Sunday, January 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव शुरू

कलश यात्रामा सयौं महिला सहभागी !

जेष्ठ २६, २०८२ ८:३६ मा प्रकाशित
सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव शुरू
Share on FacebookShare on Twitter

सान् फ्रान्सिस्को, क्यालिफोर्निया । नेपाली परम्परा, वैदिक सनातन एवं संस्कृतिलाई प्रबर्धन गर्ने उद्देस्यले अमेरिकाको सान् फ्रान्सिस्को शहर नजिकै रिचमण्डमा नौ दिने (नवाह) धार्मिक महोत्सव शुरू भएको छ । शनिबार वे एरियाका सयौं महिलाहरुले कलश यात्रा शुरू गरी उक्त महोत्सवको शुरुवात गरिएको हो ।
कलश यात्रापछि आयोजित विशेष कार्यक्रममा न्यान्सका नेपाली महावाणिज्यदूत ऋषि ढकाल, न्यान्सका अध्यक्ष प्रितेश कार्की, वाचनप्रवीण दिनबन्धु पोखरेल लगायत संस्थाका ट्रस्टीहरुले संयुक्त रूपमा दीप प्रज्वलन गरी सो धार्मिक महोत्सवको शुरवात गरिएको हो । नेपालीको पुरानो संस्था नेपाली एशोशियसनअफ नर्दन क्यालिफोर्निया (नान्स) ले गरेको उक्त धार्मिक महोत्सव जुन ७ देखि १५ सम्म ९ दिन संञ्चालन हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा हिन्दु र बौद्ध धर्मका बिभिन्न पुजा हुनेछन् । महोत्सवको मुख्य आकर्षण श्रीमद देवीभागवत नवाहज्ञान महायज्ञ तथा बौद्ध शान्ति पूजा रहेको छ ।

बाचन प्रविण पण्डित दीनबन्धु पोखरेलले ९ दिन नै भागवत बाचन गर्ने धार्मिक महोत्सवमा बौद्ध गुरु तेन्जिङ्ग लामा शेर्पाले बौद्ध पूजा सञ्चालन गर्ने कार्यक्रम तय भएको छ । सो महोत्सव मा पितृमोक्ष संकल्प पूजा, सत्यनारायण पूजा, रुद्री (वास्तु) पूजा, ग्रहशान्ति पूजा, लाख बत्ती पूजा गर्न सकिने धार्मिक महोत्सव मूल आयोजक समितिका संयोजक घनप्रसाद दवाडीले जानकारी दिए । ‘धेरैलाई बिभिन्न पूजा लगाउन मन हुन्छ, तर विदेशमा सबै जुटाएर गर्न सबैका लागि सजिलो छैन । त्यही भएर भागवतलाई बनेको मण्डपमा सबै सरजाम आयोजकले जुटाईदिने र भक्तजनहरु आएर पूजा गर्ने सुविधा गरिएको हो’ दवाडीले भने । ९ दिनसम्म यज्ञमा राखेर हरेक दिन पुजिएको कलश घरमा राख्दा पवित्र हुने भएकोले यात्रामा बोकेको कलशलाई अन्तिम दिन सम्बन्धित व्यक्तिलाई वितरण गरिने कार्यक्रम रहेको छ ।

भागवतका लागि हुने नित्य पूजाको लागि पनि आयोजकका निश्चित मान्छे नभई जोकोही कर्ता हुन् पाउने गरी दर्ता खुला गरिएको बताइएको छ । यस क्षेत्रका मानिसले अभियान सुरु गरेको ४५ वर्षपछि यहाँ भवन खरिदको काम भएको हो । भवनलाई शुद्धीकरण गर्ने, धेरैले धेरै किसिमका पूजा गर्न पाउने गरी महोत्सव आयोजना गरिएको नान्सका अध्यक्ष प्रितेश कार्कीले जानकारी दिए । यो पूजा, भेटीबाट बचेको तथा व्यक्तिले दिने दानस्वरुपको रकम नेपाली कम्युनिटी सेन्टरको लागि प्रयोग गरिने अध्यक्ष कार्कीले बताए ।

नान्सले १९ लाख २० हजार ९ सय ४२ डलरमा सो भवन खरिद गरेको हो । त्यसमध्ये १३लाख १५ हजार डलर ऋण रहेको छ । संस्थाले यसअघि २०२४ को अगष्टमा भवन किन्ने तय भएपछि ३ महिनामा ७ लाख रुपैयाँ संकलन गरेको थियो । १ लाख ५० हजार रुपैयाँ नगद ऋण सापटी गरी ८ लाख ५५हजार रुपैयाँ भवनलाई नगद डाउन पेमेण्ट गरेको उनले बताए । कार्कीले धर्म संस्कृति प्रबद्र्धन मूल उदेस्यसँगै भवनको ऋण चुक्ताका लागि रकम जुटाउनु पनि धार्मिक महोत्वसको लक्ष्य रहेको उल्लेख गरे ।

करिब १० हजार ८ सय वर्ग फिटको सुविधा सम्पन्न भवनमा मुख्य सभाकक्ष ५सय २८ जनाको क्षमता रहेको छ भने २ सय सिटको क्याफ्टेरिया, ६वटा अफिस कोठा छन् । भान्सा तथा अन्य स–साना स्टोर कोठाहरु र शौचालय छन् । ५४ हजार वर्गफिटको पार्किङ लटमा १ सय१० भन्दा बढी सवारी पार्किङको व्यवस्था छन्।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा नविन के भट्टराईको शो ‘शोल्ड आउट’ !
Breaking News

स्यानफ्रान्सिस्कोमा नविन के भट्टराईको शो ‘शोल्ड आउट’ !

युनाइटेड नेपालिज अफ क्यालिफोर्नियाद्वारा देउसी–भैलो कार्यक्रम सम्पन्न, झण्डै दश हजार डलर संकलन
Breaking News

युनाइटेड नेपालिज अफ क्यालिफोर्नियाद्वारा देउसी–भैलो कार्यक्रम सम्पन्न, झण्डै दश हजार डलर संकलन

कम्युनिटी सेन्टरमा शनिबार कमेडी नाइट हुने  !
Breaking News

कम्युनिटी सेन्टरमा शनिबार कमेडी नाइट हुने !

स्यानफ्रान्सिस्कोमा सेफ सापकोटाको नयाँ रेष्टुरेण्ट !
Breaking News

स्यानफ्रान्सिस्कोमा सेफ सापकोटाको नयाँ रेष्टुरेण्ट !

सोमबारबाट महावाणिज्यदूतावासको सेवा शुरू हुने
Breaking News

सोमबारबाट महावाणिज्यदूतावासको सेवा शुरू हुने

विशेष महाधिवेशनमार्फत युवा नेतृत्व आवश्यक : नेता आचार्य
Breaking News

विशेष महाधिवेशनमार्फत युवा नेतृत्व आवश्यक : नेता आचार्य

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result