्ने चालकले पर्यटक बस चलाउन पाइँदैन”, उहाँ भन्नुहुन्छ ।

उहाँले पर्यटक बस चलाएर मापसे गर्ने चालकमाथि अनुसन्धान भइरहेको बताउनुभयो ।

महाशाखाले काठमाडौँ उपत्यकामा चालू आवको १० महिनामा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाएका तीन लाख ७८ हजार ९२७ चालकलाई कारवाही गरेको छ । जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने २६ हजार १९७ जना रहेका छन् ।

उपत्यकामा हाल ४० ट्राफिक प्रहरी एकाइबाट ट्राफिक व्यवस्थापन हुँदै आएको छ । उपत्यकामा ११ लाखभन्दा बढी सवारी साधन आवतजावत गर्छन् भने नेपालभर २७ लाखभन्दा बढी सवारीसाधन रहेका छन् । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result