अमेरिकामा सफ्टवेयर इन्जिनियरको रुपमा कार्यरत तेज विनोदले रचना गरेको गीत ‘जन्मदिनको शुभकामना’ बजारमा आएको छ । नेपाली समाजमा पनि पश्चिमा शैलीमा जन्मदिन मनाउने प्रचलन बढिरहेको अवस्थामा नेपाली भाषामा जन्मदिनको शुभकामना गीत तेज विनोदले रचना गरेर बजारमा ल्याएका हुन् ।
द भाइभ्ज ब्याण्डले नेपाली भाषाको जन्मदिनको शुभकामना गीतलाई संगीत र लय दिएको हो । द भाइभ्ज व्याण्डका प्रयिन सिंहका अनुसार कोरोना कहरको समयमा मानिसहरू जम्मा भएर जन्मदिनको शुभकामना साटासाट गर्न नपाएको अवस्थामा आफूहरूले शुभकामना गीत निकालेर नेपालीहरूलाई खुशी दिएको बताएका छन् ।
करिब तीन महिना पहिले रेकर्ड गरिएको यो गीत शुरुमा व्यक्तिगत रुपमा सामाजिक सञ्जालमा राखिएको थियो । दर्शको सकारात्मक प्रतिक्रिया आउन थालेपछि अहिले यो गीत युट्युवमा समेत राखिएको छ । नेपाली भाषामा जन्मदिनको शुभकामना दिन सहज भएको दर्शक श्रोताहरूको प्रतिक्रिया छ ।
प्रतिक्रिया लेख्नुहोस्:-